बालिका बलात्कारको आरोपमा पक्राउ परेकाको घरमा आगजनी

चेतना अनलाइन

दाङ, ९ मंसिर। महोत्तरीको बर्दिबास १४ शुभम् बस्तीबाट बेपत्ता भएकी ६ वर्षीया बालिका बलात्कार गरेर हत्या गरेके आरोपमा पक्राउ परेका आरोपीलाई कडा कारवाहीको माग गर्दै स्थानीय आन्दोलित भएका छन्।

प्रर्दशनकारीले आरोपीको घरमा आगजनीसहित ढुङगा प्रहार गरिरहेका छन् ।आइतबार साँझदेखि घर आँगनमा खेल्दै गरेकी हराएकी शहिद आलमकी छोरी गुलाब साह खातुनको शव राती बोरामा राखेर फालिएको अवस्थामा भेटिएको थियो।

आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजगमार्गमा टायर बालेर बन्द गरेका छन्। घरआँगन वरपर नै खेलिरहेकी खातुन आइतबार साँझ अचानक हराएपछि परिवारजन र प्रहरीले उनको खोजी गरिरहेको थियो ।

बालिकाको शव बर्दिवास–१४ कै शुभम बस्ती नजिकको झाडीमा बोरामा खाँदेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

बालिकाको नियोजित हत्या गरेको आशङ्कामा प्रहरीले जिल्लाकै गौशाला नगरपालिका–५ का २५ वर्षीय अरुणकुमार साहलाई पक्राउ गरेको हो । पक्राउ गरिएका साहले प्रारम्भिक सोधपुछमै खातुनको हत्या गरेको स्वीकार गरेका छन् । उनै साहको घरमा प्रर्दशनकारीले आगजनी गरिरहेका छन् ।

भर्खरै प्रकाशित

ओलीले माधव नेपाललाई दाेस्राे अध्यक्ष बनाउछु भन्नू भएकाे हाेइन :…

राप्ती प्रेस घाेराही, ७ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा एकताका लागि वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन पनि तयार रहेको…

जनमतसंग्रहबारे भ्रम र वास्तविकता

विश्वराज आचार्य ब्यबस्था परिबर्तन चुनाब बाट हुन्छ ? अझ श्रमजिबी किशान मजदुरको पक्षमा काम गर्ने ब्यबस्था चुनाब बाट संभब छ ? कम्युनिस्ट हरुको लागि चुनाब…

एमालेमै कमजाेर बन्दै ओली, केन्द्रीय कमिटी बैठकमा ओलीले भने –…

राप्ती प्रेस काठमाडौं, ६ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको एकता बचाइराख्न असन्तुष्ट वरिष्ठ नेता माधवकुमार नेपाललाई वरिष्ठ नेता बनाउन आफू तयार…

दाङ कांग्रेसमा सभापतिका ९ आकांक्षी, यसकारण सबैभन्दा बलियो छन् कमलकिशोर

पाण्डव शर्मा घोराही, ६ साउन । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसमा महाधिवेशनको चहलपहल शुरु भएको छ । कानूनी बाध्यताका कारणले पनि आगामी भदौ महिना भित्र…

केपी ओली र माधव नेपालकाे तानातानमा भीम रावल, रावललाई भेट्न…

राप्ती प्रेस काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल भीम रावल भेट्न उनकै निवास टोखा पुगेका छन् । आज बसेको आफूपक्षीय स्थायी कमिटी नेताहरूको…