माओवादीभित्र गुटबन्दी गर्नेहरू ध्वस्त हुन्छन् : प्रवक्ता महरा

पाण्डव शर्मा     

घोराही, ९ असोज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका स्थायी समिति सदस्य एवम् प्रवक्ता कृष्णबहादुर महराले पार्टीभित्र गुटबन्दी गर्नेहरू ध्वस्त हुने चेतावनी दिनुभएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी लुम्बिनी प्रदेश कमिटीको प्रथम सम्मेलनको उद्घाटन समारोहमा महराले पार्टी अध्यक्ष प्रचण्ड अहिले गुट तथा उपगुटहरुबाट आजित भएको बताउनुभएको हो ।

‘अध्यक्ष प्रचण्ड पार्टी भित्रका गुट उपगुट तथा क्षेत्रीय मनोविज्ञानबाट पार्टी चलाउन खोज्नेहरुबाट आजित हुनुभएको छ,’ उहाँले भन्नुभयो, ‘मलाई पनि धेरैले गुट निर्माण गर्न सक्नुभएन भनेर भन्ने गर्छन्, म पार्टी निर्माणमा लाग्न चाहन्छु, गुट र उपगुटको म सँधै विरोधी हुँ ।’

समाजवादमा पुग्नका लागि पार्टी संगठन क्रान्तिकारी र चुस्त बन्नुपर्ने महराको भनाई छ । ‘अहिले अध्यक्ष प्रचण्डले पार्टी भित्रका विकृतिहरूका विषयमा गम्भिर ढंगले कुरा उठाइरहनुभएको छ, साँच्ची समाजवादमा पुग्ने हो भने हामीले क्रान्तिकारी पार्टी निर्माण गर्न जरुरी छ ।’

२०६४ सालको जस्तै रापतापको पार्टी बनाउन सबै युवा तथा विद्यार्थीहरू लाग्नुपर्ने महराले बताउनुभयो । आगामी निर्वाचनमा माओवादीलाई मुलुककै पहिलो पार्टीको रुपमा स्थापित गरिने उहाँले दावी गर्नुभयो । ‘अब हामी गाउँ फर्कनुपर्छ, अहिले हाम्रो उठबस अलि बढी बुर्जुवाहरुसँग भयो कि भन्ने चिन्ता बढेको छ,’ महराले भन्नुभयो, ‘क्रान्तिकारी कम्युनिष्ट पार्टीहरूको एकताका लागि हामीले पहल गरीरहेका छौं ।’

माओवादी पृष्ठभूमिका पार्टी र अन्य कम्युनिष्ट पार्टीहरूबीचको वृहत एकता गर्ने अभियानमा आफूहरू लागिपरेको महराले बताउनुभयो ।

 ‘एमसीसी नेपाललाई टेकेर चीन घेर्ने रणनीति हो’

कार्यक्रममा महराले एमसीसी नेपाललाई टेकेर चीन घेर्ने रणनीति अन्तर्गत आएको बताउनुभयो ।
एमसीसीको प्रकृया बढाउँदा आर्थिक सहयोगको विषयमा मात्र राखिएकोमा अहिले अमेरिकाले सैन्य गठबन्धनमा रूपान्तरण गरेको उहाँको भनाई छ ।

‘एमसीसी प्रकृया अगाडी बढाउँदा म मन्त्री थिए, त्यतिबेला आर्थिक सहायता भन्ने मात्र थियो, तर अहिले आएर अमेरिकाले आर्थिक सहायतालाई इण्डो प्यासिफिकको अभिन्न अंगको रुपमा स्थापित गरेको छ,’ महराले भन्नुभयो, ‘तपाईंहरू ढुक्क हुनुस् एमसीसी कुनै पनि हालतमा पास हुँदैन ।’

आफू सभामुख हुँदा पनि एमसीसीको विषयलाई संसद्मा प्रवेश गर्न नदिएको उहाँले बताउनुभयो ।

भर्खरै प्रकाशित

एएनपि अवार्डद्वारा दाङका युवा व्यवसायी शर्मा सम्मानित हुँदै

दाङ, २६ असोज । नेपालकै चर्चित एएनपि राष्ट्रिय अवार्ड २०२१बाट दाङका सफल युवा व्यवसायी रुद्र शर्मा सम्मानित हुनुहुने भएको छ । आउँदो कार्तिक १५ गते…

घाेराहीकाे बाहुनडाँडामा खुल्याे सुविधासम्पन्न सम्राट रिसाेर्ट

राप्ती प्रेस घाेराही, २६ असाेज । दाङकाे घाेराही उपमहानगरपालिका वडा नं १६ स्थित बाहुनडाँडामा सुविधासम्पन्न सम्राट फ्याम्ली रिसाेर्ट खुलेकाे छ । ल्याण्डफिल साइडबाट हेलाे टावर…

गीतकार प्रियासनलाई उत्सर्ग सिर्जना पुरस्कार

राप्ती प्रेस घाेराही, २५ असोज । उत्सर्ग फिल्मस् नेपालले संचारकर्मी एवं गीतकार सबिन प्रियासनलाई उत्सर्ग सिर्जना पुरस्कार प्रदान गर्ने भएको छ । कला, संचार एवं…

पाँच स्वर्गीय स्रष्टालाई मरणोपरान्त सम्मान गरिने

राप्ती प्रेस घाेराही, २४ असोज । नेपाली गीतसंगीतको उन्नयन तथा राप्ती क्षेत्रका स्रष्टाहरु सम्मान गर्ने उद्देश्यले २०७८ मंसीर ११ गते दाङमा आयोजना गरिएको उत्सर्ग संगीत…

उत्सर्ग संगीत अवार्डको मूल समिति र उपसमितिहरु गठन

राप्ती प्रेस १० असोज, दाङ । राप्ती क्षेत्रको सांगीतिक उन्नयन तथा स्रष्टाहरुको सम्मान गर्ने उद्देश्यले दाङमा पहिलोपटक आयोजना गरिएको उत्सर्ग म्यूजिक अवार्ड-२०७८ को मूल समिति…