एसईई पास हुनुभएका भाइबहिनीहरूलाई सुझाव : प्राविधिक शिक्षा नै किन ?

दिपिका डाँगी

एसईईको परीक्षाफल प्रकाशितसँगै अहिले सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरूमा विभिन्न विषयका विज्ञापनहरू आइरहेका छन् । स्वभाविक रुपमा सबै कलेजहरू विद्यार्थी भाइबहिनीहरूलाई आकर्षण गर्न चाहन्छन् ।

सबै अभिभावकहरू पनि आफ्ना सन्तानको उज्ज्वल भविष्यको कामना गर्दछन् । तर, पनि धेरै विद्यार्थीहरूले आफ्नो भविष्यको बारेमा निश्चित लक्ष्य बनाइसकेका हुँदैनन् । कतिपयले आफ्ना साथीले जहाँ पढ्छन् त्यहीँ बढ्ने गर्दछन् । कतिपय विद्यार्थीहरू आफ्ना अभिभावकले भने अनुसारका विषयहरू पढ्छन् ।

कुन विषय र कहाँ पढ्ने भन्ने कुरा विद्यार्थीहरूको आफ्नो रोजाइ बन्नुपर्छ । एसईई दिइसकेका विद्यार्थीहरूले कमसेकम अब म भविष्यका के बन्नुपर्छ भन्ने कुराको निधो गरिसक्नुपर्छ । समयमै आफ्नो लक्ष्य निर्धारण गर्न सकिएन भने भविष्यमा निकै दुःख पाइन्छ । रुचि विनाका विषयहरू पढ्न भनेको बालुवामा पानी खन्याउनु जस्तै हो । किनकी त्यसले कुनै परिणाम दिन सक्दैन । धेरै विषयहरू छन् ।

ती विषयको बारेमा अहिले इन्टरनेटमा पनि धेरै जानकारीमूलक सामग्रीहरू पाइन्छन् । यहाँ मैले प्राविधिक शिक्षाको विषयमा केही धारणाहरू प्रस्तुत गरेको छु । म एक प्राविधिक विषयको विद्यार्थी हो । म अहिले घोराहीको नेपाल सञ्जीवनी नर्सिङ कलेज घोराहीमा डिप्लोमा तहमा तेस्रो वर्षमा अध्ययन गरिरहेको छु । भविष्यमा कुशल नर्स बनेर समाजको सेवा गर्ने मेरो लक्ष्य रहेको छ । अहिले दाङमा पनि धमाधम प्राविधिक शिक्षालय खुलिरहेका छन् ।

केही सरकारी लगानीमा प्राविधिक कलेज खुलेका छन् त केही निजी क्षेत्रको लगानीमा प्राविधिक कलेजहरू खुलेका छन् । दाङका दुई दर्जनभन्दा बढी सामुदायिक विद्यालयले प्राविधिक शिक्षा प्रदान गर्न अनुमति समेत प्राप्त गरेका छन् । दाङ र यस आसपासको क्षेत्रका लागि यो निकै सकारात्मक कुरा हो ।

विगतमा नेपालमा डिग्री हासिल गर्ने पढाई त भयो तर विद्यार्थीहरूले रोजगारी प्राप्त गर्न सकेनन् । यसले गर्दा हाम्रा शैक्षिक संस्थाहरू बेरोजगार उत्पादन गर्ने शिक्षालयको रुपमा परिणत भए । अब हामीले विद्यार्थीहरूलाई सीपमुलक शिक्षा दिनैपर्छ । सीपमुलक शिक्षा शिक्षा भनेकै प्राविधिक शिक्षा हो ।

अब हाम्रा सन्तति शिक्षालयहरुबाट अध्ययन गरेर निस्किइसकेपछि साथसाथै सीम पनि बोकेर आउन सक्ने खालको हुनुपर्छ । त्यो भनेको प्राविधिक शिक्षा मात्र हो । अहिले रोजगारीका लागि नेपालका करिब २५ लाखभन्दा बढी युवा भारतबाहेक तेस्रो मुलुक गएका छन् ।

भारतमा रोजगारीका लागि जानेहरुको संख्या यकिन नभए पनि त्यतिकै मात्रामा भारत गएको हुन सक्ने अनुमान गरिएको छ । नेपालमा अहिले दैनिक ४/५ ओटा बाकसमा वैदिशक रोजगारमा गएका नेपाली दाजुभाई तथा दिदीबहिनिहरुको शब आइरहेको छ । हाम्रो मुलुककका लागि यो विडम्वना हो ।

अब हामी युवाहरुले स्वदेशमै काम गर्ने वातावरण तयार हुनुपर्छ । त्यसका लागि प्राविधिक शिक्षा नै उपयोगी हो । सरकारले पनि पछिल्लो समय प्राविधिक शिक्षा तर्फ लगानी बढाएको छ । यो सकारात्मक कुरा हो ।

प्राविधिक शिक्षालय खुलेसँगै अध्ययनका लागि विदेश जाने विद्यार्थीहरूको संख्या समेत घटेको छ । यसले गर्दा हाम्रो देशका पुँजी पलायन हुन रोकेको छ । आफ्नो घर आँगनमा सर्वसुलभ ढंगले प्राविधिक शिक्षा हासिल गर्न पाउनु हामी विद्यार्थीहरुका लागि पनि निकै गौरभको कुरा हो ।

यति हुँदा हुँदै पनि नेपालमा प्राविधिक शिक्षालयहरुमा धेरै कुराहरुको कमि भएको महसुस भएको छ । प्राविधिक शिक्षालयहरुमा उपर्युक्त प्रयोगशाला नहुँदा विद्यार्थीहरूलाई समस्या परेको छ । अहिले पनि हाम्रो संस्कार कसरी पास गर्ने भन्ने तर्फमात्र ध्यान जान्छ । शिक्षालयहरुले पनि अब प्रयोगात्मक पक्षलाई विशेष ध्यान दिनुपर्छ ।

सरकारी शिक्षालयहरुमा शुल्क कम भए पनि निजी शिक्षालयहरुमा अहिले पनि महंगो शुल्क रहेको छ । यसले गर्दा विपन्न वर्गका विद्यार्थीहरूले प्राविधिक विषय अध्ययन गर्न चाहे पनि आर्थिक अवस्थाकै कारणले पढ्न नपाउने अवस्था छ । बरु राज्यले निजी शिक्षालयहरुलाई केही अनुदान दिएर भए पनि शुल्क घटाउन जरुरी छ ।

प्राविधिक विषय पढेपछि रोजगारीका साथै स्वरोजगारमुलक कामहरु पाएने भएकाले म सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई प्राविधिक विषय अध्ययन गर्न सुझाव दिन्छु ।

(डाँगी दाङको घोराही स्थिति एक निजी प्राविधिक शिक्षालयमा अध्ययन गरिरहेकी छिन् ।) 

भर्खरै प्रकाशित

तत्कालीन लिबाङ गाविस पूर्व अध्यक्ष आचार्यको निधनप्रति महराद्धारा दुःख व्यक्त

राप्ती प्रेस घोराही, २८ भदौ । रोल्पा जिल्ला तत्कालीन लिबाङ गाविस पूर्वअध्यक्ष हरिप्रसाद आचार्यको निधनप्रति पूर्वसभामुख कृष्णबहादुर महराले दुःख व्यक्त गर्नुभएको छ । महराका कक्षा…

नेपालमा डेल्टा भेरियन्ट फेला

काठमाडौं । नेपालमा फैलिएको कोरोना सङ्क्रमणमा डेल्टा भेरियन्ट देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले गत असार २३ देखि भदौ ४…

भौतिक रूपमा विद्यालय खोल्ने स्थानीय तहहरूको तयारी

दाङ १८-भदौ/ कोरोना संक्रमणको दर घटेर निषेधाज्ञा खुकुलो भएसँगै देशभरका स्थानीयतहले विद्यालय भौतिक रूपमा सञ्चालनका लागि तयारी गरेका छन् । विद्यालय खोल्न प्रशासन तयार भए पनि…

अखिल (क्रान्तिकारी) राजपुर गाउँपालिकाकाे प्रथम सम्मेलन सम्पन्न

शिवु खनाल देउखुरी, १६ भदौ । अखिल ( क्रान्तिकारी ) राजपुर गाउँपालिकाको प्रथम सम्मेलन राजपुरमा सप्पन्न भएको छ । अखिल ( क्रान्तिकारी ) राजपुर गाउँपालिकाका…

मुलुक समृद्धिका आधारहरु

विश्वराज आचार्य नेपालमा ७ सय ४४ स्थानीय, ७ प्रदेश र एक संघीय सरकार सञ्चालनमा छन् । हरेक सरकारले प्रत्येक वर्ष नीति तथा कार्यक्रम, बजेट प्रस्तुत…