जनमतसंग्रहबारे भ्रम र वास्तविकता

विश्वराज आचार्य

ब्यबस्था परिबर्तन चुनाब बाट हुन्छ ? अझ श्रमजिबी किशान मजदुरको पक्षमा काम गर्ने ब्यबस्था चुनाब बाट संभब छ ? कम्युनिस्ट हरुको लागि चुनाब कार्यनिती हो कि रणनिती ? समजवाद केहो ?

समाजबादमा समाजको संक्रमण चुनाब बाट हुन्छ ? यो बिषय बहसको बिषय छ। अझ नेपाली कम्युनिस्ट हरु यसबिषयमा घनिभुत छलफल गर्न जरुरी छ किन भने एउटा कम्युनिस्टले जनयुद्ध लाई अपराधी करण गर्छ, जनयुद्ध का सहयोद्वा एक अर्कामा बम हाना हान गर्छन बीस बमन गर्छन , जनताले कम्युनिस्ट एकता भनेपछी सजिलै अनुमोदन गर्छन । जनता को चेतना(चाहाना) भन्दा पाछाडि छौ हामि कम्युनिस्ट ।

आज निर्बाचन र जनमत बारे कम्युनिस्ट हरुमा केही बहस हुदैछफ। चुनाब हैन २०३६ सालमा हुन सक्ने जनमत संग्रह आज किन नहुने ? जनमत संग्रह मा जाउ भन्ने छलफल चलेको छ ।

निर्बाचन भनेपछी देशमा आफ्नो पार्टिले कस्तो ब्यबस्था चलाउने हो सोहिकार्यक्रम लगेर भोटमाग्ने हो । सामन्या सुधार र आस्वासन का घोषणापत्र , दिर्घकालिन लक्ष्य उदेश्य सहित को घोषणा पत्र , ब्यबस्थै परि बर्तन गर्ने घोसणा पत्र धेरै प्रकार को घोषणा पत्र हामिले देखेयौं ।

राजा फर्काउने नारा एकातिर अर्को तर्फ आफ्ना तर्कसहित संघियता खारेजी को नारा बोकेर राजनैतिकदल निर्बाचन मा आयका थिय र आहिले पनि त्यसअनुरुपको ओकालत गरेको सुनिन्छ । दलिय प्रतिसप्रधामा दल ले देश को ब्यबस्था कस्तो बनाउने भन्ने कार्यक्रम जनता बाट अनुमोदन गरेर सोही अनुशार ब्यबस्था परिबर्तन र संचालन गर्ने हो ।

जनमत भनेको पनि मेरो ब्यबस्था यो हो मलाइ भोट दिनुश भन्ने नै होला । प्रत्यक्ष नभोगे पनि २०३६ साल को जनमत संग्रहमा बहुदल ठिक कि सुधारियको पंचायत भनेर जनमत भयको थियो र परिणाम सुधारियको पंचायत को पक्षमा आयको थियो ।

के यो बस्तबिक जनमत थियो ? राज्यले जनमतसंग्रहलाई दुरुपयोग गरेको थियन त ? परिबर्त को आन्दोलन लाई जनमत संग्रह कोनटक केही समय निस्तेज पारेको मात्र थियो। सामन्यतया मैले बुझेको यहि हो यस्मा थप अन्य बिषय मेरो जानकारिमा नभयको हुन सक्छ ।

यो हाम्रो देशको पुरानो अनुभब र भोगाइ हो । त्यस्तै हो भने जनमत संग्रह भ्रम नै हो।कि त बिषय उठान गर्ने भ्रममा हुनुहुन्छ कि त जनता लाई भ्रम पारेर कुनै कुत्सित योजना को तयारी हुदैछ ।

जनमत संग्रहको नया र क्रान्तिकारी मोडेल भनियको हो भने त्यो कस्तो हो ? नयाँ भनिएको जनमत संग्रह पुरानो जस्तै हैन भन्ने आधार के हो ? निर्बाचन र जनमत संग्रहमा के फरक छ ? यो बिषय जनमत संग्रह को प्रस्तापक बाट स्पष्ट हुन सकेको छैन । मैले मेरो सामन्य मगज ले देखेका बुझेका /नबुझेका बिषय बारे छलफल गर्ने प्रयास गरेको छु ।
जनमतसंग्रह कुनै निस्चित एजेण्डामा देशका जनताको मत बुझ्न गरिन्छ । राजा बादी हरु राजा बारे, हिन्दु हरु धर्मनिरपेक्ष् ता को खारेजी बारे, जनमतसंग्रह माग्नु स्वभाबिक हो । उनी हरुको यो कुरा जनता लाई केही गरि भ्रम मा पार्न सकियर जितियो भने यो संरचना मा लागु गर्न सकिन्छ हैन भने प्रतीगामि एजेन्डा स्थापित हुन्छ । त्यसैलाइ भजायर बाकी जीवन राजनिति गर्न पाइन्छ भन्ने उदेस्य बाट प्रेरित छ ।

ब्यबस्थानै कस्तो गराउने भनेर जनमतसंग्रह हुन्छ कि हुदैन ? हाल को संविधान आयतितहो , सरकारका सबै अंग जनबिरोधी छ , ब्यबस्था प्रतिकृयाबादी छ भने जनमतसंग्रहले सुधार्न सकिन्छ ? मतपरिणाम को कागज मा हस्ताक्षर गरेर पर्तिकृया बादी ले सत्ता समाजबादिलाइ सुम्पिन्छन ? मैले बुझेको कम्युनिस्ट दर्शन , मैले पढेका शासकका ईतिहास माआज सम्म त्यसो पायको छैन । घोर प्रतिगमन कारि र क्रान्तिकारी हरु को एजेन्डा मिल्नु संयोग मात्र हो कि नियतमा संका गर्ने ?

हो एउटाअबस्थामा जनमतसंग्रह ले सत्ता परिबर्तन गर्ने हैन परिबर्तनको लागि बाताबरण बनाउन सक्छ । समाजबादी ब्यस्था मा जनता ले बिश्वास गरेर भोट दियर जिताय भने कार्यन्वयन को नाराले जनबिद्रोह जन्माउन सक्छ। समाजबादमा जान बिद्रोहको आबस्यकता पर्छनै ।

माओबादी हरु त्यही बिद्रोहको सचेत तयारिमा नै जुटनु पर्छ। तर के अहिले माओबादी हरु जनता को त्यो स्तरको बिस्वास जित्न सक्छन ? बिभाजन भई पुष्टि गर्न केही नयाँ कुरा गर्यो फेरि बिभाजन फेरि आफ्नो अस्तित्व जोगाउन नयाँ कुरा कति सहने जनता ले ?

आपसको कटुता ले जनस्तर मा के प्रभाब पारेको छ ? संगठनको सचेत पहल बिना बिद्रोह संभब छ ? बिद्रोहको नेतृत्व गर्ने गरि आत्मगत तयारी छ ?

अहिले न त जनमत बाट माओबादिको सत्ता संचालन नीति बिजय हुने बस्तुगत अबस्था छैन न त बिद्रोहलाई नेतृत्व गर्ने । त्यसैले जनमतसंग्रहले नत माओबादी (नाम हैन बिचार)लाई फाइदा पुराउछ नत जनता लाइ यस्ले प्रतिगमन कारी लाई नै फाइदा पुराउछ । भाबउत्तेजना ले केहिबेर जनता लाई भ्रम पार्न सफल भए पनि अन्तत: जनतालाइ घाटानै हुनेछ।

अब के गर्ने त ? म राम्रो त नराम्रो भन्न सबैले जानिउ । हरेक ले अरुको बारेमा नराम्रा कुराको लामै लामै फियरिस्त भन्न सक्छौं । तर त्यो समाधान हैन । अब जनताको आत्ममा माओबादी आसा जगायौ । मलाइ त जनताले पत्ताउछन तलाइ हैन भन्ने लाग्न सक्छ तर माओबादी हरु सबै लाई संझदा जनता को मन रिउअ गर्ने भएको छ।

जनता संग को हाम्रो प्रतिबद्वता अनुसार समाजबाद उन्मुख संघियलोकतान्त्रीक गणतन्त्रात्मक संविधान कार्यन्वयन को अबधी पूरा गरौं । यो कार्यन्वयन हुँदै जादा दलाल नोकरशाही पुजिपति संघको अर्न्तबिरोध उत्कर्श मा पुग्छ र त्यसले बिद्रोह अनिबार्य जन्माउछ । समाजवादउन्मुख भनियको ब्यबस्था को अबधिलाइ छोट्टायौं, संगठन लाई २१औं सताब्दी को बिद्रोहको नेतृत्व गर्ने स्तर को बनायौं ।

यो संविधान मा टेकेर जनता को सारथि बन्दै जाउ , राष्ट्रिय पुजिको बिकाश गर्दै दलाल पुजि पति संग को अर्न्तबिरोध लाई सचेतता पुर्बक बढाउदै जाउ सायद सबै जुटेर लाग्नेहो भने जनयुद्ध को जति अबधी पनि नलेला नेपाल मा समाजबादी बोद्रोह हुन । त्यसैले बिद्रोह ढाटेर, लुकायर, छक्कायर हुने कुरा हैन । सचेत पहल ले नै बिद्रोह जन्मिन्छ । बैज्ञानिक समजवाद मान्ने हरु आजैबाट यो दिशा मा अगाडी बढौं ।

भर्खरै प्रकाशित

एएनपि अवार्डद्वारा दाङका युवा व्यवसायी शर्मा सम्मानित हुँदै

दाङ, २६ असोज । नेपालकै चर्चित एएनपि राष्ट्रिय अवार्ड २०२१बाट दाङका सफल युवा व्यवसायी रुद्र शर्मा सम्मानित हुनुहुने भएको छ । आउँदो कार्तिक १५ गते…

घाेराहीकाे बाहुनडाँडामा खुल्याे सुविधासम्पन्न सम्राट रिसाेर्ट

राप्ती प्रेस घाेराही, २६ असाेज । दाङकाे घाेराही उपमहानगरपालिका वडा नं १६ स्थित बाहुनडाँडामा सुविधासम्पन्न सम्राट फ्याम्ली रिसाेर्ट खुलेकाे छ । ल्याण्डफिल साइडबाट हेलाे टावर…

गीतकार प्रियासनलाई उत्सर्ग सिर्जना पुरस्कार

राप्ती प्रेस घाेराही, २५ असोज । उत्सर्ग फिल्मस् नेपालले संचारकर्मी एवं गीतकार सबिन प्रियासनलाई उत्सर्ग सिर्जना पुरस्कार प्रदान गर्ने भएको छ । कला, संचार एवं…

पाँच स्वर्गीय स्रष्टालाई मरणोपरान्त सम्मान गरिने

राप्ती प्रेस घाेराही, २४ असोज । नेपाली गीतसंगीतको उन्नयन तथा राप्ती क्षेत्रका स्रष्टाहरु सम्मान गर्ने उद्देश्यले २०७८ मंसीर ११ गते दाङमा आयोजना गरिएको उत्सर्ग संगीत…

उत्सर्ग संगीत अवार्डको मूल समिति र उपसमितिहरु गठन

राप्ती प्रेस १० असोज, दाङ । राप्ती क्षेत्रको सांगीतिक उन्नयन तथा स्रष्टाहरुको सम्मान गर्ने उद्देश्यले दाङमा पहिलोपटक आयोजना गरिएको उत्सर्ग म्यूजिक अवार्ड-२०७८ को मूल समिति…