अवैध सामाग्री आयात नियन्त्रण गर्न दाङ उवासंघको माग

राप्ती प्रेस


घोराही, ८ भदौ ।  दाङ जिल्ला उद्योग वाणिज्य संघले जिल्लामा अवैध रुपमा आयात हुने सम्पूर्ण सामाग्री नियन्त्रण गर्न माग गदै जिल्ला प्रशासन कार्यालय दाङमा ज्ञापन पत्र बुझाएको छ ।

संघले भन्सार छलेर ल्याउने सम्पूर्ण सामाग्रीहरू नियन्त्रण गर्न माग गदै प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङलाई ज्ञापन पत्र बुझाएको हो ।
भन्सार छलेर सामाग्री ल्याँउदा राज्यलाई नै घाटा हुने भएकाले यस प्रकारको कार्य रोक्न माग गरिएको संघका अध्यक्ष टङ्कसिंह बुढाथोकीले जानकारी दिए । साथै अवैध रुपमा आउने सामाग्रीले वैध रुपमा व्यवसाय गर्नेहरूलाई समस्यामा पार्ने व्यवसायीहरूले बताएका छन् ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले अवैध रुपमा आयात हुने सामाग्री नियन्त्रण गर्नका लागि आफूले पहल गर्ने बताए ।
सोही अवसरमा प्रमुख जिल्ला अधिकारीले भन्सार छलेर आयात गरिने अवैध सामाग्री नियन्त्रण गर्नका लागि सम्बन्धित निकायलाई निर्देशन समेत दिएका थिए । नेपाल सरकारको नियम विपरीत कुनै पनि सामाग्री आयात गर्न नपाइने समेत बताए ।

ज्ञापन पत्र बुझाउन संघका अध्यक्ष टङ्कसिंह बुढाथोकीको नेतृत्वमा वाणिज्य उपाध्यक्ष रामप्रसाद पोख्रेल सदस्यहरू माधव खनाल, विकास वलीको सहभागिता रहेको थियो । 

भर्खरै प्रकाशित

तत्कालीन लिबाङ गाविस पूर्व अध्यक्ष आचार्यको निधनप्रति महराद्धारा दुःख व्यक्त

राप्ती प्रेस घोराही, २८ भदौ । रोल्पा जिल्ला तत्कालीन लिबाङ गाविस पूर्वअध्यक्ष हरिप्रसाद आचार्यको निधनप्रति पूर्वसभामुख कृष्णबहादुर महराले दुःख व्यक्त गर्नुभएको छ । महराका कक्षा…

नेपालमा डेल्टा भेरियन्ट फेला

काठमाडौं । नेपालमा फैलिएको कोरोना सङ्क्रमणमा डेल्टा भेरियन्ट देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले गत असार २३ देखि भदौ ४…

भौतिक रूपमा विद्यालय खोल्ने स्थानीय तहहरूको तयारी

दाङ १८-भदौ/ कोरोना संक्रमणको दर घटेर निषेधाज्ञा खुकुलो भएसँगै देशभरका स्थानीयतहले विद्यालय भौतिक रूपमा सञ्चालनका लागि तयारी गरेका छन् । विद्यालय खोल्न प्रशासन तयार भए पनि…

अखिल (क्रान्तिकारी) राजपुर गाउँपालिकाकाे प्रथम सम्मेलन सम्पन्न

शिवु खनाल देउखुरी, १६ भदौ । अखिल ( क्रान्तिकारी ) राजपुर गाउँपालिकाको प्रथम सम्मेलन राजपुरमा सप्पन्न भएको छ । अखिल ( क्रान्तिकारी ) राजपुर गाउँपालिकाका…

मुलुक समृद्धिका आधारहरु

विश्वराज आचार्य नेपालमा ७ सय ४४ स्थानीय, ७ प्रदेश र एक संघीय सरकार सञ्चालनमा छन् । हरेक सरकारले प्रत्येक वर्ष नीति तथा कार्यक्रम, बजेट प्रस्तुत…