तत्कालीन लिबाङ गाविस पूर्व अध्यक्ष आचार्यको निधनप्रति महराद्धारा दुःख व्यक्त

राप्ती प्रेस

घोराही, २८ भदौ । रोल्पा जिल्ला तत्कालीन लिबाङ गाविस पूर्वअध्यक्ष हरिप्रसाद आचार्यको निधनप्रति पूर्वसभामुख कृष्णबहादुर महराले दुःख व्यक्त गर्नुभएको छ ।

महराका कक्षा सहपाठी तथा बालसखा समेत रहनुभएका हालको रोल्पा नगरपालिका वडा नं. ४ लिबाङ निवासी आचार्यको हिजो भदौ २७ गतेका दिन ६३ वर्षको उमेरमा निधन भएको छ ।

‘नेकपा (माओवादी केन्द्र)का स्थानीय नेताका साथै सामाजिक अभियन्ताका रुपमा उहाँले पुर्याउनुभएको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान व्यक्त गर्दछु,’ महराको विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘उहाँ तत्कालीन जनमोर्चाबाट गाविस अध्यक्षको रुपमा चुनावमा होमिँदा चुनावी प्रचारका लागि दुवैजना सँगै गाउँगाउँ पुगेको स्मरण ताजै छ ।

एकै उमेरका हामी राजनीतिक सहयात्री समेत हौं । एक समाजसेवी, कर्मठ, इमानदार व्यक्तित्वको देहावसानले पार्टी पङ्क्तिमा पनि क्षति पुगेको महसुस गरेको छु ।’

महराले यो शोकको घडीमा दिवंगत हरिप्रसाद आचार्यप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार तथा आफन्तजनप्रति धैर्यधारण गर्ने शक्ति प्रदान होस् भन्दै गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

भर्खरै प्रकाशित

तत्कालीन लिबाङ गाविस पूर्व अध्यक्ष आचार्यको निधनप्रति महराद्धारा दुःख व्यक्त

राप्ती प्रेस घोराही, २८ भदौ । रोल्पा जिल्ला तत्कालीन लिबाङ गाविस पूर्वअध्यक्ष हरिप्रसाद आचार्यको निधनप्रति पूर्वसभामुख कृष्णबहादुर महराले दुःख व्यक्त गर्नुभएको छ । महराका कक्षा…

नेपालमा डेल्टा भेरियन्ट फेला

काठमाडौं । नेपालमा फैलिएको कोरोना सङ्क्रमणमा डेल्टा भेरियन्ट देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले गत असार २३ देखि भदौ ४…

भौतिक रूपमा विद्यालय खोल्ने स्थानीय तहहरूको तयारी

दाङ १८-भदौ/ कोरोना संक्रमणको दर घटेर निषेधाज्ञा खुकुलो भएसँगै देशभरका स्थानीयतहले विद्यालय भौतिक रूपमा सञ्चालनका लागि तयारी गरेका छन् । विद्यालय खोल्न प्रशासन तयार भए पनि…

अखिल (क्रान्तिकारी) राजपुर गाउँपालिकाकाे प्रथम सम्मेलन सम्पन्न

शिवु खनाल देउखुरी, १६ भदौ । अखिल ( क्रान्तिकारी ) राजपुर गाउँपालिकाको प्रथम सम्मेलन राजपुरमा सप्पन्न भएको छ । अखिल ( क्रान्तिकारी ) राजपुर गाउँपालिकाका…

मुलुक समृद्धिका आधारहरु

विश्वराज आचार्य नेपालमा ७ सय ४४ स्थानीय, ७ प्रदेश र एक संघीय सरकार सञ्चालनमा छन् । हरेक सरकारले प्रत्येक वर्ष नीति तथा कार्यक्रम, बजेट प्रस्तुत…