घर भत्किदा ५ लाख बराबरको क्षति

राप्ती प्रेस


लमही, ८ भदौ । लमही नगरपालिका वडा नम्बर ९ रिहार निवासी राजु प्रधानको चार कोठे कच्ची घर भत्किएको छ । 


दुबैतिर पक्की घर भएको, वर्षायाममा आकासबाट परेको पानीको निकास नहुँदा र बलेन्द्रीको पानी घरको जगमा पसेका कारण घर कम्जोर भै भत्किएको इलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ ।


‘मंगलबार राती एक्कासि घर भत्किन लागेको थाह पाएपछि घर भित्रका सामान सुरक्षित निकाल्न सफल भैइयो ’– पुनले भने । मानवीय क्षति भने भएको छैन । घर भत्किएको खबर पाएपछि वडा नम्बर ९ का वडा सदस्य खिम बहादुर योगी, बुद्धिराम चौधरी, इलाका प्रहरी कार्यालय अमिलियाको प्रहरी टोली घटनास्थलमा पुगेको छ ।


घर भत्किएपछि प्रधानको परिवार बिचल्लीमा परेको छ । वर्षायाम छ, किलाकाँटीको डर छ, कहाँ गएर बस्नी हो ? छिट्टै ओत लाग्ने सानो छाप्रो भए पनि बनाइ दिन स्थानीय सरकारसँग प्रधान परिवारले अपिल गरेको छ । 

भर्खरै प्रकाशित

एएनपि अवार्डद्वारा दाङका युवा व्यवसायी शर्मा सम्मानित हुँदै

दाङ, २६ असोज । नेपालकै चर्चित एएनपि राष्ट्रिय अवार्ड २०२१बाट दाङका सफल युवा व्यवसायी रुद्र शर्मा सम्मानित हुनुहुने भएको छ । आउँदो कार्तिक १५ गते…

घाेराहीकाे बाहुनडाँडामा खुल्याे सुविधासम्पन्न सम्राट रिसाेर्ट

राप्ती प्रेस घाेराही, २६ असाेज । दाङकाे घाेराही उपमहानगरपालिका वडा नं १६ स्थित बाहुनडाँडामा सुविधासम्पन्न सम्राट फ्याम्ली रिसाेर्ट खुलेकाे छ । ल्याण्डफिल साइडबाट हेलाे टावर…

गीतकार प्रियासनलाई उत्सर्ग सिर्जना पुरस्कार

राप्ती प्रेस घाेराही, २५ असोज । उत्सर्ग फिल्मस् नेपालले संचारकर्मी एवं गीतकार सबिन प्रियासनलाई उत्सर्ग सिर्जना पुरस्कार प्रदान गर्ने भएको छ । कला, संचार एवं…

पाँच स्वर्गीय स्रष्टालाई मरणोपरान्त सम्मान गरिने

राप्ती प्रेस घाेराही, २४ असोज । नेपाली गीतसंगीतको उन्नयन तथा राप्ती क्षेत्रका स्रष्टाहरु सम्मान गर्ने उद्देश्यले २०७८ मंसीर ११ गते दाङमा आयोजना गरिएको उत्सर्ग संगीत…

उत्सर्ग संगीत अवार्डको मूल समिति र उपसमितिहरु गठन

राप्ती प्रेस १० असोज, दाङ । राप्ती क्षेत्रको सांगीतिक उन्नयन तथा स्रष्टाहरुको सम्मान गर्ने उद्देश्यले दाङमा पहिलोपटक आयोजना गरिएको उत्सर्ग म्यूजिक अवार्ड-२०७८ को मूल समिति…