डाक्टर बन्ने सपनामा कोरिओग्राफर अञ्जली न्यौपाने

पाण्डव शर्मा

घोराही, ६ जेठ । घोराही उपमहामनगरपालिका वडा नं १५ शंकर नगर टोल निवासी अञ्जली न्यौपाने कोरिओग्रफर हुन् । सानै देखि कलाकारीता क्षेत्रमा रुची राख्ने अञ्जलीले अहिले सम्म विभिन्न प्रतियोगितामा उपाधिहरु समेत हासिल गरेकी छिन् ।

प्लसटू सकेर उच्च शिक्षाको पर्खायमा रहेकी अञ्जली अहिले कलाकारीतासँगै आफ्नो शैक्षिक भविष्य उज्ज्वलका लागि संघर्षरत छिन् । ‘भविष्यमा एउटा कुशल आर्युवदे डाक्टर बन्ने मेरो सपना रहेको छ, अहिले त्यसकै तयारीका लागि अध्ययन गरिरहेको छु,’ उनी भन्छिन्, ‘मोडलिङ मेरो रुचीको क्षेत्र हो, यसलाई पनि निरन्तरता दिने सोँचमा छु ।’

सुन्दरतासँगै वौद्धिकताको पनि उत्तिकै महत्व हुने भएकाले आँफूले यस क्षेत्र रोजेको अञ्जली बताउँछिन् । ‘मोडलिङ भनेको शरीर प्रर्दशन गर्ने मात्र होइन, यहाँ पनि ज्ञानगुण र बौद्धिकताका कुरा हुन्छन्,’ उनले भनिन्, ‘मोडलिङ क्षेत्रलाई अँझ सम्मानित बनाउनका लागि बौद्धिक व्यक्तिहरु यो फिल्डमा आउन जरुरी छ ।’

अञ्जलीले यस अघि पनि धेरै उपाधिहरु हासिल गरिसकेकी छिन् । उनले सन् २०१४ मा मिस्टर एण्ड मिस लिटिल दाङमा वेष्ट क्याटवाकको अवार्ड पाइन् । सन् २०१६ मा दाङमा भएको मिस्टर एण्ड मिस राप्तीमा सहभागी भएर मोस्ट ट्यालेन्ट र मोष्ट कन्फिडेण्ट अवार्ड प्राप्त गर्न सफल भइन् । सो प्रतियोगितामा उनले समग्र प्रस्पिर्धामा तेस्रो उपाधा िहासिल गर्न सफल भएकी थिइन् । त्यसैगरी सन् २०१८ मा मिस एसइइ दाङ भयो । सो प्रतियोगितामा अञ्जली सेकेण्ड रनर अफ र मिस लिडरसिप भएकी थिइन् ।

अञ्जली सन् २०१९ मा दाङको घोराहीमा भएको मिस्टर एण्ड मिस दाङमा फष्ट रनरअफ र मोष्ट कन्फिडेन्टको उपाधि हासिल गर्न सफल भएकी थिइन् ।

‘म कक्षा दुईमा पढ्दा देखि नै कलाकारीता क्षेत्रतर्फ रुची राख्दथे,’ अञ्जलीले भनिन्, ‘मेरो बुवा आमाले पनि मलाई सधै कलाकारीता तर्फ लाग्न प्रेरित गर्नुभयो, उहाँहरुले कलाकारीताका साथै पढाइलाई पनि निरन्तरता दिन आग्रह गर्नुहुन्छ ।’

भविष्यमा डाक्टर बनेर गरिव दुखीको सेवा गर्ने आफ्नो लक्ष्य रहेको अञ्जली बताउँछिन् । ‘म आर्युवेद डाक्टर बनेर हाम्रो मुलुकको स्वास्थ्य क्षेत्रको विकासका लागि काम गर्न चाहन्छु,’ उनले भनिन्, ‘साथै मोडलिङ क्षेत्रमा आफ्नो क्षमता प्रस्तुत गरेर यो फिल्डलाई सम्मानित गराउन चाहन्छु ।’


अहिले कोरिओग्राफरको रुपमा समाजमा स्थापित भइसकेकी अञ्जली विभिन्न प्रतियोगितामा नेपालगञ्ज, बुटवल, तुलसीपुर लगायतमा स्थानमा गएर निर्णायमण्डलमा बसेर समेत काम गरिसकेकी छन् । कुनै पनि मोडलिङ वा दृष्यमा देखाउने भिडियोहरुमा कोरिओग्राफरको भूमिका महत्वपूर्ण हुने उनको भनाई छ ।

 

 

भर्खरै प्रकाशित

एएनपि अवार्डद्वारा दाङका युवा व्यवसायी शर्मा सम्मानित हुँदै

दाङ, २६ असोज । नेपालकै चर्चित एएनपि राष्ट्रिय अवार्ड २०२१बाट दाङका सफल युवा व्यवसायी रुद्र शर्मा सम्मानित हुनुहुने भएको छ । आउँदो कार्तिक १५ गते…

घाेराहीकाे बाहुनडाँडामा खुल्याे सुविधासम्पन्न सम्राट रिसाेर्ट

राप्ती प्रेस घाेराही, २६ असाेज । दाङकाे घाेराही उपमहानगरपालिका वडा नं १६ स्थित बाहुनडाँडामा सुविधासम्पन्न सम्राट फ्याम्ली रिसाेर्ट खुलेकाे छ । ल्याण्डफिल साइडबाट हेलाे टावर…

गीतकार प्रियासनलाई उत्सर्ग सिर्जना पुरस्कार

राप्ती प्रेस घाेराही, २५ असोज । उत्सर्ग फिल्मस् नेपालले संचारकर्मी एवं गीतकार सबिन प्रियासनलाई उत्सर्ग सिर्जना पुरस्कार प्रदान गर्ने भएको छ । कला, संचार एवं…

पाँच स्वर्गीय स्रष्टालाई मरणोपरान्त सम्मान गरिने

राप्ती प्रेस घाेराही, २४ असोज । नेपाली गीतसंगीतको उन्नयन तथा राप्ती क्षेत्रका स्रष्टाहरु सम्मान गर्ने उद्देश्यले २०७८ मंसीर ११ गते दाङमा आयोजना गरिएको उत्सर्ग संगीत…

उत्सर्ग संगीत अवार्डको मूल समिति र उपसमितिहरु गठन

राप्ती प्रेस १० असोज, दाङ । राप्ती क्षेत्रको सांगीतिक उन्नयन तथा स्रष्टाहरुको सम्मान गर्ने उद्देश्यले दाङमा पहिलोपटक आयोजना गरिएको उत्सर्ग म्यूजिक अवार्ड-२०७८ को मूल समिति…