विद्यार्थीलाई आत्मनिर्भर बन्न सिकाउँदै शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय

पाण्डव शर्मा

घोराही, ११ भदौ । दाङको घोराहीमा रहेको शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयले विद्यार्थीहरूलाई आत्मनिर्भर बन्न सिकाइरहेको छ ।

शिक्षालय स्थापना भएको छोटो अवधिमा नै धेरै विद्यार्थीहरूको आकर्षण बन्न सफल भएको छ । शिक्षालयमा अहिले फार्मेसी, ल्याब, रेडियोग्राफी, बाली विज्ञान, फरेष्ट्रि, आर्किटेक्चर इन्जिनियरिङ, होटल म्यानेजमेन्ट फण्ड एण्ड डेरी टेक्नोलोजी विषय पढाई भइरहेको छ । यी सबै विषय ८५ हजार रुपैयाँ देखि ९५ हजार रुपैयाँसम्ममा अध्यापन भइरहेको शिक्षालयका प्रमुख अच्युतराज दाहालले जानकारी दिनुभयो ।

शिक्षालयमा एक वर्षमा कुल ३०८ जना विद्यार्थी भर्ना हुन पाउने उहाँले जानकारी दिनुभयो । यी मध्ये ३१ जना विद्यार्थीले पूर्ण रुपमा निशुल्क पढ्न पाइरहेका छन् ।

त्यसैगरी दलित समुदायका ४० जना विद्यार्थीलाई निशुल्क रुपमा फुड एण्ड डेरी विषय अध्यापन भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार इन्स्योर परियोजना अन्तर्गत स्वीस सरकारकाको सहयोगमा दुई वर्षे होटल म्यानेजमेन्ट विषय अध्यापन भइरहेको छ । सो विषयमा पनि २० जना विद्यार्थीले पूर्ण निशुल्क पढ्न पाइरहेका छन् ।

शिक्षालयले थप तीन ओटा विषय अध्यापनका लागि अनुमति प्राप्त गरिसकेको छ । पूर्वाधार निर्माण भइसकेपछि ती विषय अध्यापन गराइने शिक्षालयको उप–प्रमुख केशरमान बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार मेकानिकल इन्जिनियरिङ, एनिमल साइन्स भेटनरी र फिजियोथेरापी विषयको अनुमति प्राप्त भइसकेको छ । पूर्वाधार तयार भएपछि आगामी वर्षहरूमा ती कार्यक्रम सञ्चालन गरिने बुढाथोकीको भनाई छ ।

शिक्षालयले सिक्दै कमाउँदै कार्यक्रम शुरु गरेको छ । सो कार्यक्रम अन्तर्गत शिक्षालयका विद्यार्थीहरूले बेकरी उत्पादनको काम गर्ने छ । विद्यार्थीहरूले शिक्षालयमा सिक्दै आफै काम गर्ने छन् । उत्पादनका लागि आवश्यक पर्ने सम्पूर्ण व्यवस्था शिक्षालयले लिएको छ । यसबाट विद्यार्थीहरूले आफ्नो खर्च आफै कमाउन सक्ने शिक्षालय प्रमुख दाहाल बताउनुहुन्छ ।

 

यो युग प्राविधिक शिक्षाको हो

अच्युत राज दाहाल
शिक्षालय प्रमुख
शहीद कृष्ण सेन इच्छुक बहुप्राविधिक शिक्षालय
घोराही, दाङ

मुलुक विकासको आधार भनेकै उत्पादन हो । हाम्रो देशमा अहिले पनि धेरै बस्तु आयात भइरहेको छ । आयात विस्थापित गर्नका लागि हामीले उत्पादनमा जोड दिनुपर्छ । उत्पादनका लागि सीप सिकेको जनशक्ति आवश्यक पर्छ ।

हाम्रो मुलुकमा लामो समयसम्म ज्ञान प्राप्त गर्ने शिक्षा मात्र प्रदान भयो । ज्ञान मात्रै भएर हुँदैन । मुलुक विकासका लागि सीप आवश्यक हुन्छ । हाम्रा शिक्षालय डिग्रीको सर्टिफिकेट प्रदान गर्नेमा मात्रै सीमित भए । डिग्री पास गरेर धेरै विद्यार्थीहरू बेरोजगार बस्नुपर्ने अवस्था छ ।

अब हामीले हाम्रो पुस्तालाई बेरोजगार बनाउनुहँदैन । त्यसका लागि नयाँ पुस्तालाई सीपमुलक शिक्षा दिनैपर्छ । सीपमुलक शिक्षा भनेकै प्राविधिक शिक्षा हो । प्राविधिक शिक्षाको महत्वको बारेमा हामीले सबैलाई जानकारी दिनुपर्छ । प्राविधिक शिक्षा पढेकाहरु बेरोजगार बस्नुपर्दैन ।

दाङमा प्राविधिक शिक्षाको महत्वको बारेमा धेरैलाई बुझाउनुपर्ने छ

केशरमान बुढाथोकी
शिक्षालय उपप्रमुख
शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय घोराही, दाङ

म यो शिक्षालयमा स्थापनाकाल देखि नै कार्यरत छु । स्थापनाकालमा म प्रशिक्षकको रुपमा काम शुरु गरेको थिए । त्यसपछि शिक्षालयको कोर्डिनेटर भएर काम गरे । अहिले शिक्षालयको उप–प्रमुखको जिम्मेवारीमा छु ।

हाम्रो शिक्षालयमा अहिले पनि दाङभन्दा पनि बाहिर जिल्लाका विद्यार्थीहरू धेरै छन् । यहाँ मुलुकका विभिन्न २५ ओटा जिल्लाबाट विद्यार्थीहरू अध्ययनका लागि आएका छन् ।

हाम्रो दाङमा यस वर्ष देखि अलि धेरै विद्यार्थीहरूले आवेदन दिएका छन् । विगतका वर्षहरूमा दाङका विद्यार्थीहरूको सहभागिता न्यून थियो । घर आँगनमै सस्तो शुल्कमा प्राविधिक शिक्षा हासिल गर्न सकिने भए पनि अहिलेसम्म यहाँका अभिभावक तथा विद्यार्थीहरूलाई प्राविधिक शिक्षाको महत्वको बारेमा बुझाउन सकिएको छैन ।

प्राविधि शिक्षा भनेको पढ्दै कमाउँदै गर्ने शिक्षा हो । यसले व्यवहारीक ज्ञानमा निपुण बनाउँछ । अहिलेको युग भनेको विज्ञान र प्रविधिको युग हो । हामीले सक्षम, दक्ष र क्षमतायुक्त जनशक्ति उत्पादन गर्नुपर्छ ।

भर्खरै प्रकाशित

तत्कालीन लिबाङ गाविस पूर्व अध्यक्ष आचार्यको निधनप्रति महराद्धारा दुःख व्यक्त

राप्ती प्रेस घोराही, २८ भदौ । रोल्पा जिल्ला तत्कालीन लिबाङ गाविस पूर्वअध्यक्ष हरिप्रसाद आचार्यको निधनप्रति पूर्वसभामुख कृष्णबहादुर महराले दुःख व्यक्त गर्नुभएको छ । महराका कक्षा…

नेपालमा डेल्टा भेरियन्ट फेला

काठमाडौं । नेपालमा फैलिएको कोरोना सङ्क्रमणमा डेल्टा भेरियन्ट देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले गत असार २३ देखि भदौ ४…

भौतिक रूपमा विद्यालय खोल्ने स्थानीय तहहरूको तयारी

दाङ १८-भदौ/ कोरोना संक्रमणको दर घटेर निषेधाज्ञा खुकुलो भएसँगै देशभरका स्थानीयतहले विद्यालय भौतिक रूपमा सञ्चालनका लागि तयारी गरेका छन् । विद्यालय खोल्न प्रशासन तयार भए पनि…

अखिल (क्रान्तिकारी) राजपुर गाउँपालिकाकाे प्रथम सम्मेलन सम्पन्न

शिवु खनाल देउखुरी, १६ भदौ । अखिल ( क्रान्तिकारी ) राजपुर गाउँपालिकाको प्रथम सम्मेलन राजपुरमा सप्पन्न भएको छ । अखिल ( क्रान्तिकारी ) राजपुर गाउँपालिकाका…

मुलुक समृद्धिका आधारहरु

विश्वराज आचार्य नेपालमा ७ सय ४४ स्थानीय, ७ प्रदेश र एक संघीय सरकार सञ्चालनमा छन् । हरेक सरकारले प्रत्येक वर्ष नीति तथा कार्यक्रम, बजेट प्रस्तुत…