लिटिल मिस एण्ड मिस्टरको उपनिर्देशकमा शर्मा, प्रशिक्षकमा न्यौपाने र प्रेस संयोजकमा डाँगी नियुक्त

चेतना अनलाइन

घोराही, २६ असार । लिटिल मिस एण्ड मिस्टर दाङ २०२१ को उपनिर्देशकमा संचारकर्मी एवं कलाकार पाण्डव शर्मा, प्रशिक्षक एवं कोरियोग्राफरमा अन्जली न्यौपाने र प्रेस संयोजकमा संतोष डाँगी नियुक्त हुनुभएको छ ।

उहाँहरुलाई शनिबार नियुक्त गरिएको आयोजक संस्था पहल नेपालका अध्यक्ष एवं कार्यक्रम निर्देशक केएल पीडितले बताउनु भयो ।

शर्मा गणतन्त्र दैनिकको कार्यकारी सम्पादक एवम् चेतना अनलाइनको सम्पादक हुनुहुन्छ । उहाँ दाङको सबैभन्दा पूरानो नेपाली कथानक चलचित्र वियोगमा बाल कलाकारको भूमिका निभाउनुभएको थियो ।

बालबालिकाहरुमा अन्तर्निहित प्रतिभाको प्रस्फुटन तथा उनीहरुको क्षमता र नेतृत्व विकासमा टेवा पु¥याउने उद्देश्यले पहल नेपाल र उत्सर्ग फिल्मस् नेपालको संयुक्त आयोजनामा लिटिल मिस एण्ड मिस्टर दाङ २०२१ प्रतियोगिता शुरु भएको छ ।

कार्यक्रमका उपनिर्देशक पाण्डव शर्माका अनुसार यस प्रतियोगितामा ६ देखि १४ वर्षका बालिकाहरुले भाग लिन पाउनेछ्न् । प्रतियोगितामा दुई उमेर समूहमा प्रतिष्पर्धा हुनेछ ।

अनलाइन अडिसन लिइने यस प्रतियोगितामा सहभागी हुन २०७८ असार ३१ गते भित्र आफ्नो नाम, उमेर, ठेगाना, रुचि, उद्देश्य र संपर्क नम्बर खुलाएर Little Miss Dang को पेजको inbox मा पठाउनु पर्नेछ ।

प्रतियोगिताका विजेताहरुलाई लघु चलचित्र एवं म्यूजिक भिडियोमा अभिनय गर्ने अवसर दिइने प्रेस संयोजक सन्तोष डाँगीले बताउनु भयो ।

भर्खरै प्रकाशित

एएनपि अवार्डद्वारा दाङका युवा व्यवसायी शर्मा सम्मानित हुँदै

दाङ, २६ असोज । नेपालकै चर्चित एएनपि राष्ट्रिय अवार्ड २०२१बाट दाङका सफल युवा व्यवसायी रुद्र शर्मा सम्मानित हुनुहुने भएको छ । आउँदो कार्तिक १५ गते…

घाेराहीकाे बाहुनडाँडामा खुल्याे सुविधासम्पन्न सम्राट रिसाेर्ट

राप्ती प्रेस घाेराही, २६ असाेज । दाङकाे घाेराही उपमहानगरपालिका वडा नं १६ स्थित बाहुनडाँडामा सुविधासम्पन्न सम्राट फ्याम्ली रिसाेर्ट खुलेकाे छ । ल्याण्डफिल साइडबाट हेलाे टावर…

गीतकार प्रियासनलाई उत्सर्ग सिर्जना पुरस्कार

राप्ती प्रेस घाेराही, २५ असोज । उत्सर्ग फिल्मस् नेपालले संचारकर्मी एवं गीतकार सबिन प्रियासनलाई उत्सर्ग सिर्जना पुरस्कार प्रदान गर्ने भएको छ । कला, संचार एवं…

पाँच स्वर्गीय स्रष्टालाई मरणोपरान्त सम्मान गरिने

राप्ती प्रेस घाेराही, २४ असोज । नेपाली गीतसंगीतको उन्नयन तथा राप्ती क्षेत्रका स्रष्टाहरु सम्मान गर्ने उद्देश्यले २०७८ मंसीर ११ गते दाङमा आयोजना गरिएको उत्सर्ग संगीत…

उत्सर्ग संगीत अवार्डको मूल समिति र उपसमितिहरु गठन

राप्ती प्रेस १० असोज, दाङ । राप्ती क्षेत्रको सांगीतिक उन्नयन तथा स्रष्टाहरुको सम्मान गर्ने उद्देश्यले दाङमा पहिलोपटक आयोजना गरिएको उत्सर्ग म्यूजिक अवार्ड-२०७८ को मूल समिति…