शहीद कृष्णसेन इच्छुक र बैदेशिक रोजगार बोर्ड बीच तालिम संचालन गर्न सम्झौता

चेतना अनलाइन

दाङको घोराही स्थित शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय र नेपाल सरकार बैदेशिक रोजगार बोर्ड बीच विभिन्न सीपमुलक तालिम संचालन गर्न सम्झौता भएको छ ।

रोजगारीको शिलशिलामा विभिन्न सीप सहित विदेश जान चाहने र विदेशबाट फर्केर आएर बिभिन्न सीप सिकेर स्वरोजगार बन्न चाहने नागरिक हरुलाई दक्ष प्राबिधिक सिप सिकाउने उद्देश्यले शिक्षालय र रोजगार बोर्ड संग विभिन्न विधामा सम्झौता भएको हो ।

शिक्षालय र रोजगार बोर्ड संग सम्झौता भए संगै अब दाङको घोराही स्थित शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा सुरक्षा गार्डमा १०० जना, जुनियर ब्युटिसियनमा १०० जना, किचन सहयोगीमा २० जना, इलेक्ट्रीसियनमा ६० जना, पलम्बरमा ४० जना, हाउस किपिङमा, ४० जना डकर्मीमा ४० जना र सहायक टायल मार्बल फिक्चरमा ४० जना गरि जम्मा ४४० जनालाई तत्काल तालिम संचालन गर्ने गरि सम्झौता गरिएकोछ ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै शिक्षालयका प्रमुख अच्युतराज दाहालले नेपालबाट बैदेशिक रोजगारीमा जाने युवाहरुको संख्या अत्याधिक भएको बताउदै विदेश जाने युवाहरु संग कुनैपनि प्राबिधिक सीप नभएका कारण बिदेशमा दुख पाउने गरेकाले दक्ष प्राबिधिक सीप सिकाउन आवश्यक भएको बताउनुभयो ।

बैदेशिक रोजगारीमा जानेहरुका लागि स्थानीय स्तरमा नै दक्ष प्राबिधिक सीप प्रदायक संस्था नभएका बेला दाङमा यस्तो शिक्षा प्रदान गर्नु सबैका लागि खुसीको कुरा हो भन्दै शिक्षालय प्रमुख दाहालले यो सीप शिक्षालयले निशुल्क रुपमा प्रदान गर्ने बताउनुभयो ।

सम्झौतामा नेपाल सरकार बैदेशिक रोजगार बोर्डको तर्फबाट कार्यकारी निर्देशक राजेन्द्रप्रसाद श्रेष्ठ र लेखा अधिकृत बिकी झा र शिक्षालयको तर्फबाट शिक्षालय प्रमुख अच्युतराज दाहाल र लेखा प्रमुख नारायण भण्डारीले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता भए लगतै अब दाङको घोराही स्थित शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयबाट तालिम प्रदान गर्न फारम खुल्ला गरिने छ ।

भर्खरै प्रकाशित

घुम्न जाउ प्यारीकोट

नारायण बिबश    दाङमा धेरै प्राकृतिक सम्पदा भए पनि कतिपय सम्पदाहरू प्रचार प्रसारको अभावमा ओझेलमा परेकाछन् । यस्तै ओझेलमा परेको प्राकृतिक सम्पदा हो प्यारीकोट ।…

विद्यार्थीहरुले कक्षा १२ को परिक्षा घरबाटै दिन पाउने

काठमाण्डौ, १३ साउन । कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्याल गरेर यस पटक होमसेन्टरबाटै परीक्षा लिने…

सांसद पदमा पुनर्बहालीको माग गर्दै चार पूर्वमाओवादी नेताद्वारा सर्वोच्चमा रिट…

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । नेताहरु टोपबहादुर रायमाझी,…

किसानहरुलाई ५० प्रतिशत अनुदानमा मिनीपावर टिलर र कम्बाईङ्ग मिल

दिप्तीशिखा चौधरी दंगीशरण, १३-साउन । दंगीशरण गाउँपालिकाको कृषिशाखाले दंगीशरणका सहकारी , कृषि समुह र फर्महरुलाई मिनीपावर टिलर र कुटानी पिसानीमिलका लागि (कम्बाईङ्गमिल) वितरण गरेको छ…

जसपाको हेडकाउन्टः यादव पक्ष ३४, ठाकुर पक्ष १६, तटस्थ १

काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टीको विवादमा निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यहरुलाई सनाखतका लागि बोलाएकोमा अध्यक्ष उपेन्द्र यादव पक्षमा ३४ जना पुगेका छन् ।…