किसानहरुलाई ५० प्रतिशत अनुदानमा मिनीपावर टिलर र कम्बाईङ्ग मिल

दिप्तीशिखा चौधरी

दंगीशरण, १३-साउन । दंगीशरण गाउँपालिकाको कृषिशाखाले दंगीशरणका सहकारी , कृषि समुह र फर्महरुलाई मिनीपावर टिलर र कुटानी पिसानीमिलका लागि (कम्बाईङ्गमिल) वितरण गरेको छ । शाखाले किसानहरुलाई ५० प्रतिशत अनुदानमा टिलर र मिल वितरण गरेको शाखाका मानबहादुर डांगीले जानकारी दिए ।

किसानहरुलाई कृर्षी आधुनिकी करण तर्फ आकर्षित गर्न र उत्पादन बढाउनको लागि शाखाले बार्षिक ५४ वटा कम्बाईङ् मिल र २६ वटा पावर टिलर बार्षिक रुपमा वितरण गर्दै आएको छ । ३५ वटा फर्म, समुह, सहकारी र अन्य किसान गरि ८० जनालाई वितरण गरिएका हो ।

कम्बाईङ्गमिल १८ र २२ हर्संपावर क्षमताको पावर टिलर भरत मेसीनरी पार्टस ईटहरी सुनसरीबाट खरीद गरिएको शाखाले जनाएको छ । दंगीशरणगाउपालीकाले हरेक बर्ष यस प्रकारका मिनी पावर टिलर वितरण गर्दै आएपछि किसानमा खेतबारी जोत्नका लागि सहज हुनुका साथै त्यसको आकर्षण बढ्दो छ ।

भर्खरै प्रकाशित

तत्कालीन लिबाङ गाविस पूर्व अध्यक्ष आचार्यको निधनप्रति महराद्धारा दुःख व्यक्त

राप्ती प्रेस घोराही, २८ भदौ । रोल्पा जिल्ला तत्कालीन लिबाङ गाविस पूर्वअध्यक्ष हरिप्रसाद आचार्यको निधनप्रति पूर्वसभामुख कृष्णबहादुर महराले दुःख व्यक्त गर्नुभएको छ । महराका कक्षा…

नेपालमा डेल्टा भेरियन्ट फेला

काठमाडौं । नेपालमा फैलिएको कोरोना सङ्क्रमणमा डेल्टा भेरियन्ट देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले गत असार २३ देखि भदौ ४…

भौतिक रूपमा विद्यालय खोल्ने स्थानीय तहहरूको तयारी

दाङ १८-भदौ/ कोरोना संक्रमणको दर घटेर निषेधाज्ञा खुकुलो भएसँगै देशभरका स्थानीयतहले विद्यालय भौतिक रूपमा सञ्चालनका लागि तयारी गरेका छन् । विद्यालय खोल्न प्रशासन तयार भए पनि…

अखिल (क्रान्तिकारी) राजपुर गाउँपालिकाकाे प्रथम सम्मेलन सम्पन्न

शिवु खनाल देउखुरी, १६ भदौ । अखिल ( क्रान्तिकारी ) राजपुर गाउँपालिकाको प्रथम सम्मेलन राजपुरमा सप्पन्न भएको छ । अखिल ( क्रान्तिकारी ) राजपुर गाउँपालिकाका…

मुलुक समृद्धिका आधारहरु

विश्वराज आचार्य नेपालमा ७ सय ४४ स्थानीय, ७ प्रदेश र एक संघीय सरकार सञ्चालनमा छन् । हरेक सरकारले प्रत्येक वर्ष नीति तथा कार्यक्रम, बजेट प्रस्तुत…