अस्पताल नै बन्दैछन् कोरोनाको जोखिम, दाङमा २५ जना स्वास्थ्यकर्मी संक्रमित

पाण्डव शर्मा

घोराही, २३ बैशाख । दाङमा पछिल्लो समय धमाधम डाक्टरहरु नै कोरोना संक्रमित हुन थालेका छन् ।

डाक्टर तथा अन्य स्वास्थ्यकर्मीहरु कोरोना संक्रमित हुन थालेपछि सरकारी तथा निजी अस्पतालहरुमा उपचारका लागि समस्या देखिएको छ । एकातर्फ कोरोना संक्रमितहरुले बेड र अक्सिनज नपाएर छट्पटिनुपरेको छ भने अर्को तर्फ अन्य बिरामीहरु उपचारका लागि अस्पताल जाँदा त्यहीँबाट कोरोना संक्रमित हुने खतरा बढेको छ ।

डाक्टर तथा स्वास्थ्यकर्मीहरु कोरोना संक्रमित हुन थालेपछि अस्पतालहरुको स्वास्थ्य सेवा प्रभावित हुन थालेको छ ।

आज बिहिबार बिहानसम्म दाङमा ७ जना डाक्टर कोरोना संक्रमित भइसकेका छन् । त्यसैगरी स्टाप नर्श, अनमी, एचए, अहेव, ल्याव टेक्निसियन÷असिष्टेन्ट सहित १८ जना कोरोना संक्रमित भएको नेपाल चिकित्सक संघ दाङका अध्यक्ष डाक्टर कुबेर कुमार रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म डाक्टर सहित कुल २५ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् ।

जनताको जीवन बचाउने स्वास्थ्यकर्मीहरु नै धमाधम कोरोना संक्रमित हुन थालेपछि स्वास्थ्य क्षेत्रमा थप जटिलता आउने चिन्ता व्यक्त भइरहेको छ । ‘स्वास्थ्यकर्मीहरुको अहिलेको पहिलो प्राथमिकता आफू सुरक्षित हुँदै बिरामीको सेवा गर्नु हो,’ डा. रेग्मीले भन्नुभयो, ‘अहिले कतिपय कोरोना संक्रमित स्वास्थ्यकर्मीहरु निकै समस्यामा परेका छन् ।’

विशेष गरेर परिवार सहित डेरा गरेर बस्ने स्वास्थ्यकर्मीहरुका लागि निकै समस्या भएको उहाँले जानकारी दिनुभयो । ‘एउटै कोठामा परिवार सहित बस्नुपर्ने बाध्यता रहेको छ, हाम्रा स्वास्थ्यकर्मीहरुले आफ्ना परिवारलाई संक्रमण सार्न सक्ने जोखिम बढेको छ,’ डा. रेग्मीले भन्नुभयो, ‘बृद्ध बाआमा र स–साना बालबालिकाहरुसँग साथै बस्ने स्वाथ्यकर्मीका लागि छुट्टै बस्ने व्यवस्था गर्न सकिएको छैन ।’

संक्रमित स्वास्थ्यकर्मीहरुका लागि सरकारले छुट्टै आइसोलियसन बनाउनुपर्ने डा. रेग्मीको भनाई छ । ‘अरुको जीवन बचाउने स्वास्थ्यकर्मी आँफै असुरक्षित हुँदा कसरी जनताले सेवा पाउँछन् ?’ उहाँले भन्नुभयो, ‘यसतर्फ सम्बन्धित निकायको समयमै ध्यान जान जरुरी छ ।’

भर्खरै प्रकाशित

घुम्न जाउ प्यारीकोट

नारायण बिबश    दाङमा धेरै प्राकृतिक सम्पदा भए पनि कतिपय सम्पदाहरू प्रचार प्रसारको अभावमा ओझेलमा परेकाछन् । यस्तै ओझेलमा परेको प्राकृतिक सम्पदा हो प्यारीकोट ।…

विद्यार्थीहरुले कक्षा १२ को परिक्षा घरबाटै दिन पाउने

काठमाण्डौ, १३ साउन । कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्याल गरेर यस पटक होमसेन्टरबाटै परीक्षा लिने…

सांसद पदमा पुनर्बहालीको माग गर्दै चार पूर्वमाओवादी नेताद्वारा सर्वोच्चमा रिट…

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । नेताहरु टोपबहादुर रायमाझी,…

किसानहरुलाई ५० प्रतिशत अनुदानमा मिनीपावर टिलर र कम्बाईङ्ग मिल

दिप्तीशिखा चौधरी दंगीशरण, १३-साउन । दंगीशरण गाउँपालिकाको कृषिशाखाले दंगीशरणका सहकारी , कृषि समुह र फर्महरुलाई मिनीपावर टिलर र कुटानी पिसानीमिलका लागि (कम्बाईङ्गमिल) वितरण गरेको छ…

जसपाको हेडकाउन्टः यादव पक्ष ३४, ठाकुर पक्ष १६, तटस्थ १

काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टीको विवादमा निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यहरुलाई सनाखतका लागि बोलाएकोमा अध्यक्ष उपेन्द्र यादव पक्षमा ३४ जना पुगेका छन् ।…