दाङमा ‘गिफ्ट कल्चर’ बढ्दै

चेतना अनलाइन

घोराही, ३० चैत । दाङमा पछिल्लो समय गिफ्ट कल्चर बढ्न थालेको छ । केही वर्ष पहिलेसम्म विशेष गरेर किशोरकिशोरीहरुमा गिफ्ट दिने प्रचलन भए पनि आजभोली सबै उमेर समूहका व्यक्तिहरु आफ्ना आफन्तजन, साथीभाई तथा प्रेमी प्रेमीकालाई गिफ्ट दिन थालेका छन् । केही वर्षयता दाङमा गिफ्ट पसल खुल्ने क्रम समेत बढेको छ ।


दाङको सबैभन्दा पूरानो गिफ्ट पसल हो एभरग्रीन गिफ्टस प्वाईन्ट । २०६० सालमा स्थापना भएको एभरग्रीनले दाङको बजारमा प्रभावशाली उपस्थिति जनाएको छ । घोराहीको शहीद उमेशमार्ग रोडमा अवस्थित एभरग्रीनमा अहिले गिफ्टका मात्र नभएर अन्य प्रकारका सामानहरु समेत पाइन्छ ।

विगतका वर्षहरुको तुलनामा अहिले दाङमा गिफ्ट कल्चर ह्वात्तै बढेको एभरग्रीनका सञ्चालक भोला खनाल बताउनुहुन्छ । ‘२०६० साल तिर हाम्रो पसलमा दैनिक ३० जना जति ग्राहकहरु आउने गर्नुहुन्थ्यो,’ उहाँले भन्नुभयो, ‘अहिले विगतको तुलनामा करिब तीन गुणा बढी ग्राहक आउने गर्नुहुन्छ ।’

त्यतिबेला गिफ्ट भनेपछि सामान्य फूल, फ्रेम र सिसा फ्रेमहरु बिक्री हुन्थ्यो । तर, आजभोली दैनिक प्रयोग गर्न मिल्ने सामानहरु पनि गिफ्टको रुपमा प्रयोग भइरहेको खनाल बताउनुहुन्छ । अहिले विशेष गरेर चस्मा, घडी, सेन्ट, पर्स, गितार, हार्मोनियम जस्ता गिफ्टहरु बिक्री भइरहेको खनालले जानकारी दिनुभयो ।


एभरग्रीनमा अहिले म्युजिकल सामानहरु जस्तै मादल, तवला, ड्रमसेट, पञ्चेवाजा, अन्य मौलिक बाजा लगायतका सामाग्रीहरु पाइन्छ । त्यसैगरी बच्चाहरुका लागि मण्टेश्वरी सामानहरु पजल, ब्लक सेट, एनिमल सेट लगायत सम्पूर्ण वेवी ल्यावका सामानहरु पाइन्छ ।

एभरग्रीनमा घरमा राखिने सजावटका सामानहरु तथा घरमा दैनिक प्रयोग गर्न मिल्ने सामानहरु बिक्री भइरहेको छ । विशेष गरेर जन्मदिन, वर्षगाठ, नयाँ वर्ष, दशै, तिहार, तीज, प्रेम दिवश लगायतका पर्वहरुमा गिफ्टका सामानहरु बढि बिक्री हुने गर्छ । साथै विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयहरुमा कार्यक्रम हुँदा पनि सामानको माग हुने गरेको खनालले जानकारी दिनुभयो ।

गिफ्टले मान्छेहरुमा आत्मियता बढाउने काम गर्नेे खनालको भनाई छ । आफ्न्तजन, साथीभाई तथा प्रेमी प्रेमीकाहरुलाई चिनोको रुपमा पनि गिफ्ट दिइने उहाँ बताउनुहुन्छ । एभरग्रीनमा सांस्कृतिक तथा धार्मिक महत्व दर्शाउने खालका गिफ्टका सामानहरु समेत रहेका छन् ।

भर्खरै प्रकाशित

घुम्न जाउ प्यारीकोट

नारायण बिबश    दाङमा धेरै प्राकृतिक सम्पदा भए पनि कतिपय सम्पदाहरू प्रचार प्रसारको अभावमा ओझेलमा परेकाछन् । यस्तै ओझेलमा परेको प्राकृतिक सम्पदा हो प्यारीकोट ।…

विद्यार्थीहरुले कक्षा १२ को परिक्षा घरबाटै दिन पाउने

काठमाण्डौ, १३ साउन । कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्याल गरेर यस पटक होमसेन्टरबाटै परीक्षा लिने…

सांसद पदमा पुनर्बहालीको माग गर्दै चार पूर्वमाओवादी नेताद्वारा सर्वोच्चमा रिट…

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । नेताहरु टोपबहादुर रायमाझी,…

किसानहरुलाई ५० प्रतिशत अनुदानमा मिनीपावर टिलर र कम्बाईङ्ग मिल

दिप्तीशिखा चौधरी दंगीशरण, १३-साउन । दंगीशरण गाउँपालिकाको कृषिशाखाले दंगीशरणका सहकारी , कृषि समुह र फर्महरुलाई मिनीपावर टिलर र कुटानी पिसानीमिलका लागि (कम्बाईङ्गमिल) वितरण गरेको छ…

जसपाको हेडकाउन्टः यादव पक्ष ३४, ठाकुर पक्ष १६, तटस्थ १

काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टीको विवादमा निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यहरुलाई सनाखतका लागि बोलाएकोमा अध्यक्ष उपेन्द्र यादव पक्षमा ३४ जना पुगेका छन् ।…