आउँ सरकार सँगै हिडौं

विश्वराज आचार्य

मेरो सरकार नमस्कार !
मैले मेरो पार्टिको भएर मेरो भनेन
चिनेका नेता भयर पनि मेरो भनेन
तिमी नेपाल सरकार
हरेक नेपालीको सरकार
त्यसैले मेरो पनि सरकार
हामी सबै को सरकार हाम्रो सरकार,
आउ,अलिकति समिक्षा गरौं
एक पाइला तिमी,अर्को पाइला हामी हिडौं
हामीले सुन्ने र तिमीले सुन्नेमा, भिन्नता कति छ ?
हाम्रो नजर र तिम्रो दृष्टिमा अन्तर कति छ ?
कुरा मिले पो, म तिम्रो हुन्छु
दृष्टि मिलेपो मैले मेरो ठान्छु !
कतै,तिमी भ्रममा पो छौ कि ?
या हाम्रा विश्वासले,पश्चाताप गर्ने पो हो कि ?
पुर्खादेखि,डोरीमा जीन्दगी घिसारिरहेका जयसिङ !
त्यो डोरी माथिको,घर्साइमा उनको विश्वास ,
के त्यो विश्वासलाइ एउटै देख्छौं हाम्ले ?
जयसिङ ! भेल भित्र असल्जिदैं
अन्तिम सास लिदाको पिडा !
के त्यो पीडाको समान महशुस गछौं हामि? ,
मित्रता,सर्वोपरी हितको परिचय बनायका हामि
तर विडम्बना ,
हामीलाई मान्छे नगन्ने छिमेकीको व्यवहार लाइ
कसरी मित्रता मानौं
कुकुर बग्दा,बचाउन हाम्फाल्ने हामि
हामीलाई जानी,जानी भेलमा हुत्याउने
ती नरभक्षीलाई दुत्कार्ने साझा योजना बन्ला हाम्रो?
सरकार ! हाम्रै बन्ने आँट गर
हामी हाम्रो भइरहे
तिमी तिम्रो भइरहे
अब नम्बर तिम्रो लगाका छन रे
हामी त हात खुट्टा चलाउछौ
चिथोछौं,कोपछौं
तिमी त भेलमा छाट्टिदा,छाट्टिदै
आफैले थाहा नपाई आफै सकिन्छौं
हामीलाई विश्वास छ
सरकार हाम्रो हो,झनै हाम्रो बन्छ
पुरानो कति खराव थियो
त्यो तिमीलाई थाह छ
नयाँ केहो ,भन्ने पनि तिमिलाई थाहा छ
हामी त सधै नयाँ चाह्यौं
पुरानासँग लड्यौं
नयाँ बनाउने साँचो तिम्रो हातमा छ
सच्चै अझ भनम सरकार ,
तिमी कि त गर या मरमा छौं
नगरेर बाँच्ने तिमीलाई ठाउँ छैन
गरेर मरिन्छ कि तिम्रो भय हो ।
भय फाल,अमर बन्ने मार्ग समात मेरो सरकार !

भर्खरै प्रकाशित

तत्कालीन लिबाङ गाविस पूर्व अध्यक्ष आचार्यको निधनप्रति महराद्धारा दुःख व्यक्त

राप्ती प्रेस घोराही, २८ भदौ । रोल्पा जिल्ला तत्कालीन लिबाङ गाविस पूर्वअध्यक्ष हरिप्रसाद आचार्यको निधनप्रति पूर्वसभामुख कृष्णबहादुर महराले दुःख व्यक्त गर्नुभएको छ । महराका कक्षा…

नेपालमा डेल्टा भेरियन्ट फेला

काठमाडौं । नेपालमा फैलिएको कोरोना सङ्क्रमणमा डेल्टा भेरियन्ट देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले गत असार २३ देखि भदौ ४…

भौतिक रूपमा विद्यालय खोल्ने स्थानीय तहहरूको तयारी

दाङ १८-भदौ/ कोरोना संक्रमणको दर घटेर निषेधाज्ञा खुकुलो भएसँगै देशभरका स्थानीयतहले विद्यालय भौतिक रूपमा सञ्चालनका लागि तयारी गरेका छन् । विद्यालय खोल्न प्रशासन तयार भए पनि…

अखिल (क्रान्तिकारी) राजपुर गाउँपालिकाकाे प्रथम सम्मेलन सम्पन्न

शिवु खनाल देउखुरी, १६ भदौ । अखिल ( क्रान्तिकारी ) राजपुर गाउँपालिकाको प्रथम सम्मेलन राजपुरमा सप्पन्न भएको छ । अखिल ( क्रान्तिकारी ) राजपुर गाउँपालिकाका…

मुलुक समृद्धिका आधारहरु

विश्वराज आचार्य नेपालमा ७ सय ४४ स्थानीय, ७ प्रदेश र एक संघीय सरकार सञ्चालनमा छन् । हरेक सरकारले प्रत्येक वर्ष नीति तथा कार्यक्रम, बजेट प्रस्तुत…