कागतीका बोटसंग रमाउँदै नेता थापा

केएल बुढाथोकी

घोराही, २२ जेठ । घरको उत्तरतिर ३ कठ्ठा जग्गामा कागतीको मनोरम बगैंचा छ । लहरै रोपिएका सर्लक्क बढेर झुम्म परेका बोटहरुमा फूल र फल पनि उत्तिकै छन् । हरियाली एवं मोहक कागती बगैंचामा सिर्सिरे बतासले गजवको माधुर्यता थप्छ ।

घोराही १७ गुलरिया निवासी राष्ट्रिय जनमोर्चाका नेता सुरेश थापा लकडाउनको यो सकसमय समयमा कागती बगैंचामा रमाउँदै दिनहरु बिताइरहेका छन् । भन्छन् ‘फूल र फल लागेका कागती बगैंचामा टहल्दा आनन्द अनुभूति हुन्छ । शरीरमा एक किसिमको उर्जा र पुनर्ताजगी पैदा हुन्छ ।’

करीब ५ वर्ष पहिले नेता थापाले ३ कठ्ठा जग्गामा स्थानीय जातको बाह्रमासे कागतीका ५५ बिरुवा रोपेका थिए । तर राजनीतिमा पूर्णकालीन भएको हुँदा उनले कागती खेतीमा खास समय दिन सकेनन् । समयमा सिंचाइ, मल, औषधि, गोडमेल लगायत अन्य हेरचाह गर्न नसक्दा कागतीका बिरुवा अपेक्षाकृत सप्रन सकेका थिएनन् । त्यसमा पनि उनलाई शुरुमा कागती खेतीबारे राम्रो ज्ञान पनि थिएन ।

कोरोना कहरसंगै जब पहिलोपटक देशमा लकडाउन शुरु भयो जिल्ला बाहिर रहेका नेता थापा घर आए र कागतीका बिरुवा स्याहार्न थाले । थापा भन्छन् “गत वर्षको लकडाउनमा बल्ल मैले कागतीका विरुवा स्याहार्न पाएँ । मल र औषधि हालेर गोडमेल गरें । त्यसपछि बल्ल कागती सप्रिए ।“

वि. सं. २०४६ पछि राजनीतिमा सक्रिय रहेका नेता थापा यो वर्षको लकडाउनमा फेरि आफ्नो कार्यक्षेत्रबाट घर फर्किएका छन् र फेरि कागती खेतीको स्याहारमा जुटेका छन् । शुरुका वर्षहरुमा त्यति राम्रा नभएका कागतीका बोट अहिले रहर लाग्दा भएका छन् । प्रायः सबै बोटहरुमा फल लागेका छन् । कागतीको व्यवसायिक खेती गर्ने योजना विस्तारै मूर्त बन्दै गएकोमा नेता थापा केहीहदसम्म संतुष्ट र रोमान्चित देखिन्छन् ।

आफ्नो अनुभव र केही सोधखोजले नेता थापाले अब कागती खेतीबारे धेरै ज्ञान हासिल गरिसकेका छन् । कागती खेतीबारेअब उनमा थप जाँगर र उत्साह बढेको छ । उनी लगत्तै थप दुई कठ्ठामा कागती रोप्दैछन् ।
“ खाल्डा खनेर तयार गरिसकेको छु । अब केही दिनमै बिरुवा रोप्ने तयारीमा छु ।“ नेता थापाले भने ।

करिव १० वर्ष अघि तत्कालीन कृषि विकास कार्यालय घोराहीमा व्यवसायिक खेतीबारे बुझ्न गएका नेता थापालाई वागबानी अधिकृत टिकाराम चौधरीले कागती खेती गर्न सल्लाह दिएका थिए । अधिकृत चौधरीले कागती खेतीका लागि दाङको माटो उपयुक्त भएको र बजार पनि राम्रो भएको बताएपछि नेता थापाले कागती खेती गर्ने सोच बनाए । कागती खेती गर्ने सोच दस वर्षअघि बनेपनि नेता थापाले त्यसको ५ वर्षपछि मात्र कागती खेती शुरु गरे ।

कागतीमा फल लाग्न शुरु गरेपछि उत्साहित र आनन्दित भएका नेता थापालाई यो कागती बगैंचाको स्वच्छ र मनोरम वातावरणले लकडाउनको सकस पनि बिर्साएको छ । उनी अचेल श्रीमती कृष्णा रानासहित कागतीकस बोटहरुसंग रमाउँदै दिन बिताइरहेका छन् । यो संगै नेता थापाले राजनीति र उत्पादनसंग जोडिएर समाजलाई एउटा सुन्दर सन्देश पनि दिएका छन् ।

भर्खरै प्रकाशित

घुम्न जाउ प्यारीकोट

नारायण बिबश    दाङमा धेरै प्राकृतिक सम्पदा भए पनि कतिपय सम्पदाहरू प्रचार प्रसारको अभावमा ओझेलमा परेकाछन् । यस्तै ओझेलमा परेको प्राकृतिक सम्पदा हो प्यारीकोट ।…

विद्यार्थीहरुले कक्षा १२ को परिक्षा घरबाटै दिन पाउने

काठमाण्डौ, १३ साउन । कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्याल गरेर यस पटक होमसेन्टरबाटै परीक्षा लिने…

सांसद पदमा पुनर्बहालीको माग गर्दै चार पूर्वमाओवादी नेताद्वारा सर्वोच्चमा रिट…

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । नेताहरु टोपबहादुर रायमाझी,…

किसानहरुलाई ५० प्रतिशत अनुदानमा मिनीपावर टिलर र कम्बाईङ्ग मिल

दिप्तीशिखा चौधरी दंगीशरण, १३-साउन । दंगीशरण गाउँपालिकाको कृषिशाखाले दंगीशरणका सहकारी , कृषि समुह र फर्महरुलाई मिनीपावर टिलर र कुटानी पिसानीमिलका लागि (कम्बाईङ्गमिल) वितरण गरेको छ…

जसपाको हेडकाउन्टः यादव पक्ष ३४, ठाकुर पक्ष १६, तटस्थ १

काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टीको विवादमा निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यहरुलाई सनाखतका लागि बोलाएकोमा अध्यक्ष उपेन्द्र यादव पक्षमा ३४ जना पुगेका छन् ।…