विकास निर्माणको स्थलगत निरिक्षण गर्दै सांसद् चौधरी

चेतना अनलाइन
देउखुरी, ९ मंसिर । प्रतिनिधिसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा) का केन्द्रीय सदस्य मेटमणी चौधरीले हुलाकी राजमार्गको स्थलगत निरिक्षण तथा अवलोकन गर्नु भएको छ ।

डीपीआर गरिए अनुसार सडक निर्माण गर्ने क्रममा स्थानीयस्तरबाट समस्या आएपछि सांसद् चौधरी तथा हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्ज बाँकेका सव इञ्जिनियर सहितको टोलिले सोमबार हुलाकी राजमार्गको स्थलगत अनुगमन तथा निरिक्षण गर्नु भएको हो ।

कालाकाटेदेखि गढवासम्म बीस किलोमिटर उक्त हुलाकी राजमार्ग रहेको छ । उक्त सडकमा खासै समस्या नदेखिएको र गढवा देखि जंग्रहवा सम्म बीस किलोमिटरको दुरीमा केही समस्या देखिएका चौधरीले अनुगमन पश्चात् जानकारी दिनुभयो ।

दाङ निर्वाचन क्षेत्र नं. १ मा गौरवको योजनामा समस्य उत्पन्न भएपछि ईञ्जिनियर सहितको टोलि लगेर स्थलगत अनुगमन गरेको चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘विकासको क्रममा समस्या उत्पन्न हुने स्वभाविक कुरा हो । काम गर्ने क्रममा देखिएको समस्यालाई स्थानीयकै विचमा मिलाएर विकासको कामलाई तिब्रता दिनुपर्छ । काम गर्ने क्रममा विरोधको स्वर आउनु स्वभाविक नै हो ।’

विवाद भन्दा पनि आफै विवाद सृजना गरेको अनुगमनमा पाइएको सदस्य चौधरीले बताउनुभयो । ०७६/८/१ देखि गढवा जंग्रहवा जोड्ने हुलाकी राजमार्ग खड्का कृष्ण प्रालिले काम गर्दै आएको छ । योजनाको काम तीन वर्ष भित्र सक्ने हुलाकी राजमार्ग निदेशनालय योजना कार्यालय नेपालगन्ज बाँकेका सव इञ्जिनियर तुलसि यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले सडकमा माटो हाल्ने र ग्राभेल गर्ने, पक्कि नाला निर्माणको काम भइरहेको बताउनुभयो । यता कालाकाटे देखि गढवा सम्मको बीस किलोमिटर हुलाकी राजमार्गको योजना बज्रगुरू कान्छाराम जेभिले लिएको हो । ०७६ कार्तिक २९ गते देखि बज्रगुरूको काम सुरु गरेको हो । तीन वर्षको ठेक्का हो । अहिले सडक स्टकचर, माटो फिलिङको काम भएको हुलाकी राजमार्ग निदेशनालय योजना कार्यालय नेपालगन्ज बाँकेका सव इञ्जिनियर लोकेन्द्र बुढाले जानकारी दिनुभयो ।

सोमबार नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला कार्यालय सदस्य सुरामणी बेल्वासे, जिल्ला कमिटी सदस्य सिल्पा चौधरी, सीता चौधरी, कालिराम चौधरी, गढवा गाउँपालिका अध्यक्ष सहजराम यादव, राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसी, स्वकिय सचिव गौरवसिंह महरा, पुष्पलाल मित्रता दाङका सदस्य मोहम्मद याकुब र हुलाकी राजमार्ग निदेशनालय योजना कार्यालय नेपालगन्ज बाँकेका सव इञ्जिनियरहरूको संयुक्तमा स्थलगत अनुगमन गर्नु भएको थियोे ।

भर्खरै प्रकाशित

ओलीले माधव नेपाललाई दाेस्राे अध्यक्ष बनाउछु भन्नू भएकाे हाेइन :…

राप्ती प्रेस घाेराही, ७ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा एकताका लागि वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन पनि तयार रहेको…

जनमतसंग्रहबारे भ्रम र वास्तविकता

विश्वराज आचार्य ब्यबस्था परिबर्तन चुनाब बाट हुन्छ ? अझ श्रमजिबी किशान मजदुरको पक्षमा काम गर्ने ब्यबस्था चुनाब बाट संभब छ ? कम्युनिस्ट हरुको लागि चुनाब…

एमालेमै कमजाेर बन्दै ओली, केन्द्रीय कमिटी बैठकमा ओलीले भने –…

राप्ती प्रेस काठमाडौं, ६ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको एकता बचाइराख्न असन्तुष्ट वरिष्ठ नेता माधवकुमार नेपाललाई वरिष्ठ नेता बनाउन आफू तयार…

दाङ कांग्रेसमा सभापतिका ९ आकांक्षी, यसकारण सबैभन्दा बलियो छन् कमलकिशोर

पाण्डव शर्मा घोराही, ६ साउन । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसमा महाधिवेशनको चहलपहल शुरु भएको छ । कानूनी बाध्यताका कारणले पनि आगामी भदौ महिना भित्र…

केपी ओली र माधव नेपालकाे तानातानमा भीम रावल, रावललाई भेट्न…

राप्ती प्रेस काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल भीम रावल भेट्न उनकै निवास टोखा पुगेका छन् । आज बसेको आफूपक्षीय स्थायी कमिटी नेताहरूको…