माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा दाङमा

राप्ती प्रेस

घाेराही, १६ भदाै । नेकपा माओवादी केन्द्रका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख कृष्णबहादुर महरा दाङ आउनुभएकाे छ ।
पूर्वसभामुख एवम् दाङ निर्वाचान क्षेत्र नं २ का प्रतिनि सभा सदस्य समेत रहनुभएका महरा पार्टी कार्यकर्ता र जनतासँग भेटका लागि दाङ आउनुभएकाे हाे । महरा पाँच दिन दाङ बस्ने कार्यक्रम रहेकाे उहाँको सचिवालयले बताएकाे छ ।

निर्वाचन जितिसकेपछि महरा जनतासँग भेटघाट तथा छलफलका लागि प्रत्येक महिना दाङ आउने गर्नुभएकाे छ । दाङ रहँदा उहाँले घरदैलाे कार्यक्रम समेत गर्दै आउनुभएकाे छ ।

यसैबीच महराले मुलुकलाई सहि दिशामा लैजान अग्रगामी तथा परिवर्तन पक्षधर बाम लाेकतान्त्रिक शक्तिहरूबीच एकता हुनुपर्ने धारणा व्यक्त गर्नुभयाे ।

हिजाे परिवर्तनका लागि संघर्ष गरेका शक्तिहरूबीचकाे एकताले नै मुलुकलाई सहि निकास दिने उहाँको भनाई छ ।

महराले दाङकाे विकासका लागि साझा दृष्टिकोण बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयाे । विकासमा राजनीतिकरण गर्न नहुने उल्लेख गर्दै उहाँले समृद्ध दाङका लागि बृहत् गुरूयाेजना बनाएर काम गर्नुपर्ने आवश्यकता ओेेैंल्याउनुभयाे ।

भर्खरै प्रकाशित

तत्कालीन लिबाङ गाविस पूर्व अध्यक्ष आचार्यको निधनप्रति महराद्धारा दुःख व्यक्त

राप्ती प्रेस घोराही, २८ भदौ । रोल्पा जिल्ला तत्कालीन लिबाङ गाविस पूर्वअध्यक्ष हरिप्रसाद आचार्यको निधनप्रति पूर्वसभामुख कृष्णबहादुर महराले दुःख व्यक्त गर्नुभएको छ । महराका कक्षा…

नेपालमा डेल्टा भेरियन्ट फेला

काठमाडौं । नेपालमा फैलिएको कोरोना सङ्क्रमणमा डेल्टा भेरियन्ट देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले गत असार २३ देखि भदौ ४…

भौतिक रूपमा विद्यालय खोल्ने स्थानीय तहहरूको तयारी

दाङ १८-भदौ/ कोरोना संक्रमणको दर घटेर निषेधाज्ञा खुकुलो भएसँगै देशभरका स्थानीयतहले विद्यालय भौतिक रूपमा सञ्चालनका लागि तयारी गरेका छन् । विद्यालय खोल्न प्रशासन तयार भए पनि…

अखिल (क्रान्तिकारी) राजपुर गाउँपालिकाकाे प्रथम सम्मेलन सम्पन्न

शिवु खनाल देउखुरी, १६ भदौ । अखिल ( क्रान्तिकारी ) राजपुर गाउँपालिकाको प्रथम सम्मेलन राजपुरमा सप्पन्न भएको छ । अखिल ( क्रान्तिकारी ) राजपुर गाउँपालिकाका…

मुलुक समृद्धिका आधारहरु

विश्वराज आचार्य नेपालमा ७ सय ४४ स्थानीय, ७ प्रदेश र एक संघीय सरकार सञ्चालनमा छन् । हरेक सरकारले प्रत्येक वर्ष नीति तथा कार्यक्रम, बजेट प्रस्तुत…