जनतालाई सहजरूपमा सेवा प्रवाह गर्न स्वास्थ्यकर्मीलाई घोराहीका मेयर चौधरीको निर्देशन

राप्ती प्रेस

घोराही, १५ भदौ । घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा प्रभाव गर्न स्वास्थ्यकर्मीहरूलाई निर्देशन दिनुभएको छ ।

घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा शाखाले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै उहाँले सहजरूपमा स्वास्थ्य सेवा प्राप्त गर्नु आम नागरिकको मौलिक अधिकार भएको बताउनुभयो ।

चौधरीले राज्यले तोकेका मापदण्डलाई पूरा गर्नका लागि स्वास्थ्यकर्मीहरू अझै खटेर लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले कोरोना महामारीका स्वास्थ्यकर्मीहरूले ज्यानको जोखिम राखेर स्वास्थ्य क्षेत्रमा अतुलनीय योगदान पु¥याएकोमा धन्यवाद ज्ञापन गर्नुभयो  ।

‘तपाईहरुकै अग्रसरताले गर्दा नै हामीले महामारीको समयमा धेरै क्षति गुहार्नुपरेन,’ चौधरीले भन्नुभयो, ‘आगामी दिनमा पनि कोरोनाको जोखिम कायमै छ, खोप वितरण सहजरूपमा लैजान स्वास्थ्यकर्मीहरूको महत्वपूर्ण योगदान हुन्छ ।’

दुई दिन सम्म समीक्षा कार्यक्रममा घोराही क्षेत्र रहका सम्पूर्ण स्वास्थ्य संस्था तथा संघ संस्थाहरूको सहभागिता रहेको छ ।
समिक्षा कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले पनि सम्बोधन गर्नुभएको थियो ।

भर्खरै प्रकाशित

तत्कालीन लिबाङ गाविस पूर्व अध्यक्ष आचार्यको निधनप्रति महराद्धारा दुःख व्यक्त

राप्ती प्रेस घोराही, २८ भदौ । रोल्पा जिल्ला तत्कालीन लिबाङ गाविस पूर्वअध्यक्ष हरिप्रसाद आचार्यको निधनप्रति पूर्वसभामुख कृष्णबहादुर महराले दुःख व्यक्त गर्नुभएको छ । महराका कक्षा…

नेपालमा डेल्टा भेरियन्ट फेला

काठमाडौं । नेपालमा फैलिएको कोरोना सङ्क्रमणमा डेल्टा भेरियन्ट देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले गत असार २३ देखि भदौ ४…

भौतिक रूपमा विद्यालय खोल्ने स्थानीय तहहरूको तयारी

दाङ १८-भदौ/ कोरोना संक्रमणको दर घटेर निषेधाज्ञा खुकुलो भएसँगै देशभरका स्थानीयतहले विद्यालय भौतिक रूपमा सञ्चालनका लागि तयारी गरेका छन् । विद्यालय खोल्न प्रशासन तयार भए पनि…

अखिल (क्रान्तिकारी) राजपुर गाउँपालिकाकाे प्रथम सम्मेलन सम्पन्न

शिवु खनाल देउखुरी, १६ भदौ । अखिल ( क्रान्तिकारी ) राजपुर गाउँपालिकाको प्रथम सम्मेलन राजपुरमा सप्पन्न भएको छ । अखिल ( क्रान्तिकारी ) राजपुर गाउँपालिकाका…

मुलुक समृद्धिका आधारहरु

विश्वराज आचार्य नेपालमा ७ सय ४४ स्थानीय, ७ प्रदेश र एक संघीय सरकार सञ्चालनमा छन् । हरेक सरकारले प्रत्येक वर्ष नीति तथा कार्यक्रम, बजेट प्रस्तुत…