१० वर्षदेखि श्रीमान विदेशमा, श्रीमतीले बच्चा जन्माएर गरिन् हत्या

एक महिलाले आफ्नै शिशुको हत्या गरेकी छन् । बैतडी जिल्लाको डिलाशैनी गाउँपालिका नम्बर ७ ढाँणकी ३५ वर्षीया माधवी कार्कीले आफ्नै नवजात शिशुको पासो लगाएर हत्या गरेकी हुन् ।

मकै बारीमा शिशु जन्माएको र जन्मिएलगत्तै केराको बोक्राले पासो लगाएर हत्या गरेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए।

अवैध सम्बन्धबाट गर्भ रहेकाले शिशुको हत्या गरेको उनको भनाइ छ । नवजात शिशुको हत्या गरेपछि उनका ससुराले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले अहिले शिशुको हत्या गर्ने महिलालाई पक्राउ गरेर कर्तव्य ज्यानमा मुद्दा चलाएको छ ।

माधवीका श्रीमान् १० वर्षअघि वैदेशिक रोजगारीमा छन् । उनी सम्पर्कमा नरहेको प्रहरीको भनाइ छ । माधवीका १३ र ९ वर्षका दुई सन्तान छन् ।

गाउँकै १७ वर्षीय किशोरसँग अवैध सम्बन्धबाट गर्भ रहेको थाहा पाएपछि आफन्तले शिशु ती युवाले जिम्मा लिनुपर्ने भन्दै आइरहेका थिए । ती युवकमाथि पनि छानबिन सुरु भएको प्रहरी निरीक्षक शाहीले बताए।

भर्खरै प्रकाशित

तत्कालीन लिबाङ गाविस पूर्व अध्यक्ष आचार्यको निधनप्रति महराद्धारा दुःख व्यक्त

राप्ती प्रेस घोराही, २८ भदौ । रोल्पा जिल्ला तत्कालीन लिबाङ गाविस पूर्वअध्यक्ष हरिप्रसाद आचार्यको निधनप्रति पूर्वसभामुख कृष्णबहादुर महराले दुःख व्यक्त गर्नुभएको छ । महराका कक्षा…

नेपालमा डेल्टा भेरियन्ट फेला

काठमाडौं । नेपालमा फैलिएको कोरोना सङ्क्रमणमा डेल्टा भेरियन्ट देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले गत असार २३ देखि भदौ ४…

भौतिक रूपमा विद्यालय खोल्ने स्थानीय तहहरूको तयारी

दाङ १८-भदौ/ कोरोना संक्रमणको दर घटेर निषेधाज्ञा खुकुलो भएसँगै देशभरका स्थानीयतहले विद्यालय भौतिक रूपमा सञ्चालनका लागि तयारी गरेका छन् । विद्यालय खोल्न प्रशासन तयार भए पनि…

अखिल (क्रान्तिकारी) राजपुर गाउँपालिकाकाे प्रथम सम्मेलन सम्पन्न

शिवु खनाल देउखुरी, १६ भदौ । अखिल ( क्रान्तिकारी ) राजपुर गाउँपालिकाको प्रथम सम्मेलन राजपुरमा सप्पन्न भएको छ । अखिल ( क्रान्तिकारी ) राजपुर गाउँपालिकाका…

मुलुक समृद्धिका आधारहरु

विश्वराज आचार्य नेपालमा ७ सय ४४ स्थानीय, ७ प्रदेश र एक संघीय सरकार सञ्चालनमा छन् । हरेक सरकारले प्रत्येक वर्ष नीति तथा कार्यक्रम, बजेट प्रस्तुत…