ब्युटी पेजेन्ट कोरियोग्राफर बन्ने सपना बोकेकी ऋचा

पाण्डव शर्मा

घोराही । घोराही–१७ चौघेरा निवासी २२ वर्षीया ऋचा बुढाथोकी अहिले दङ्गाली कलाकारिता क्षेत्रमा प्रसिद्ध कोरियोग्राफरको रुपमा परिचित छिन् ।


उनले दाङ डान्स च्यारिटी शो, मिस लिटिल दाङ–२०१८ र २०२१, मिस एसइइ दाङ–२०१८ लगायतका ठूला कार्यक्रमहरूको कोरियोग्राफ गरिसकेकी छिन् । उमेरले २२ वर्ष पुगेपनि उनले दङ्गाली कला क्षेत्रमा उल्लेख्य योगदान गरिसकेकी छिन् ।

मोडलिङ क्षेत्रमा रुचि राख्ने ऋचा अहिले घोराहीस्थित राप्ती इन्जिनियरिङ कलेजमा स्नातक तह दोस्रो वर्षमा सिभिल इन्जिनियरिङ पढिरहेकिछन् । ‘विगतमा कलाकारिता क्षेत्र आउने व्यक्तिहरू कमजोर पढाई भएका र माथिल्लो कक्षमा जान नसकेकाहरू आउँछन् भन्ने बुझाई थियो,’ ऋचाले भनिन्, ‘अहिले भने कलाकारितामा डाक्टर, इन्जिनियर, पाइलट र पढाइमा अब्बल भएका विद्यार्थीहरू पनि आउन थालेका छन्, यसले कलाकारिता क्षेत्रको ओज निकै बढेको छ ।’

 

अल्फा बोर्डिङ घोराहीमा कक्षा १० सम्म अध्ययन गरेकी ऋचा कक्षामा जहिले पनि प्रथम हुने गर्थिन् । कक्षा ११ र १२ मा पनि उनले सिद्धार्थ बोर्डिङमा टप हासिल गरिन् । ‘म पढाइमा पहिले देखि नै तेज थिए, अहिले पनि कलेजमा राम्रै तरिकाले पढिरहेको छु,’ उनले भनिन्, ‘म कलाकारिता क्षेत्रमा पनि उत्कृष्ट हुन चाहन्छु ।’

विवाहिता ऋचालाई कलाकारिता क्षेत्रमा उनका श्रीमानको राम्रो साथ रहेको छ । ‘धेरै महिला कलाकारहरू बिहेपछि कला क्षेत्रबाट पलायन भएको देखिन्छ,’ ऋचाले भनिन्, ‘मेरो श्रीमान भने सँधै मलाई कला क्षेत्रमा लाग्न र अघि बढ्न प्रेरित गर्नुहुन्छ, म पनि परिवारको र श्रीमानको मन जितेर कलाकारिता क्षेत्रलाई अगाडि पढाईरहेको छु ।’

कोरियाग्राफी गर्दा पैसा पनि राम्रै आम्दानी हुने उनले बताइन् । ‘कला क्षेत्रमा पैसा छैन भन्ने कुरा गलत हो, राम्रो काम गर्नेहरूको जहाँ पनि सम्भावना छ,’ ऋचाले भनिन्, ‘अहिले पढाईमा धेरै व्यस्त भएकाले मैले कोरियोग्राफीमा त्यति धेरै समय दिन पाएको छैन ।’

कोरियोग्राफर पर्दा पछिको नायक भएको उनको भनाई छ । ‘हामी फ्रन्टमा कहिले देखिदैनौं तर, ब्याकमा हाम्रो भूमिका निकै महत्वपूर्ण हुन्छ,’ ऋचाले भनिन्, ‘मलाई पनि बाहिर देखिएर भन्दा पनि ब्याकमा रहेर राम्रो काम गर्न मन लाग्छ ।’ आफूले सिकाएका कलाकारहरूले स्टेजहरूमा राम्रो प्रस्तुती देखाउँदा आफूलाई निकै आनन्द आउने गरेको उनले बताइन् ।

भर्खरै प्रकाशित

तत्कालीन लिबाङ गाविस पूर्व अध्यक्ष आचार्यको निधनप्रति महराद्धारा दुःख व्यक्त

राप्ती प्रेस घोराही, २८ भदौ । रोल्पा जिल्ला तत्कालीन लिबाङ गाविस पूर्वअध्यक्ष हरिप्रसाद आचार्यको निधनप्रति पूर्वसभामुख कृष्णबहादुर महराले दुःख व्यक्त गर्नुभएको छ । महराका कक्षा…

नेपालमा डेल्टा भेरियन्ट फेला

काठमाडौं । नेपालमा फैलिएको कोरोना सङ्क्रमणमा डेल्टा भेरियन्ट देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले गत असार २३ देखि भदौ ४…

भौतिक रूपमा विद्यालय खोल्ने स्थानीय तहहरूको तयारी

दाङ १८-भदौ/ कोरोना संक्रमणको दर घटेर निषेधाज्ञा खुकुलो भएसँगै देशभरका स्थानीयतहले विद्यालय भौतिक रूपमा सञ्चालनका लागि तयारी गरेका छन् । विद्यालय खोल्न प्रशासन तयार भए पनि…

अखिल (क्रान्तिकारी) राजपुर गाउँपालिकाकाे प्रथम सम्मेलन सम्पन्न

शिवु खनाल देउखुरी, १६ भदौ । अखिल ( क्रान्तिकारी ) राजपुर गाउँपालिकाको प्रथम सम्मेलन राजपुरमा सप्पन्न भएको छ । अखिल ( क्रान्तिकारी ) राजपुर गाउँपालिकाका…

मुलुक समृद्धिका आधारहरु

विश्वराज आचार्य नेपालमा ७ सय ४४ स्थानीय, ७ प्रदेश र एक संघीय सरकार सञ्चालनमा छन् । हरेक सरकारले प्रत्येक वर्ष नीति तथा कार्यक्रम, बजेट प्रस्तुत…