कोरोना विरुद्धको तीन हजार डोज खोप दाङ आइपुग्यो, भोलीबाट लगाइने

चेतना अनलाइन

दाङ, १३ माघ । कोरोना भाइरस (कोभिड(१९) विरुद्धको तीन हजार डोज ‘कोभिशिल्ड’ खोप दाङ आइपुगेको छ । तीन हजार जनालाई लगाउन पुग्ने खोप आज दिउँसो दाङ आइपुगेको स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिनुभयो ।

खोप भोलीबाट लगाउन सुरु गरिने छ । राप्ती स्वस्थ्य विज्ञान प्रतिष्ठान घोराही र प्रादेशिक अस्पताल तुलसीपुरबाट खोप लगाउन सुरु गरिने दाङका प्रमुख प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताउनुभयो ।

उहाँका अनुसार पहिलो चरणमा कोरोनाबाट मृत्यु भएकाको शव ब्यवस्थापनमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलाई खोप लगाइने छ । विहान ८ बजे छलफल गरेर छिट्टै नै खोप लगाउन सुरु गरिने आचार्यले जानकारी दिनुभयो ।

अर्को चरणको खोप कार्यक्रम पनि छिट्टै सुरु हुने विश्वास ब्यक्त गर्दै उहाँले नागरिकले पनि केही समयमा खोप लगाउन पाउने बताउनुभयो । नेपाल सरकारले पहिले चरणमा स्वास्थ्यकर्मी, शुरक्षाकर्मी, फोहरमैला व्यवस्थापनमा खटिन संकलक, चालक त्यसैगरी एम्बुलेन्स तथा शववाहन चालक र सहचालक लगायतलाई खोप लगाउने जनाएको छ ।

भर्खरै प्रकाशित

घुम्न जाउ प्यारीकोट

नारायण बिबश    दाङमा धेरै प्राकृतिक सम्पदा भए पनि कतिपय सम्पदाहरू प्रचार प्रसारको अभावमा ओझेलमा परेकाछन् । यस्तै ओझेलमा परेको प्राकृतिक सम्पदा हो प्यारीकोट ।…

विद्यार्थीहरुले कक्षा १२ को परिक्षा घरबाटै दिन पाउने

काठमाण्डौ, १३ साउन । कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्याल गरेर यस पटक होमसेन्टरबाटै परीक्षा लिने…

सांसद पदमा पुनर्बहालीको माग गर्दै चार पूर्वमाओवादी नेताद्वारा सर्वोच्चमा रिट…

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । नेताहरु टोपबहादुर रायमाझी,…

किसानहरुलाई ५० प्रतिशत अनुदानमा मिनीपावर टिलर र कम्बाईङ्ग मिल

दिप्तीशिखा चौधरी दंगीशरण, १३-साउन । दंगीशरण गाउँपालिकाको कृषिशाखाले दंगीशरणका सहकारी , कृषि समुह र फर्महरुलाई मिनीपावर टिलर र कुटानी पिसानीमिलका लागि (कम्बाईङ्गमिल) वितरण गरेको छ…

जसपाको हेडकाउन्टः यादव पक्ष ३४, ठाकुर पक्ष १६, तटस्थ १

काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टीको विवादमा निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यहरुलाई सनाखतका लागि बोलाएकोमा अध्यक्ष उपेन्द्र यादव पक्षमा ३४ जना पुगेका छन् ।…