मेटमणि चौधरी भन्छन् – चार महिनाभित्र माओवादीसँग एकता गर्छौं

काठमाडौं । प्रस्ताविन नेकपा (एकीकृत समाजवादी)का नेता मेटमणि चौधरीले आगामी चार महिनाभित्र माओवादी केन्द्रलगायतका पार्टीसँग एकता हुने बताएका छन् । बुधबार निर्वाचन आयोग परिसरमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले चार महिनापछि एकीकृत समाजवादी सबैभन्दा ठूलो पार्टी हुने बताए ।

जनमोर्चा, विप्लव, मोहन वैद्यलगायतको पार्टीबीच पनि एकता हुने उनको भनाई छ । ‘मुलुकमा नेकपा (एकीकृत समाजवादी) चार महिना पछाडि सबैभन्दा ठूलो पार्टी बन्दैछ, मुलुकको सबैभन्दा ठूलो पार्टी र यहि पार्टीको वरिपरि मुलुकको राजनीति अगाडि बढ्छ’, चौधरीले भने, ‘माओवादी केन्द्र, एकिकृत समाजवादी, जनमोर्चा, विप्लव, मोहन वैद्यलगायतका सबै कम्युनिष्ट घटकका बीचमा एकता हुन्छ ।’

पार्टी एकताका लागि तयारी अघि बढिसकेको भन्दै उनले छिट्टै निष्कर्ष दिने पनि बताए । ‘एकताका लागि तयारी अगाडि बढिसकेको छ, यसलाई टुंग्याउने प्रक्रियामा हामी अब अगाडि बढ्छौं’, चौधरीले भने ।

चौधरीले दल दर्ताको लागि भएको सनाखतमा अपेक्षाभन्दा राम्रो उपस्थिति भएको बताए ।

भर्खरै प्रकाशित

तत्कालीन लिबाङ गाविस पूर्व अध्यक्ष आचार्यको निधनप्रति महराद्धारा दुःख व्यक्त

राप्ती प्रेस घोराही, २८ भदौ । रोल्पा जिल्ला तत्कालीन लिबाङ गाविस पूर्वअध्यक्ष हरिप्रसाद आचार्यको निधनप्रति पूर्वसभामुख कृष्णबहादुर महराले दुःख व्यक्त गर्नुभएको छ । महराका कक्षा…

नेपालमा डेल्टा भेरियन्ट फेला

काठमाडौं । नेपालमा फैलिएको कोरोना सङ्क्रमणमा डेल्टा भेरियन्ट देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले गत असार २३ देखि भदौ ४…

भौतिक रूपमा विद्यालय खोल्ने स्थानीय तहहरूको तयारी

दाङ १८-भदौ/ कोरोना संक्रमणको दर घटेर निषेधाज्ञा खुकुलो भएसँगै देशभरका स्थानीयतहले विद्यालय भौतिक रूपमा सञ्चालनका लागि तयारी गरेका छन् । विद्यालय खोल्न प्रशासन तयार भए पनि…

अखिल (क्रान्तिकारी) राजपुर गाउँपालिकाकाे प्रथम सम्मेलन सम्पन्न

शिवु खनाल देउखुरी, १६ भदौ । अखिल ( क्रान्तिकारी ) राजपुर गाउँपालिकाको प्रथम सम्मेलन राजपुरमा सप्पन्न भएको छ । अखिल ( क्रान्तिकारी ) राजपुर गाउँपालिकाका…

मुलुक समृद्धिका आधारहरु

विश्वराज आचार्य नेपालमा ७ सय ४४ स्थानीय, ७ प्रदेश र एक संघीय सरकार सञ्चालनमा छन् । हरेक सरकारले प्रत्येक वर्ष नीति तथा कार्यक्रम, बजेट प्रस्तुत…