एमालेमै कमजाेर बन्दै ओली, केन्द्रीय कमिटी बैठकमा ओलीले भने – बहुमत पुर्‍याएर मलाई फाल्ने षड्यन्त्र हुँदै छ

राप्ती प्रेस

काठमाडौं, ६ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको एकता बचाइराख्न असन्तुष्ट वरिष्ठ नेता माधवकुमार नेपाललाई वरिष्ठ नेता बनाउन आफू तयार रहेको बताएका छन्।

ललितपुरको च्यासलमा तीन दिनदेखि जारी केन्द्रीय कमिटीको बुधबार बसेको बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले यस्तो बताएका हुन्।

उनले सर्वोच्च अदालतले २०७७ फागुन २३ मा एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काइदिए बमोजिम् एकताका लागि हदैसम्म लचिलो हुन तयार रहेको पनि बैठकमा बताएका छन्।

‘हामी एमालेको एकता बचाउनका लागि हदैसम्म लचिलो भएका छौँ’, ओलीको भनाइ उद्धत गर्दै एकजना केन्द्रीय सदस्यले नेपालखबरलाई भने, ‘अन्तिम अवस्थासम्म पनि एकताका लागि प्रयास जारी राखेका छौँ।’

ओलीले जेठ २ मा गठित कार्यदलले असार २७ गते सिंहदरबारमा जुटाएको १० बुँदे सहमति कार्यान्वयनका लागि आफू प्रतिवद्ध रहेको पनि बताएका छन्। ‘१० बुँदे सहमति कार्यान्वयन गर्न म प्रतिवद्ध छु’, उनले बैठकमा भनेका छन्, ‘एकता भएमा कार्यदलको सहमति अनुसार नै पार्टीका सबै संरचनाहरु ०७५ जेठ २ कै अवस्थाबाट क्रियाशील हुनेछन्।’

दोस्रो अध्यक्ष दिन तयार 

सात वर्षअघि काठमाडौंमा भएको नवौँ महाधिवेशनमा आफैँसँग पराजित वरिष्ठ नेता नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार रहेको पनि ओलीले घोषणा गरेका छन्। ‘माधव नेपालले मिल्ने हो भने दोस्रो अध्यक्ष मागेका छन्’, उनले भने, ‘मैले भनेको छु, पार्टी एकता बचाउन माधव नेपाल यदि आउँछन् भने दोस्रो अध्यक्ष दिन तयार छु।’

तर एकताका लागि आफू हदैसम्म लचिलो हुँदा पनि नेपालले अनेक बहान गरेको गुनासो गरेका छन्। ‘मैले यति भन्दा पनि एकताप्रति इच्छा देखाइएको छैन। अनेक बहाना खोजिएको छ, गरिएको छ’, उनले अगाडि भने, ‘यतिसम्म लचिलो हुँदा पनि केन्द्रीय कमिटीमा बहुमत चाहियो भनिरहेका छन्। किन? हामीलाई पार्टीबाट निकाल्न? ढुक्क हुनूस् कमरेडहरु, त्यस्तो हुन दिइने छैन। किनकि, यस्तो अभ्यास उनीहरुले पहिले पनि गरेका छन्।’

उनले यो संकेत माओवादी र एमाले मिलेर बनेको तत्कालीन नेकपामा माधव र पुष्पकमल दाहाल प्रचण्डले बहुमतका नाममा आफूलाई पार्टी साधारण सदस्यबाटै निकालेको घटनातिर गरेका हुन्।

ओलीले संसदमा आफ्नै पार्टीको सरकारविरुद्ध मत हालिएको भन्दै आक्रोश पोखे। ‘संसदमा आफ्नै पार्टीको सरकारविरुद्ध मत हालियो। यस्तो काम अनैतिक, अराजनीतिक र आपराधिक पनि हो’, उनले भने, ‘तर पनि मैले फिँजमा भए पनि केही घिउ लागिहाल्छ कि भनेर मही मथेको मथ्यै छु। म अझै पनि थाकेको छैन कमरेहरु !’

ओलीले सम्बोधनका क्रममा पार्टी एकता बचाइराख्न कुनै किसिमको कञ्जुस्याइँ नगरिने पनि उल्लेख गरे। ‘पार्टी एकताका लागि कुनै कञ्जुस्याइँ गरिएको छैन’, उनले केन्द्रीय सदस्यहरुलाई आश्वस्त पार्दै अगाडि भने, ‘एकताका लागि हदैसम्म लचिलो भएको छु, यसमा कुनै कसर बाँकी राखिने छैन।’

बुधबारै बुद्धनगरमा बसेको माधव पक्षीय स्थायी कमिटी बैठकले पनि एकताकै लागि अन्तिमसम्म जोडबल गर्ने निर्णय लिएको थियो। सर्वोच्चको परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवालाई विश्वासको मत दिए पनि एमाले एकतामै‌ आफूहरुले जोड गर्ने जानकारी नेपाल पक्षीय नेता रघुजी पन्तले दिएका थिए।

भर्खरै प्रकाशित

घुम्न जाउ प्यारीकोट

नारायण बिबश    दाङमा धेरै प्राकृतिक सम्पदा भए पनि कतिपय सम्पदाहरू प्रचार प्रसारको अभावमा ओझेलमा परेकाछन् । यस्तै ओझेलमा परेको प्राकृतिक सम्पदा हो प्यारीकोट ।…

विद्यार्थीहरुले कक्षा १२ को परिक्षा घरबाटै दिन पाउने

काठमाण्डौ, १३ साउन । कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्याल गरेर यस पटक होमसेन्टरबाटै परीक्षा लिने…

सांसद पदमा पुनर्बहालीको माग गर्दै चार पूर्वमाओवादी नेताद्वारा सर्वोच्चमा रिट…

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । नेताहरु टोपबहादुर रायमाझी,…

किसानहरुलाई ५० प्रतिशत अनुदानमा मिनीपावर टिलर र कम्बाईङ्ग मिल

दिप्तीशिखा चौधरी दंगीशरण, १३-साउन । दंगीशरण गाउँपालिकाको कृषिशाखाले दंगीशरणका सहकारी , कृषि समुह र फर्महरुलाई मिनीपावर टिलर र कुटानी पिसानीमिलका लागि (कम्बाईङ्गमिल) वितरण गरेको छ…

जसपाको हेडकाउन्टः यादव पक्ष ३४, ठाकुर पक्ष १६, तटस्थ १

काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टीको विवादमा निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यहरुलाई सनाखतका लागि बोलाएकोमा अध्यक्ष उपेन्द्र यादव पक्षमा ३४ जना पुगेका छन् ।…