भौतिक रूपमा विद्यालय खोल्ने स्थानीय तहहरूको तयारी

दाङ १८-भदौ/ कोरोना संक्रमणको दर घटेर निषेधाज्ञा खुकुलो भएसँगै देशभरका स्थानीयतहले विद्यालय भौतिक रूपमा सञ्चालनका लागि तयारी गरेका छन् । विद्यालय खोल्न प्रशासन तयार भए पनि लामो समयदेखि विद्यालय जान नपाएका बालबालिकालाई संक्रमणबाट जोगाउन भने चुनौती छ ।

संक्रमणको जोखिम रहिरहेकाले व्यवस्थापन पक्षलाई बलियो बनाएर मात्र भौतिक रूपमा कक्षा सञ्चालन गर्न विज्ञहरूको सुझाब छ । अनलाइन तथा भर्चुअल कक्षा प्रभावकारी नभएपछि शिक्षा मन्त्रालयदेखि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले समेत विद्यालय सञ्चालन कार्यढाँचा २०७७ अनुसार कक्षा सञ्चालन गर्न प्रोत्साहन गरेका छन् ।

कोरोना संकट मूल्यांकन गरी जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रसँगको समन्वयमा स्मार्ट लकडाउनलाई अनुशरण गरी भौतिक रूपमा कक्षा सञ्चालन गर्दै छन । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले कोरोनाको जोखिम कहिलेसम्म रहने टुंगो नभएको अवस्थामा स्वास्थ्य मापदण्ड अपनाएर भौतिक रूपमा कक्षा सञ्चालन गर्न सहजीकरण गर्ने जानकारी दिएका छन् ।

भर्खरै प्रकाशित

तत्कालीन लिबाङ गाविस पूर्व अध्यक्ष आचार्यको निधनप्रति महराद्धारा दुःख व्यक्त

राप्ती प्रेस घोराही, २८ भदौ । रोल्पा जिल्ला तत्कालीन लिबाङ गाविस पूर्वअध्यक्ष हरिप्रसाद आचार्यको निधनप्रति पूर्वसभामुख कृष्णबहादुर महराले दुःख व्यक्त गर्नुभएको छ । महराका कक्षा…

नेपालमा डेल्टा भेरियन्ट फेला

काठमाडौं । नेपालमा फैलिएको कोरोना सङ्क्रमणमा डेल्टा भेरियन्ट देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले गत असार २३ देखि भदौ ४…

भौतिक रूपमा विद्यालय खोल्ने स्थानीय तहहरूको तयारी

दाङ १८-भदौ/ कोरोना संक्रमणको दर घटेर निषेधाज्ञा खुकुलो भएसँगै देशभरका स्थानीयतहले विद्यालय भौतिक रूपमा सञ्चालनका लागि तयारी गरेका छन् । विद्यालय खोल्न प्रशासन तयार भए पनि…

अखिल (क्रान्तिकारी) राजपुर गाउँपालिकाकाे प्रथम सम्मेलन सम्पन्न

शिवु खनाल देउखुरी, १६ भदौ । अखिल ( क्रान्तिकारी ) राजपुर गाउँपालिकाको प्रथम सम्मेलन राजपुरमा सप्पन्न भएको छ । अखिल ( क्रान्तिकारी ) राजपुर गाउँपालिकाका…

मुलुक समृद्धिका आधारहरु

विश्वराज आचार्य नेपालमा ७ सय ४४ स्थानीय, ७ प्रदेश र एक संघीय सरकार सञ्चालनमा छन् । हरेक सरकारले प्रत्येक वर्ष नीति तथा कार्यक्रम, बजेट प्रस्तुत…