विद्यार्थीहरूले गरे स्वास्थ्य सामग्री सहयोग

चेतना अनलाइन

तुलसीपुर, १६ जेठ । तुलसी आवासीय माध्यामिक विद्यालय २०६३ सालका एसएलसी व्याजका विद्यार्थीहरूले तुलसीपुर मेट्रो अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

अस्पतालमा सञ्चालित कोरोना आइसोलेसनलाई कोरोना नियन्त्रण तथा आइसोलेसन व्यवस्थापनका लागि ५ थान ह्ील चियर, ५ थान विपी सेट, एक्सरे बक्स २ थान, सेनिटाइजर, मास्क लगायतका सामानहरू उपलब्ध गराएको तुलसीपुर उपमहानगरपालिका मेयरको सचिवालय सदस्य धर्मराज वलीले जानकारी दिनुभयो ।

विद्यार्थीहरूले तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरेका हुन् । सो अवसरमा नगर प्रमुख घनश्याम पाण्डेले स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा धन्यवाद दिदै युवा विद्यार्थीहरूको रचनात्मक सहयोग र सहकार्यले नयाँ नेपालमा निर्माणमा टेवा पुग्ने बताउनुभयो ।

विदेशबाट तुलसीपुर मेट्रो अस्पतालाई सहयोग 

दाङमा घर भएर विदेशमा बस्दै आएका विभिन्न व्यक्तिहरूले तुलसीपुर मेटूो अस्पताललाई अक्सिजन कन्सुलेट सहयोग गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका घर भइ हाल युकेमा बस्दै आएका मेघराज ढकाल, श्रीगाउँ निबासी मनोहर बुढाथोकी, तुलसीपुर उपमहानगरपालिका घरभई हाल यू.एस.ए बस्दै आएका ललित चालिसे, तुलसीपुर –५ निवासी प्रविण गौतम, तुलसीपुर घर भइ हाल अस्ट्रेलिया निवासी यज्ञ ढकाल र तुलसीपुर १ घर भई हाल काठमाण्डौमा बस्दै आउनुभएका लोकराज ढकालले कोरोना आइसोलेसन सञ्चालन भएको मेट्रो अस्पताललाई उक्त सामग्री सहयोग गर्नुभएको हो ।

कन्सट्रेटरले प्रति मिनेट १० लिटर अक्सिजन उत्पादन गर्ने सहयोगी दाताहरूले जनाएका छन् । कन्सरट्रेटर एक कार्यक्रमका बिच तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरिएको छ । सो अवसरमा विदेशमा भएर पनि आफ्नो गाउँठाउँको विकासमा एकवद्ध जनाउँदै सहयोग गर्नु महान कार्य भएको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो । कन्सट्रेटर युवराज आचार्यले हस्तान्तरण गर्नु भएको थियो ।

भर्खरै प्रकाशित

घुम्न जाउ प्यारीकोट

नारायण बिबश    दाङमा धेरै प्राकृतिक सम्पदा भए पनि कतिपय सम्पदाहरू प्रचार प्रसारको अभावमा ओझेलमा परेकाछन् । यस्तै ओझेलमा परेको प्राकृतिक सम्पदा हो प्यारीकोट ।…

विद्यार्थीहरुले कक्षा १२ को परिक्षा घरबाटै दिन पाउने

काठमाण्डौ, १३ साउन । कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्याल गरेर यस पटक होमसेन्टरबाटै परीक्षा लिने…

सांसद पदमा पुनर्बहालीको माग गर्दै चार पूर्वमाओवादी नेताद्वारा सर्वोच्चमा रिट…

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । नेताहरु टोपबहादुर रायमाझी,…

किसानहरुलाई ५० प्रतिशत अनुदानमा मिनीपावर टिलर र कम्बाईङ्ग मिल

दिप्तीशिखा चौधरी दंगीशरण, १३-साउन । दंगीशरण गाउँपालिकाको कृषिशाखाले दंगीशरणका सहकारी , कृषि समुह र फर्महरुलाई मिनीपावर टिलर र कुटानी पिसानीमिलका लागि (कम्बाईङ्गमिल) वितरण गरेको छ…

जसपाको हेडकाउन्टः यादव पक्ष ३४, ठाकुर पक्ष १६, तटस्थ १

काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टीको विवादमा निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यहरुलाई सनाखतका लागि बोलाएकोमा अध्यक्ष उपेन्द्र यादव पक्षमा ३४ जना पुगेका छन् ।…