कक्षा १२ को परीक्षा भोलिदेखि

चेतना अनलाइन

घोराही, ८ मंसिर । नोवेल कोरोना भाइरस (कोभिड-१९) का कारण कक्षा १२ को अन्तिम परीक्षा सम्बन्धित विद्यालयमै सञ्चालन हुँदैछ । देशभरिका ४ हजार १०५ वटा विद्यालयलाई नै परीक्षा केन्द्र तोकिएका छन् । तर सबै विद्यार्थीले ‘होम सेन्टर’ रोजेका छैनन् । १७ हजार ९०२ विद्यार्थीले फरक जिल्लाका विद्यालयबाट परीक्षा दिन आवेदन दिएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद आर्यालले जानकारी दिए ।

बोर्डले आफू अध्ययन गरेको विद्यालयमा उपस्थित भएर परीक्षा दिन नसक्ने परीक्षार्थीले यसअघि पेश गरेको विवरणको आधारमा परीक्षामा सहभागी हुने व्यवस्था गरेको थियो । नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार परीक्षा सञ्चालन गरिने बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

पछि परीक्षा दिने व्यवस्था मिलाइएकाले कोभिड-१९ संक्रमित परीक्षार्थीलाई मंगलबार सुरु हुने परीक्षामा सहभागी नहुन पौडेलले आग्रह गरे । मंगलबार विहान ८ बजे सुरू हुने परीक्षाका लागि ४ लाख ३३ हजार १८० विद्यार्थीले आवेदन दिएका छन् । परीक्षा बोर्डले ४० पूर्णाङ्कको परीक्षा लिन लागेको हो ।

भर्खरै प्रकाशित

ओलीले माधव नेपाललाई दाेस्राे अध्यक्ष बनाउछु भन्नू भएकाे हाेइन :…

राप्ती प्रेस घाेराही, ७ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा एकताका लागि वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन पनि तयार रहेको…

जनमतसंग्रहबारे भ्रम र वास्तविकता

विश्वराज आचार्य ब्यबस्था परिबर्तन चुनाब बाट हुन्छ ? अझ श्रमजिबी किशान मजदुरको पक्षमा काम गर्ने ब्यबस्था चुनाब बाट संभब छ ? कम्युनिस्ट हरुको लागि चुनाब…

एमालेमै कमजाेर बन्दै ओली, केन्द्रीय कमिटी बैठकमा ओलीले भने –…

राप्ती प्रेस काठमाडौं, ६ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको एकता बचाइराख्न असन्तुष्ट वरिष्ठ नेता माधवकुमार नेपाललाई वरिष्ठ नेता बनाउन आफू तयार…

दाङ कांग्रेसमा सभापतिका ९ आकांक्षी, यसकारण सबैभन्दा बलियो छन् कमलकिशोर

पाण्डव शर्मा घोराही, ६ साउन । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसमा महाधिवेशनको चहलपहल शुरु भएको छ । कानूनी बाध्यताका कारणले पनि आगामी भदौ महिना भित्र…

केपी ओली र माधव नेपालकाे तानातानमा भीम रावल, रावललाई भेट्न…

राप्ती प्रेस काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल भीम रावल भेट्न उनकै निवास टोखा पुगेका छन् । आज बसेको आफूपक्षीय स्थायी कमिटी नेताहरूको…