भारतमा एउटा मात्रै खोप लगाएकालाई ८२ प्रतिशतसम्म उपलब्धी

राप्ती प्रेस 

भारतमा पछिल्लो २४ घण्टामा ३८ हजार १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड १० लाख ६३ हजार ९ सय ८७ पुगेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ५६० जनाको कोरोनाका कारण मृत्यु भएको छ । यो सँगै भारतमा कोरोनाका कारण ज्यान जानेको संख्या ४ लाख १३ हजार पुगेको छ ।

यस्तै भारतमा एकैदिन ४३ हजार ८ सय ७७ जना कोरोना मुक्त भएका छन् । यो संगै भारतमा कोरोना मुक्त हुनेको संख्या ३ करोड २२ हजार पुगेको छ ।

भारतमा ४ लाख ३० हजार सक्रिय संक्रमित रहेका छन् । यस्तै भारतमा कोरोना भाइरसबिरूद्ध लड्न अझै १०० देखि १२५ दिन गाह्रो रहेको विश्लेषण गरिएको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित साप्ताहिक पत्रकार सम्मेलनमा आगामी केही समय अझै पनि खतरापूर्ण अवस्था रहेको जानकारी दिइएको हो ।

“सङ्क्रमितहरुको सङ्ख्या त दिनप्रति दिन घट्दै गइरहेको छ, तर पूर्ण रुपमा न्यूनीकरण भइसकेको अवस्था भने छैन, अझै पनि खतरापूर्ण अवस्था नै रहेको छ”, नीति आयोगका सदस्य डा। भि के पौलले भने ।

उनले खोपको प्रभावकारिता बढी रहेको भए पनि प्रहरीहरु उच्च जोखिममा रहेको पनि पत्रकारलाई जानकारी दिए । महामारीको दोस्रो चरणको बेलामा दुवै खोप लगाएकाहरुको जीवन जोगाउन खोप ९५ प्रतिशत सफल भएको पाइएको छ ।

“एउटा मात्रै खोप लगाएकालाई भने ८२ प्रतिशतसम्म खोप उपलब्धीमूलक भएको पाइएको छ”, डा पौलले भने । जुलाई महिना भित्रमा ५० करोड खोप लगाइसक्ने योजना रहेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

खोप लगाएकाहरुको सङ्ख्या बढ्दै गएकाले विस्तारै महामारी न्यूनीकरण हुँदै जाने अपेक्षा गरिएको छ ।

सरकारले कोभिसिल्ड र कोभ्याक्सीनको ६६ करोड मात्रा खोप मगाइ सकिएको जनाएको छ । त्यसैगरी २२ करोड खोप नीजि क्षेत्रले उपलब्ध गराउने निर्णय पनि भएको छ । एजेन्सी 

भर्खरै प्रकाशित

एएनपि अवार्डद्वारा दाङका युवा व्यवसायी शर्मा सम्मानित हुँदै

दाङ, २६ असोज । नेपालकै चर्चित एएनपि राष्ट्रिय अवार्ड २०२१बाट दाङका सफल युवा व्यवसायी रुद्र शर्मा सम्मानित हुनुहुने भएको छ । आउँदो कार्तिक १५ गते…

घाेराहीकाे बाहुनडाँडामा खुल्याे सुविधासम्पन्न सम्राट रिसाेर्ट

राप्ती प्रेस घाेराही, २६ असाेज । दाङकाे घाेराही उपमहानगरपालिका वडा नं १६ स्थित बाहुनडाँडामा सुविधासम्पन्न सम्राट फ्याम्ली रिसाेर्ट खुलेकाे छ । ल्याण्डफिल साइडबाट हेलाे टावर…

गीतकार प्रियासनलाई उत्सर्ग सिर्जना पुरस्कार

राप्ती प्रेस घाेराही, २५ असोज । उत्सर्ग फिल्मस् नेपालले संचारकर्मी एवं गीतकार सबिन प्रियासनलाई उत्सर्ग सिर्जना पुरस्कार प्रदान गर्ने भएको छ । कला, संचार एवं…

पाँच स्वर्गीय स्रष्टालाई मरणोपरान्त सम्मान गरिने

राप्ती प्रेस घाेराही, २४ असोज । नेपाली गीतसंगीतको उन्नयन तथा राप्ती क्षेत्रका स्रष्टाहरु सम्मान गर्ने उद्देश्यले २०७८ मंसीर ११ गते दाङमा आयोजना गरिएको उत्सर्ग संगीत…

उत्सर्ग संगीत अवार्डको मूल समिति र उपसमितिहरु गठन

राप्ती प्रेस १० असोज, दाङ । राप्ती क्षेत्रको सांगीतिक उन्नयन तथा स्रष्टाहरुको सम्मान गर्ने उद्देश्यले दाङमा पहिलोपटक आयोजना गरिएको उत्सर्ग म्यूजिक अवार्ड-२०७८ को मूल समिति…