सांसद पदमा पुनर्बहालीको माग गर्दै चार पूर्वमाओवादी नेताद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरुलाई सांसद पदमा पुनर्बहाली गर्न माग गर्दै बुधबार सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।

फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा विघटन गरी एमाले र माओवादी केन्द्र अस्तित्वमा आएपछि उनीहरु माओवादी छाडेर एमाले प्रवेश गरेका थिए ।

त्यसपछि माओवादी केन्द्रले उनीहरुलाई कारबाही गर्दै सांसदबाट पदमुक्त  गर्न स‌ंसद सचिवालयलाई पत्र पठाएको थियो । माओवादी केन्द्रको पत्रको आधारमा सभामुख अग्निप्रसाद सापकोटाले चारै जनाको सा‌ंसद पद रिक्त भएको जानकारी दिएका थिए ।

सांसद पदबाट मुक्त भएको तीन महिनापछि उनीहरुले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् । चार पूर्वमाओवादी नेताले आफूहरु नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त घोषणापत्रका आधारमा दुबै दलका मतदाताको मतले विजयी भएको भन्दै आफूहरुले जनताको प्रतिनिधित्व गर्न पाउने अधिकार कुण्ठित गर्न नपाउने बताएका छन् ।

हेर्नुहोस् रिट

         

भर्खरै प्रकाशित

तत्कालीन लिबाङ गाविस पूर्व अध्यक्ष आचार्यको निधनप्रति महराद्धारा दुःख व्यक्त

राप्ती प्रेस घोराही, २८ भदौ । रोल्पा जिल्ला तत्कालीन लिबाङ गाविस पूर्वअध्यक्ष हरिप्रसाद आचार्यको निधनप्रति पूर्वसभामुख कृष्णबहादुर महराले दुःख व्यक्त गर्नुभएको छ । महराका कक्षा…

नेपालमा डेल्टा भेरियन्ट फेला

काठमाडौं । नेपालमा फैलिएको कोरोना सङ्क्रमणमा डेल्टा भेरियन्ट देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले गत असार २३ देखि भदौ ४…

भौतिक रूपमा विद्यालय खोल्ने स्थानीय तहहरूको तयारी

दाङ १८-भदौ/ कोरोना संक्रमणको दर घटेर निषेधाज्ञा खुकुलो भएसँगै देशभरका स्थानीयतहले विद्यालय भौतिक रूपमा सञ्चालनका लागि तयारी गरेका छन् । विद्यालय खोल्न प्रशासन तयार भए पनि…

अखिल (क्रान्तिकारी) राजपुर गाउँपालिकाकाे प्रथम सम्मेलन सम्पन्न

शिवु खनाल देउखुरी, १६ भदौ । अखिल ( क्रान्तिकारी ) राजपुर गाउँपालिकाको प्रथम सम्मेलन राजपुरमा सप्पन्न भएको छ । अखिल ( क्रान्तिकारी ) राजपुर गाउँपालिकाका…

मुलुक समृद्धिका आधारहरु

विश्वराज आचार्य नेपालमा ७ सय ४४ स्थानीय, ७ प्रदेश र एक संघीय सरकार सञ्चालनमा छन् । हरेक सरकारले प्रत्येक वर्ष नीति तथा कार्यक्रम, बजेट प्रस्तुत…