२ सय ३ मध्ये ५५ केन्द्रीय सदस्य माधव नेपालको पार्टीमा

माधवकुमार नेपालको अध्यक्षतामा गठन गरिएको नेकपा (एकीकृत समाजवादी) पार्टीका चार सांसदको सनाखत लिन निर्वाचन आयोगले अस्वीकार गरेको छ।

यससँगै बधुबार अपरान्हसम्म एमालेको केन्द्रिय कमिटिका २ सय ३ जना मध्ये ५५ जना केन्द्रीय सदस्य र २९ जना संघीय सांसदको सनाखत भएको छ।

तर, मंगलबार निर्वाचन आयोगमा नाम दर्ता गराएका सांसदहरु सोमप्रसाद पाण्डेसहितका चार सांसदको सनाखत हुन नसकेको हो। यससँगै नयाँ पार्टी दर्ताका लागि पेश गरिएको नामवलीको सनाखत करिब सकिएको छ।

सनाखतका लागि आएका ४ जना सांसदलाई मान्यता दिनुपर्ने भन्दै माधवकुमार नेपालसहितका नेताहरूले निर्वाचन आयुक्तहरुसँग छलफल गरेका थिए।

उनीहरुले मंगलबार निवेदन दिएकालाई तोकेको समयमै सशरीर उपस्थित भएपछि मान्यता दिएर सनाखत गराउन आयोगसँग माग गरेका थिए।

आयोगले बुधबार बिहान साढे ११ बजे ५५ जना केन्द्रीय सदस्य र २९ जना संघीय सांसदको नामावली टाँस गरेको थियो।

तर, नेपालले उक्त सूचीमा नअटे पनि आयोगमा उपस्थित भैसकेका सबैको सनाखत गर्न माग गरेका थिए। नेपालसहितको टोली र प्रमुख आयुक्त दिनेश थपललियाबीच छलफल भए पनि कुरा नमिलेको हो।

आयोगले सनाखत गर्न तोकेको समय २ बजे सकिसकेको थियो। वरिष्ठ नेता झलनाथ खनालको भने दिल्लीस्थित दूतावासबाटै सनाखत गराउन निर्वाचन आयोग तयार भएको थियो।

भर्खरै प्रकाशित

तत्कालीन लिबाङ गाविस पूर्व अध्यक्ष आचार्यको निधनप्रति महराद्धारा दुःख व्यक्त

राप्ती प्रेस घोराही, २८ भदौ । रोल्पा जिल्ला तत्कालीन लिबाङ गाविस पूर्वअध्यक्ष हरिप्रसाद आचार्यको निधनप्रति पूर्वसभामुख कृष्णबहादुर महराले दुःख व्यक्त गर्नुभएको छ । महराका कक्षा…

नेपालमा डेल्टा भेरियन्ट फेला

काठमाडौं । नेपालमा फैलिएको कोरोना सङ्क्रमणमा डेल्टा भेरियन्ट देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले गत असार २३ देखि भदौ ४…

भौतिक रूपमा विद्यालय खोल्ने स्थानीय तहहरूको तयारी

दाङ १८-भदौ/ कोरोना संक्रमणको दर घटेर निषेधाज्ञा खुकुलो भएसँगै देशभरका स्थानीयतहले विद्यालय भौतिक रूपमा सञ्चालनका लागि तयारी गरेका छन् । विद्यालय खोल्न प्रशासन तयार भए पनि…

अखिल (क्रान्तिकारी) राजपुर गाउँपालिकाकाे प्रथम सम्मेलन सम्पन्न

शिवु खनाल देउखुरी, १६ भदौ । अखिल ( क्रान्तिकारी ) राजपुर गाउँपालिकाको प्रथम सम्मेलन राजपुरमा सप्पन्न भएको छ । अखिल ( क्रान्तिकारी ) राजपुर गाउँपालिकाका…

मुलुक समृद्धिका आधारहरु

विश्वराज आचार्य नेपालमा ७ सय ४४ स्थानीय, ७ प्रदेश र एक संघीय सरकार सञ्चालनमा छन् । हरेक सरकारले प्रत्येक वर्ष नीति तथा कार्यक्रम, बजेट प्रस्तुत…