बेचिएका ७ जना महिलाको भारतबाट उद्धार, दुईजना पक्राउ

राप्ती प्रेस

दाङ, १३ भदौ । बेचबिखनमा परेका ७ जना पीडित महिलाहरुलाई भारतबाट उद्धार गरिएको छ । विहार राज्यको पूर्वी चम्पारण थाना छौँडादानो नगर पञ्चायत छौँडादानो ११ आदापुर बजार भन्ने स्थानबाट उनीहरुलाई उद्धार गरिएको प्रहरीले जनाएको छ । बेचबिखनमा संलग्न भएको आरोपमा २ जनालाई वीरगंज महानगरपालिका १६ इनर्वाबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत बिहार पूर्वी चम्पारण थाना छौँडादानो नगर पञ्चायत छौँडादानो ११ ठेगाना भएका २५ वर्षीय विकास भन्ने विकेश कुमार र धनुषा लगराइन बस्ने २४ वर्षीया ममता कुमारी भन्ने अजिमा खातुन रहेका छन् ।

विभिन्न जिल्लाबाट ७ जना महिलाहरुलाई भारतको विहार राज्य पूर्वी चम्पारण थाना छौँडादानो नगर पञ्चायत छौँडादानो ११ आदापुर बजार भन्ने स्थानमा पुर्‍याई बेचबिखन भइरहेको भन्ने सूचना जिल्ला प्रहरी कार्यालय पर्सामा प्राप्त भएपश्चात खटिएको प्रहरीले भारतीय काउन्टरपार्ट्ससँग समन्वय गरी आफन्त नेपाल संस्थासँगको सहकार्यमा ती महिलाहरूको उद्धार गरेको हो ।

विकेश र अजिमाले अर्केष्ट्रामा आकर्षक तलब हुने काम लगाइदिने प्रलोभन देखाई विश्वासमा पारी भारतको छौँडादानो भन्ने स्थानमा लगेर अँध्यारो कोठामा राखी भारतकै विभिन्न स्थानमा पठाई रकम लिई निजहरूको इच्छाबिपरीत बिनापारिश्रमिक नाचगान गराई शारीरिक तथा मानसिक यातना दिई श्रमशोषण गरेको र बेचबिखन गर्ने उद्देश्यले अन्यत्र पठाउने तयारी भइरहेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनीहरु उपर जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप गरी मानव बेचबिखन कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

भर्खरै प्रकाशित

तत्कालीन लिबाङ गाविस पूर्व अध्यक्ष आचार्यको निधनप्रति महराद्धारा दुःख व्यक्त

राप्ती प्रेस घोराही, २८ भदौ । रोल्पा जिल्ला तत्कालीन लिबाङ गाविस पूर्वअध्यक्ष हरिप्रसाद आचार्यको निधनप्रति पूर्वसभामुख कृष्णबहादुर महराले दुःख व्यक्त गर्नुभएको छ । महराका कक्षा…

नेपालमा डेल्टा भेरियन्ट फेला

काठमाडौं । नेपालमा फैलिएको कोरोना सङ्क्रमणमा डेल्टा भेरियन्ट देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले गत असार २३ देखि भदौ ४…

भौतिक रूपमा विद्यालय खोल्ने स्थानीय तहहरूको तयारी

दाङ १८-भदौ/ कोरोना संक्रमणको दर घटेर निषेधाज्ञा खुकुलो भएसँगै देशभरका स्थानीयतहले विद्यालय भौतिक रूपमा सञ्चालनका लागि तयारी गरेका छन् । विद्यालय खोल्न प्रशासन तयार भए पनि…

अखिल (क्रान्तिकारी) राजपुर गाउँपालिकाकाे प्रथम सम्मेलन सम्पन्न

शिवु खनाल देउखुरी, १६ भदौ । अखिल ( क्रान्तिकारी ) राजपुर गाउँपालिकाको प्रथम सम्मेलन राजपुरमा सप्पन्न भएको छ । अखिल ( क्रान्तिकारी ) राजपुर गाउँपालिकाका…

मुलुक समृद्धिका आधारहरु

विश्वराज आचार्य नेपालमा ७ सय ४४ स्थानीय, ७ प्रदेश र एक संघीय सरकार सञ्चालनमा छन् । हरेक सरकारले प्रत्येक वर्ष नीति तथा कार्यक्रम, बजेट प्रस्तुत…