मोडलिङमा जम्दै बिमु आचार्य

पाण्डव शर्मा

पछिल्लो समय कलाकारिता  क्षेत्रमा युवाहरुको आकर्षण बढेको छ । कलाकारीताबाट आफ्नो भविष्य बनाउन चाहनेहरुको संख्या दिन प्रतिदिन बढिरहेको छ ।

तर, यो प्रतिस्पर्धाको दुनियामा धेरै कलाकारहरु बजारमा आउने गर्छन् अनि बिस्तारै हराउने गर्छन् । तर, दाङकी चेली बिमु आचार्य भने अहिले मोडलिङ क्षेत्रमा निकै जम्न सफल भएकी छन् । बिमुले अहिलेसम्म ६ ओटा म्यूजिक भिडियोमा मोडलिङ गरिसकेकी छिन् । उनले दर्जनौं कार्यक्रमहरुमा आफ्नो प्रस्तुति देखाइसकेकी छन् ।

May be an image of 1 person, standing, outdoors and tree

रोल्पामा जन्मेर कक्षा १० सम्म त्यहीँ अध्ययन गरेकी बिमु अहिले दाङ स्थित जनता संस्कृत मावि विजौरीमा डिप्लोमा तहमा कृषिको अध्ययन गरिरहेकी छिन् । ‘म भविष्यमा कृषि विज्ञ बन्न चाहन्छु, किन कि हामीले हाम्रो भूमिको माया गर्नुपर्छ,’ उनले भनिन्, ‘मोडलिङ मेरो रुचीको विषय हो, म सानै देखि कलाकारीतामा रुची राख्दथे ।’

May be an image of 1 person, standing and outdoors

बिमु कक्षा १ मा पढ्दा देखि नै विद्यालयमा हुने विभिन्न कार्यक्रमहरुमा सहभागि हुन्थिन् । ‘कला क्षेत्रमा सबैको रुची हुन्छ, तर कोही आँफूलाई प्रस्तुत गर्न तयार हुन्छन् भने कोही लुकेर बस्छन्,’ उनले भनिन्, ‘मलाई म्यूजिक भिडियोहरुमा मोडलिङ गर्न निकै मन पर्छ ।’

May be an image of 1 person, standing and outdoors

‘म विद्यालय तहमा पढ्दा नै धेरै कार्यक्रमहरुमा सरिक हुने अवसर पाए,’ बिमुले भनिन्, ‘मलाई मेरो परिवारबाट पनि कलाकारीतामा लाग्नका लागि पूरा सहयोग रहेको छ ।’

May be a closeup of 1 person, standing and outdoors

भर्खरै प्रकाशित

तत्कालीन लिबाङ गाविस पूर्व अध्यक्ष आचार्यको निधनप्रति महराद्धारा दुःख व्यक्त

राप्ती प्रेस घोराही, २८ भदौ । रोल्पा जिल्ला तत्कालीन लिबाङ गाविस पूर्वअध्यक्ष हरिप्रसाद आचार्यको निधनप्रति पूर्वसभामुख कृष्णबहादुर महराले दुःख व्यक्त गर्नुभएको छ । महराका कक्षा…

नेपालमा डेल्टा भेरियन्ट फेला

काठमाडौं । नेपालमा फैलिएको कोरोना सङ्क्रमणमा डेल्टा भेरियन्ट देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले गत असार २३ देखि भदौ ४…

भौतिक रूपमा विद्यालय खोल्ने स्थानीय तहहरूको तयारी

दाङ १८-भदौ/ कोरोना संक्रमणको दर घटेर निषेधाज्ञा खुकुलो भएसँगै देशभरका स्थानीयतहले विद्यालय भौतिक रूपमा सञ्चालनका लागि तयारी गरेका छन् । विद्यालय खोल्न प्रशासन तयार भए पनि…

अखिल (क्रान्तिकारी) राजपुर गाउँपालिकाकाे प्रथम सम्मेलन सम्पन्न

शिवु खनाल देउखुरी, १६ भदौ । अखिल ( क्रान्तिकारी ) राजपुर गाउँपालिकाको प्रथम सम्मेलन राजपुरमा सप्पन्न भएको छ । अखिल ( क्रान्तिकारी ) राजपुर गाउँपालिकाका…

मुलुक समृद्धिका आधारहरु

विश्वराज आचार्य नेपालमा ७ सय ४४ स्थानीय, ७ प्रदेश र एक संघीय सरकार सञ्चालनमा छन् । हरेक सरकारले प्रत्येक वर्ष नीति तथा कार्यक्रम, बजेट प्रस्तुत…