नेपालमा डेल्टा भेरियन्ट फेला

काठमाडौं । नेपालमा फैलिएको कोरोना सङ्क्रमणमा डेल्टा भेरियन्ट देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले गत असार २३ देखि भदौ ४ सम्म विभिन्न स्थानबाट लिइएका ४८ वटा नमुनाको जिनोमिक सिक्वेन्सिङ गर्दा डेल्टा भेरियन्ट देखिएको जानकारी दिए ।

उनले विभिन्न उमेर समूहका व्यक्तिबाट सङ्कलित नमुनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनोट गरी ४८ वटा नमुना विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा भारतको नयाँ दिल्लीस्थित ‘द इन्स्टिच्युट अफ जिनोमिक एन्ड इन्टेग्रेटिभ बायोलोजी (आईजीआईबी)मा जिनोमिक सिक्वेन्सिङका लागि पठाइएको बताए ।

उनले सङ्क्रामक भेरियन्ट भएकोले सतर्कता अपनाउन आग्रह गरे । यी भेरियन्टहरू बढी सङ्क्रामक तथा सबै उमेर समूहका व्यक्तिलाई असर पार्ने अध्ययनले पुष्टि गरेको बताए । उनले नेपालमा अल्फा र डेल्टा भेरियन्ट तथा भेरियन्ट अफ इन्ट्रेस्टका रूपमा कप्पा भेरियन्ट भेटिएको उल्लेख गरे । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

भर्खरै प्रकाशित

तत्कालीन लिबाङ गाविस पूर्व अध्यक्ष आचार्यको निधनप्रति महराद्धारा दुःख व्यक्त

राप्ती प्रेस घोराही, २८ भदौ । रोल्पा जिल्ला तत्कालीन लिबाङ गाविस पूर्वअध्यक्ष हरिप्रसाद आचार्यको निधनप्रति पूर्वसभामुख कृष्णबहादुर महराले दुःख व्यक्त गर्नुभएको छ । महराका कक्षा…

नेपालमा डेल्टा भेरियन्ट फेला

काठमाडौं । नेपालमा फैलिएको कोरोना सङ्क्रमणमा डेल्टा भेरियन्ट देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले गत असार २३ देखि भदौ ४…

भौतिक रूपमा विद्यालय खोल्ने स्थानीय तहहरूको तयारी

दाङ १८-भदौ/ कोरोना संक्रमणको दर घटेर निषेधाज्ञा खुकुलो भएसँगै देशभरका स्थानीयतहले विद्यालय भौतिक रूपमा सञ्चालनका लागि तयारी गरेका छन् । विद्यालय खोल्न प्रशासन तयार भए पनि…

अखिल (क्रान्तिकारी) राजपुर गाउँपालिकाकाे प्रथम सम्मेलन सम्पन्न

शिवु खनाल देउखुरी, १६ भदौ । अखिल ( क्रान्तिकारी ) राजपुर गाउँपालिकाको प्रथम सम्मेलन राजपुरमा सप्पन्न भएको छ । अखिल ( क्रान्तिकारी ) राजपुर गाउँपालिकाका…

मुलुक समृद्धिका आधारहरु

विश्वराज आचार्य नेपालमा ७ सय ४४ स्थानीय, ७ प्रदेश र एक संघीय सरकार सञ्चालनमा छन् । हरेक सरकारले प्रत्येक वर्ष नीति तथा कार्यक्रम, बजेट प्रस्तुत…