घुम्न जाउ प्यारीकोट

नारायण बिबश   

दाङमा धेरै प्राकृतिक सम्पदा भए पनि कतिपय सम्पदाहरू प्रचार प्रसारको अभावमा ओझेलमा परेकाछन् । यस्तै ओझेलमा परेको प्राकृतिक सम्पदा हो प्यारीकोट । जो प्राकृतिक दृष्टिकोणले मात्र होइन पर्यटकीय रुपमा पनि महत्वपूर्ण छ ।

यो ठाउँ  साबिक धर्ना हाल घोराही उपमहानगरपालिका वडा नम्बर ५ स्थित चुरे पहाडमा पर्दछ । जिल्ला सदरमुकाम घोराहीबाट १५ किलो मिटरको दूरीमा छ प्यारीकोट । भैसापथ्रा डाँगीगाउँ हुँदै रज्जे मन्नामे जाने मोटरबाटोको किनारैमा पर्ने प्यारीकोट पुग्न लामो पैदल यात्रा गर्नु पर्दैन । बढीमा दस मिनेट हिँडे पुगिन्छ । कतै समथर र कतै कोल्टे भूभाग भएको प्यारीकोटको आप्नै विशेषता छ ।
लामखुट्टेको टोकाइबाट लाग्ने औलो रोगबाट जोगिन  डाँगीगाउँ भैसापथ्रा र त्यस वरपरका गाउँलेहरू बैशाखदेखि असोजसम्म प्यारीकोटमा बस्ने गर्दथे ।  उनीहरुले जग्गा आवाद गरेर वर्षे बाली लगाउने गर्थे ।  समयको गतिमा आएको परिवर्तनबाट लामखुट्टे मार्न र जोगिने उपायहरू आएपछि प्यारीकोट पनि सुनसान हुन थाल्यो । अहिले पनि त्यहाँ घरका भग्नावशेष देख्न सकिन्छ । यसैगरी त्यतिबेला रोपिएका आप जामुन लगायतका रूखहरू छदैछन् ।

प्यारीकोट नाम कसरी रह्यो ?

त्यहाँ गाउँलेहरूको बस्ती हुनु अघि त्यहाँ एउटी माता कुटी बनाइ बस्ने पर्दथिन् । निःसन्तान माताको नाम प्यारी थियो । त्यहाँ रहँदै गर्दा माताले नित्य पूजापाठ पर्दथिन् । उनी सिद्ध भक्त थिइन ।
प्यारी माताको देहान्त पछि त्यो ठाउँको नाम प्यारीकोट राखियोको  जनश्रुति छ ।  स्थानीय घुसुलीपुर निवासी लालबहादुर नेपाली अझै पनि लामो खडेरी भयो भने यसक्षेत्रका गाउँलेहरूले प्यारीकोटमा गएर सिद्धको पुजा आराधना गरेपछि आकाशबाट वर्षा हुने विश्वास राख्ने गरेको बताउनुहुन्छ । प्यारीकोटको घरका भग्नावशेष मध्य एउटा घर आफ्ना बाबा तेजबहादुर नेपालीले बनाएको र त्यहाँ देखिने फलफूलका बिरुवा आफ्नी जेठी दिदी देबिसरा लगाएको बताउनुहुन्छ लालबहादुर नेपाली ।
त्यहाँ बस्न गाउँलेहरूले छोडेपछि १९८० देखि २०१६ सम्मको बिचमा तेज बहादुरको परिवार बसेको उहाका छोरा लालबहादुर बताउनुहुन्छ । तेजबहादुरहरु पनि बस्न छोडेपछि त्यहाँ झाडी बढ्दै गयो र क्रमश आवादी जग्गा बनमा बदलियो । जग्गा बनमा परिणत भएपछि २०२८ को नापीमा जग्गा कसैको नाममा दर्ता हुन नसकेको नेपालीको भनाइछ । पूर्व कास्की पोखराबाट  काले  नेपाली बि स १९८० मा त्यहाँ आएर बस्न थालेपछी उहाँलाई स्थानीयबासीले पुर्वे भन्न थाले । त्यसपछि सो ठाउँलाइर प्यारी पुर्बेकोट भन्न थालिएको ज्येष्ठ नागरिक भिमकान्त दाहालको भनाइछ ।

अचम्मको शिलापत्थर 

प्यारीकोट प्राकृतिक छटाले आफैमा भरीपुर्ण छ, त्यसैमा अझ अर्को आकर्षण भिमकाय विशाल शीला पत्थर अटल भएर उभिएको छ । कछुवा आकारको उक्त पत्थर देख्दा लाग्छ कोल्टे भूमिमा कसरी ठिङ्ग उभिएको छ । पत्थरको उचाइ पुर्बतिर ९ फीट, पश्चिमतर्फ ४० फीट, उत्तरतर्फ ३० फीट र दक्षीण तर्फ १५ फीट रहेको छ ।
माथी टपमा गयर नाप्दा लम्बाइ ३५ फीट र चौडाइ २४ फीट भएको पाइयो । त्यत्रो विशाल शिलामा चढ्न आफैमा शीढीको आकार छ । सहजै माथि पुग्न सकिन्छ । पत्रे खालको नभइ उक्त सीला एउटै छ । त्यसका वरी परी  साना ठुला कुनै पत्थर देखिन्नन । जनश्रुति अनुसार  प्यारी माताले त्यहाँ रहदा शिलालाइ देबता मानेकी थिइन । उनी हरेक बिहान पत्थरको छेउमा गइ पुजा आरधना गर्दथीन । उनले शिलालाइ सिद्ध देबता मानेकी थिइन । उनले पछील्लो चरणमा पूर्वी लेकमा सिद्धको कुटी स्थापना गरी पुजा गरेकाले  अहिले पनि लामो खडेरी परेमा गाउँलेहरू त्यहाँ गइ सिद्धको पुजा गर्ने गरेको लालबहादुर नेपाली बताउनुहुन्छ ।
पुर्बी लेकमा गइ सिद्धको पुजा गरेपछि आकाशबाट वर्षा हुने कुरामा स्थानियहरु अझै बिश्वास गर्छन , लालबहादुर नेपाली भन्नु हुन्छ । जनरु्श्रुती अनुसार शिद्दपुजाको सम्बन्धमा के कुरा पनि जोडीयको छ भने प्यारीकोटमा पात टिप्न गयका चौधरी महिलाहरुले पहेला कपडालगायका थुप्रै योगीहरुले तेल पेली रहेको देखे ।
महिलाहरु नजीक जादा योगिहरु अलप भएका थिए । यस अर्थमा पनि ती योगीहरु शीद्द थीए भन्ने बिश्वास त्यती बेलानै गरीयको थियो । अर्को कुरा के जोडीएको छ भने महाभारतका पात्र कौरबहरुले पाण्डबहरुलाइ लखेटने क्रममा  पाण्डबहरु त्यस ठाउमा आइ  लुकेर बसेका थीए । पाण्डबहरुलाइ खोज्दै  कौरबहरु त्यहाँ आएपछि  पान्डबहरु भागेका र पाण्डबहरु बसेको घर शिलामा परिणत भयको जनश्रुति छ । भाग्ने शिलशिलामा प्यारीकोटबाट चुरेको लेकलेकै  पाण्डबहरु धारपानीतर्फ गएको बिश्वास गरीन्छ ।

उज्यालो सम्भाबना

प्यारीकोटको बिकाशका लागी राम्रो सम्भाबना रहेको मा बि धर्नाका पुर्ब प्रधानअध्यापक समेत रहनुभयका ज्येष्ठ नागरिक भिमकान्त दहाल बताउनुहुन्छ । प्यारीकोटसम्म सडक पुगीसकेको र  सडक छोडेर  शिला सम्म पुग्ने बाटोकालागी  करौतीका काडा फडानी गरेमा पैदल हिडन सहज हुने दाहाल बताउनुहुन्छ ।
शीद्दको पुजा स्थलमा शिद्दमन्दीर निर्माण गरी  धार्मीक आस्थालाइ जोगाएर राखनु पर्ने दाहालको धारणा छ । प्यारीकोटसम्म सडक सन्जाल जोडिसकिय पनी यो ठाउँ ओझेलमा पर्नु दुखद कुरा हो दाहाल भन्नु हुन्छ ।

माल पायर चाल पाए पो 

धार्मीक तथा प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण देखिय पनि सम्बद्घ निकायको ध्यान न पुग्दा प्यारीकोट ओझेलमा परेको भान हुन्छ ।  कम्तीमा पनि तत्काल सडकदेखी बिशाल शिलासम्म जान घोरेटो बाटो बनाउनुपर्ने र भग्नाबशे देखिने स्थानमा शिद्द मन्दीर निर्माण गरेमा प्यारीकोटले जीबन्तता पाउन सक्छ । त्यहाबाट उत्तरमा दाङ उपत्यका र दक्षीणतर्फ तुइ दाङ्खको रमणीय दृश्य देख्न सकिन्छ ।
धार्मीक, प्राकृतिक एबम पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण भय पनि यसको बिकासका लागी स्थानीय स्तरबाट पहल गरेको दखीदैन । बुझने लाइ श्रीखण्ड नबुझनेलाइ खुर्पाको बिड ।
माल पायर के गर्नु चाल पाए पो भन्ने जस्ता उखान यहा चरीतार्थ भयको छ ।   घोराही उपमहामनगरपालीका वडा नम्बर ५ का वडाध्यक्ष बिष्णु मणी दाहालले समेत प्यारीकोट नपुगेको बताउनु हुन्छ । प्यारकिोटको स्थलगत अबलोकन गरी  स्थानियबासीसँग छलफल गरेर त्यस क्षेत्रको बिकासका लागी तुरुन्त पहल गर्ने बिश्वास अध्यक्ष दाहालले ब्यक्त गर्नुभएको छ । पछील्लो जानकारी अनुसार अहिले त्यहाँ शीबालय मन्दीर निर्माण गरीयको छ ।

 

भर्खरै प्रकाशित

तत्कालीन लिबाङ गाविस पूर्व अध्यक्ष आचार्यको निधनप्रति महराद्धारा दुःख व्यक्त

राप्ती प्रेस घोराही, २८ भदौ । रोल्पा जिल्ला तत्कालीन लिबाङ गाविस पूर्वअध्यक्ष हरिप्रसाद आचार्यको निधनप्रति पूर्वसभामुख कृष्णबहादुर महराले दुःख व्यक्त गर्नुभएको छ । महराका कक्षा…

नेपालमा डेल्टा भेरियन्ट फेला

काठमाडौं । नेपालमा फैलिएको कोरोना सङ्क्रमणमा डेल्टा भेरियन्ट देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले गत असार २३ देखि भदौ ४…

भौतिक रूपमा विद्यालय खोल्ने स्थानीय तहहरूको तयारी

दाङ १८-भदौ/ कोरोना संक्रमणको दर घटेर निषेधाज्ञा खुकुलो भएसँगै देशभरका स्थानीयतहले विद्यालय भौतिक रूपमा सञ्चालनका लागि तयारी गरेका छन् । विद्यालय खोल्न प्रशासन तयार भए पनि…

अखिल (क्रान्तिकारी) राजपुर गाउँपालिकाकाे प्रथम सम्मेलन सम्पन्न

शिवु खनाल देउखुरी, १६ भदौ । अखिल ( क्रान्तिकारी ) राजपुर गाउँपालिकाको प्रथम सम्मेलन राजपुरमा सप्पन्न भएको छ । अखिल ( क्रान्तिकारी ) राजपुर गाउँपालिकाका…

मुलुक समृद्धिका आधारहरु

विश्वराज आचार्य नेपालमा ७ सय ४४ स्थानीय, ७ प्रदेश र एक संघीय सरकार सञ्चालनमा छन् । हरेक सरकारले प्रत्येक वर्ष नीति तथा कार्यक्रम, बजेट प्रस्तुत…