रक्तदाता बढ्दै, एक बर्षमा ४ हजार ७४ युनिट संकलन

राप्ती प्रेस
घोराही, ११ साउन । दाङमा रक्तदान गर्नेहरुको संख्या बढ्दै गएको छ । रक्तदान जीवन दान भन्ने सोचको बिकास हुदै जाँदा अप्ठेरोमा परेकालाई मात्रै नभई स्वतस्फूर्त रक्तदान गर्नेहरुको संख्या बढ्दै गएको हो ।

विभिन्न अबसर सँगै अभाबको समाचार आए पछि रक्तदान गर्नेहरुको कमि नरहेको रक्त सञ्चार केन्द्र घोराहीले जनाएको छ । नेपाल रेडक्रस सोसाईटी दाङले आज घोराहीमा पत्रकार सम्मेलन गरि वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ ।
बितेको आर्थिक वर्ष २०७७÷७८ मा दाङमा ४ हजार ७४ युनिट रगत संकलन भएको जानकारी दिएको हो । घोराहीबाट २५ सय ४६, तुलसीपुरबाट ११ सय ३८ र लमहीबाट ३ सय ९० युनिट रगत संकलन भएको रक्त सञ्चार केन्द्रका इन्चार्ज दिलिप न्यौपानेले जानकारी दिनुभयो ।

एक वर्षको अवधिमा संकलत भएको रगत मध्य ४ हजार ४५ युनिट रगत वितरण भएको छ । जसमा घोराहीबाट २५ सय ६१, तुलसीपुरबाट एक हजार ४५ र लमहीमा ४ सय ३९ युनिट रगत वितरण भएको छ ।

रक्तदान गर्नेहरुमा ३ हजार ४ सय ९ जना पुरुष र ६ सय ६५ जना महिला रहेका छन् । यस वर्ष सवै भन्दा वढि अनेरास्ववियू दाङले ५ पटक रक्तदान कार्यक्रम गरेको छ । त्यस्तै त्रिभुवन नगर जेसिज घोराहीले यस वर्ष ४ पटक रक्तदानको कार्यक्रम गरेको केन्द्रले जनाएको छ ।

भर्खरै प्रकाशित

तत्कालीन लिबाङ गाविस पूर्व अध्यक्ष आचार्यको निधनप्रति महराद्धारा दुःख व्यक्त

राप्ती प्रेस घोराही, २८ भदौ । रोल्पा जिल्ला तत्कालीन लिबाङ गाविस पूर्वअध्यक्ष हरिप्रसाद आचार्यको निधनप्रति पूर्वसभामुख कृष्णबहादुर महराले दुःख व्यक्त गर्नुभएको छ । महराका कक्षा…

नेपालमा डेल्टा भेरियन्ट फेला

काठमाडौं । नेपालमा फैलिएको कोरोना सङ्क्रमणमा डेल्टा भेरियन्ट देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले गत असार २३ देखि भदौ ४…

भौतिक रूपमा विद्यालय खोल्ने स्थानीय तहहरूको तयारी

दाङ १८-भदौ/ कोरोना संक्रमणको दर घटेर निषेधाज्ञा खुकुलो भएसँगै देशभरका स्थानीयतहले विद्यालय भौतिक रूपमा सञ्चालनका लागि तयारी गरेका छन् । विद्यालय खोल्न प्रशासन तयार भए पनि…

अखिल (क्रान्तिकारी) राजपुर गाउँपालिकाकाे प्रथम सम्मेलन सम्पन्न

शिवु खनाल देउखुरी, १६ भदौ । अखिल ( क्रान्तिकारी ) राजपुर गाउँपालिकाको प्रथम सम्मेलन राजपुरमा सप्पन्न भएको छ । अखिल ( क्रान्तिकारी ) राजपुर गाउँपालिकाका…

मुलुक समृद्धिका आधारहरु

विश्वराज आचार्य नेपालमा ७ सय ४४ स्थानीय, ७ प्रदेश र एक संघीय सरकार सञ्चालनमा छन् । हरेक सरकारले प्रत्येक वर्ष नीति तथा कार्यक्रम, बजेट प्रस्तुत…