दाङमा डा. निगाता जिताऔं अभियान गठन

चेतना अनलाइन

घोराही, ८ मंसिर । दाङ जिल्लाबाट प्रतिनिधित्व गर्दै मिस नेपाल २०२० को फाइलनमा पुग्नुभएकी घोराही उपमहानगरपालिका वडा नं १५ कि डा. निगाता केसीलाई जिताउन अभियान शुरु गरिएको छ ।

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको संयोजकत्वमा यस क्षेत्रका सम्पूर्ण सरोकारवाला निकाय तथा व्यक्तित्वहरु रहने गरी डा. निगाता केसी जिताऔं अभियान शुरु गरिएको हो ।

अभियानको सदस्यहरुमा शरद रेग्मी, आरके शितल, दशरथ घिमिरे, शिुव खनाल, दीपक बोहोरा, लिलाधर वली, निशानदाजु भट्टराई, यमकला भुसाल, ऋचा बुढाथोकी, सन्तोष डाँगी, सपना बोहोरा, विमला घर्ती, दीपक जिएम, आभाष बुढाथोकी, चन्द्रप्रकाश नेपाली, बसन्ता खड्का लगायत रहनुभएको छ । अभियानको प्रचार संयोजकमा पाण्डव शर्मा रहनुभएको छ ।

द हिडन ट्रेजर काठमाण्डौंमा आयोजनमा सञ्चालन भएको मिस नेपाल २०२० को फाइनलमा पुग्नुभएकी निगातालाई जिताउन अभियान शुरु गरिएको चलचित्र निर्देशक एवम् नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष केएल बुढाथोकीले जानकारी दिनुभयो । उहाँलाई विजयी गराउनका लागि भोटिङ खुला भएको छ ।

आइएमइ पे एपबाट निगातालाई भोट गर्न सकिने छ । त्यसका लागि कुनै पनि मोवाइल प्रयोगकर्ताले प्ले स्टोरमा गएर आइएमइ पे एप डाउनलोड गर्नुपर्ने छ । त्यसपछि एप ओपन गरी प्रतिष्पर्धी नं ७ कि निगातालाई भोट गर्नुपर्ने छ । अभियानका संयोजक प्रियासनले यस क्षेत्रकै सान र इज्जतका लागि निागाता लाई भोट गर्न सबैमा अपिल गर्नुभएको छ ।

भर्खरै प्रकाशित

घुम्न जाउ प्यारीकोट

नारायण बिबश    दाङमा धेरै प्राकृतिक सम्पदा भए पनि कतिपय सम्पदाहरू प्रचार प्रसारको अभावमा ओझेलमा परेकाछन् । यस्तै ओझेलमा परेको प्राकृतिक सम्पदा हो प्यारीकोट ।…

विद्यार्थीहरुले कक्षा १२ को परिक्षा घरबाटै दिन पाउने

काठमाण्डौ, १३ साउन । कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्याल गरेर यस पटक होमसेन्टरबाटै परीक्षा लिने…

सांसद पदमा पुनर्बहालीको माग गर्दै चार पूर्वमाओवादी नेताद्वारा सर्वोच्चमा रिट…

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । नेताहरु टोपबहादुर रायमाझी,…

किसानहरुलाई ५० प्रतिशत अनुदानमा मिनीपावर टिलर र कम्बाईङ्ग मिल

दिप्तीशिखा चौधरी दंगीशरण, १३-साउन । दंगीशरण गाउँपालिकाको कृषिशाखाले दंगीशरणका सहकारी , कृषि समुह र फर्महरुलाई मिनीपावर टिलर र कुटानी पिसानीमिलका लागि (कम्बाईङ्गमिल) वितरण गरेको छ…

जसपाको हेडकाउन्टः यादव पक्ष ३४, ठाकुर पक्ष १६, तटस्थ १

काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टीको विवादमा निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यहरुलाई सनाखतका लागि बोलाएकोमा अध्यक्ष उपेन्द्र यादव पक्षमा ३४ जना पुगेका छन् ।…