विद्यार्थीहरुले कक्षा १२ को परिक्षा घरबाटै दिन पाउने

काठमाण्डौ, १३ साउन । कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्याल गरेर यस पटक होमसेन्टरबाटै परीक्षा लिने तय भएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिनुभयो ।बुधबार संसदको शिक्षा तथा स्वास्थ समितिको बैठकमा बोल्दै सदस्य सचिव अर्यालले एक ठाउँबाट अर्को ठाउँमा जानु पर्दा यातायातको समस्या हुने, विद्यार्थीले कोठा खोजेर बस्नुपर्ने, यस्ता कार्यले कोरोना जोखिमलाई पनि थप बढाउन सक्ने भएकाले होम सेन्टरबाटै परिक्षा दिने बातावरण तयार गर्न लागीएको बताउनुभयो ।

कक्षा १० को आन्तरिक मूल्यांकनबाट नतिजा निकाल्ने तयारी भएको तर १२ को भने आन्तरिक मूल्यांकनबाट नभइ भौतिक उपस्थितिमै परीक्षा लिनुपर्ने सुझाव आएकोले होम सेन्टरबाट परीक्षा लिन लागेको सदस्य सचिव अर्यालले जानकारी दिनुभयो ।उनका अनुसार कक्षा १२ का २८ भन्दा कम विद्यार्थी भएका एक हजार विद्यालय छन्, ५० भन्दा कम विद्यार्थी भएका दुई हजार ३००, एक सयभन्दा कम विद्यार्थी भएका तीन हजार ४०० र ५०० भन्दा बढी विद्यार्थी भएका विद्यालय ८९ वटा छन ।कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म सञ्चालन हुँदैछ ।सीसीएमसीसीले स्वास्थ सुरक्षा मापदण्ड अपनाउन भनेकाले सोही अनुसार व्यवस्थापन गर्न परीक्षा केन्द्रहरुलाई भनिएको छ ।

भर्खरै प्रकाशित

तत्कालीन लिबाङ गाविस पूर्व अध्यक्ष आचार्यको निधनप्रति महराद्धारा दुःख व्यक्त

राप्ती प्रेस घोराही, २८ भदौ । रोल्पा जिल्ला तत्कालीन लिबाङ गाविस पूर्वअध्यक्ष हरिप्रसाद आचार्यको निधनप्रति पूर्वसभामुख कृष्णबहादुर महराले दुःख व्यक्त गर्नुभएको छ । महराका कक्षा…

नेपालमा डेल्टा भेरियन्ट फेला

काठमाडौं । नेपालमा फैलिएको कोरोना सङ्क्रमणमा डेल्टा भेरियन्ट देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले गत असार २३ देखि भदौ ४…

भौतिक रूपमा विद्यालय खोल्ने स्थानीय तहहरूको तयारी

दाङ १८-भदौ/ कोरोना संक्रमणको दर घटेर निषेधाज्ञा खुकुलो भएसँगै देशभरका स्थानीयतहले विद्यालय भौतिक रूपमा सञ्चालनका लागि तयारी गरेका छन् । विद्यालय खोल्न प्रशासन तयार भए पनि…

अखिल (क्रान्तिकारी) राजपुर गाउँपालिकाकाे प्रथम सम्मेलन सम्पन्न

शिवु खनाल देउखुरी, १६ भदौ । अखिल ( क्रान्तिकारी ) राजपुर गाउँपालिकाको प्रथम सम्मेलन राजपुरमा सप्पन्न भएको छ । अखिल ( क्रान्तिकारी ) राजपुर गाउँपालिकाका…

मुलुक समृद्धिका आधारहरु

विश्वराज आचार्य नेपालमा ७ सय ४४ स्थानीय, ७ प्रदेश र एक संघीय सरकार सञ्चालनमा छन् । हरेक सरकारले प्रत्येक वर्ष नीति तथा कार्यक्रम, बजेट प्रस्तुत…