एसईई र कक्षा १२ को परीक्षा वैकल्पिक विधिबाट गर्न सिफारिस

चेतना अनलाइन

काठमाण्डौ , १६ जेठ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई र कक्षा १२ को परीक्षा वैकल्पिक विधिबाट गर्न सिफारिस गरेको छ । कोरोना भाइरसको सङ्क्रमण कम नभएकाले वैकल्पिक विधिमार्फत परीक्षा गर्न शिक्षा मन्त्रालयलाई सिफारिस गरेको परीक्षा बोर्डले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमण बढेपछि एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्दै परीक्षा कसरी गर्ने भन्नेबारे अध्ययन गर्न कार्यदल गठन गरेको थियो । कार्यदलले अवस्था जटिल नै रहेकाले भौतिक उपस्थिति नगराइकन नै वैकल्पिक विधिमार्फत परीक्षा लिन सुझाव सहितको प्रतिवेदन शिक्षा मन्त्रालयमा बुझाएको हो ।

अब शिक्षा मन्त्रालयले यसबारे थप छलफल गरी निर्णय गराउन मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेस गर्ने छ । त्यसपछि मात्रै परीक्षा कसरी गर्ने भन्नेबारे टुङ्गो लाग्नेछ ।

भर्खरै प्रकाशित

घुम्न जाउ प्यारीकोट

नारायण बिबश    दाङमा धेरै प्राकृतिक सम्पदा भए पनि कतिपय सम्पदाहरू प्रचार प्रसारको अभावमा ओझेलमा परेकाछन् । यस्तै ओझेलमा परेको प्राकृतिक सम्पदा हो प्यारीकोट ।…

विद्यार्थीहरुले कक्षा १२ को परिक्षा घरबाटै दिन पाउने

काठमाण्डौ, १३ साउन । कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्याल गरेर यस पटक होमसेन्टरबाटै परीक्षा लिने…

सांसद पदमा पुनर्बहालीको माग गर्दै चार पूर्वमाओवादी नेताद्वारा सर्वोच्चमा रिट…

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । नेताहरु टोपबहादुर रायमाझी,…

किसानहरुलाई ५० प्रतिशत अनुदानमा मिनीपावर टिलर र कम्बाईङ्ग मिल

दिप्तीशिखा चौधरी दंगीशरण, १३-साउन । दंगीशरण गाउँपालिकाको कृषिशाखाले दंगीशरणका सहकारी , कृषि समुह र फर्महरुलाई मिनीपावर टिलर र कुटानी पिसानीमिलका लागि (कम्बाईङ्गमिल) वितरण गरेको छ…

जसपाको हेडकाउन्टः यादव पक्ष ३४, ठाकुर पक्ष १६, तटस्थ १

काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टीको विवादमा निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यहरुलाई सनाखतका लागि बोलाएकोमा अध्यक्ष उपेन्द्र यादव पक्षमा ३४ जना पुगेका छन् ।…