दाङ कांग्रेसमा सभापतिका ९ आकांक्षी, यसकारण सबैभन्दा बलियो छन् कमलकिशोर

पाण्डव शर्मा

घोराही, ६ साउन । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसमा महाधिवेशनको चहलपहल शुरु भएको छ ।

कानूनी बाध्यताका कारणले पनि आगामी भदौ महिना भित्र नेपाली कांग्रेसको महाधिवेशन गरिसक्नुपर्ने छ । कांग्रेसले केन्द्रीय महाधिवेशन गर्नुभन्दा पहिले गाउँ, नगर, क्षेत्र हुँदै जिल्ला र प्रदेशको अधिवेशन सक्नुपर्ने छ । समय कम भएकाले जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशन पछि पनि हुन सक्ने कांग्रेस नेताहरुले बताउन थालेका छन् ।

लुम्बिनी प्रदेशको राजधानी भएकाले पनि दाङ कांग्रेसको नेतृत्वमा को आउने भन्ने विषय अहिले निकै चर्चामा पुगेको छ । विगतमा कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको गृहजिल्ला भएकाले दाङमा नेतृत्वमा आउनका लागि उनकै आर्शिवाद चाहिन्थ्यो । खुमबहादुर खड्काको चाहना विना दाङ कांग्रेसको सभापति हुने कुरा फलामको चिउरा चपाए जस्तै थियो ।

तर, खड्काको निधन पछि उनको ठाउँमा कसले बर्चश्व लिन सक्छ भनेर कांग्रेसीजनमा बहश हुन थालेका छन् । कतिपयले खड्काको स्थान दीपक गिरीले लिने बताइरहेका छन् भने कतिपय कांग्रेसीहरु नेता कृष्णकिशोर घिमिरेले लिन सक्ने बताइरहेका छन् । तर, खड्काको जस्तो राष्ट्रिय राजनीति र दाङ कांग्रेसमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न अरु नेताले नसक्ने निश्चित छ ।

कांग्रेस दाङमा अब सामुहिक नेतृत्वको विकास गर्नुपर्ने र सबै समूहलाई सन्तुलनमा राख्नुपर्ने बाध्यता देखिन्छ । अहिले नेताहरु जिल्ला सभापतिका लागि दौडधुप गरिरहेका छन् ।

क्षेत्रीय सभापति एवम् गत स्थानीय तहमा घोराही उपमहानगरापलिकाका मेयरका उम्मेदवार भुपबहादुर डाँगीले पत्रकार सम्मेलन गरेर आगामी अधिवेशनमा कांग्रेस दाङको सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । साथै उनले आगामी निर्वाचनमा पुनः घोराही उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने पनि घोषणा गरेका छन् । उनले दुबै पदमा उम्मेदवारी दिनुलाई वार्गेनिका लागि घोषणा गरिएको भनि टिप्पणी हुन थालेका छन् ।

डाँगीले जिल्ला सभापति भन्दा पनि घोराहीको मेयरमा आफ्नो स्थान सुरक्षित गर्न खोजेको देखिन्छ । ‘अघिल्लो पटक पार्टी भित्रको अन्तरघातले म पराजित भएको हुँ, अहिले साथीहरुबाट त्यस्तो अन्तरघात हुँदैन भन्ने मैले विश्वास लिएको छ,’ डाँगीले भने, ‘हामी सबै साथीहरुलाई कुनै न कुनै रुपमा समेट्ने गरी अघि बढ्छौं ।’

कांग्रेस दाङको सभापति पदका सबैभन्दा बलिया दाबेदारको रुपमा कमलकिशोर घिमिरे मानिन्छ । पार्टीको जिल्ला सचिव भएर काम गरिसकेका घिमिरे गत निर्वाचनमा दाङ निर्वाचन क्षेत्र नं २ ‘क’ मा मुख्यमन्त्री शंकर पोख्रेलसँग पराजित भएका थिए ।

अघिल्लो पटक कांग्रेस दाङमा उनी हालका सभापति कृतिबहादुर खड्काभन्दा २६ मत कम लिएर पराजित भएका थिए । त्यतिबेला नेता खुमबहादुर खड्काको समर्थन कृतिबहादुर खड्कालाई थियो ।

जिल्लाका अधिकांश चिनिएका नेताहरु कृतिबहादुर खड्काको पक्षमा लागेका थिए । सिंगो टिम आफ्नो विपक्षमा हुँदाहुँदै घिमिरे झिनो मतले मात्र पराजित भएका थिए । अघिल्लो पटकका प्रत्याशित भएकाले पनि घिमिरेलाई यस पटक सबैभन्दा बलियो उम्मेदवारको रुपमा हेरिएको छ ।

निर्वाचन भएको खण्डमा हुनले अत्याधिक मतले सभापति पदमा विजयी हासिल गर्ने उनी निकट नेताहरु बताउने गर्छन् । ‘मैले अँझै सभापति पदमा उम्मेदवारी घोषणा त गरिसको छैन, तर साथीहरुसँग परामर्शमा छु,’ घिमिरले भने, ‘कांग्रेस दाङमा सबैलाई समेट्ने साझा नेतृत्व आउन आवश्यक छ ।’

जिल्ला सभापतिमा हालका उपसभापति कमानसिंह भारती, जिल्ला सचिव शंकर डाँगी, महासमिति सदस्य खगराज पाण्डेय, पूर्व जिल्ला सभापति एवम् पूर्व सांसद् गेहेन्द्र गिरी, नेताहरु जानकिलाल बस्नेत, श्याम रेग्मी, भोजराज पाण्डेय लगायका नेताहरुको पनि चर्चा हुने गरेको छ ।

भर्खरै प्रकाशित

घुम्न जाउ प्यारीकोट

नारायण बिबश    दाङमा धेरै प्राकृतिक सम्पदा भए पनि कतिपय सम्पदाहरू प्रचार प्रसारको अभावमा ओझेलमा परेकाछन् । यस्तै ओझेलमा परेको प्राकृतिक सम्पदा हो प्यारीकोट ।…

विद्यार्थीहरुले कक्षा १२ को परिक्षा घरबाटै दिन पाउने

काठमाण्डौ, १३ साउन । कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्याल गरेर यस पटक होमसेन्टरबाटै परीक्षा लिने…

सांसद पदमा पुनर्बहालीको माग गर्दै चार पूर्वमाओवादी नेताद्वारा सर्वोच्चमा रिट…

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । नेताहरु टोपबहादुर रायमाझी,…

किसानहरुलाई ५० प्रतिशत अनुदानमा मिनीपावर टिलर र कम्बाईङ्ग मिल

दिप्तीशिखा चौधरी दंगीशरण, १३-साउन । दंगीशरण गाउँपालिकाको कृषिशाखाले दंगीशरणका सहकारी , कृषि समुह र फर्महरुलाई मिनीपावर टिलर र कुटानी पिसानीमिलका लागि (कम्बाईङ्गमिल) वितरण गरेको छ…

जसपाको हेडकाउन्टः यादव पक्ष ३४, ठाकुर पक्ष १६, तटस्थ १

काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टीको विवादमा निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यहरुलाई सनाखतका लागि बोलाएकोमा अध्यक्ष उपेन्द्र यादव पक्षमा ३४ जना पुगेका छन् ।…