अमेरिकी राष्ट्रपतिमा बाइडेन विजयी

एजेन्सी २३ कार्तिक/ अमेरिकाको ४६ औँ राष्ट्रपतिमा जो बाइडेन विजयी भएका छन् । रिपब्लिकन उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेन राष्ट्रपति निर्वाचनमा विजयी भएका हुन् ।

अमेरिकी सञ्चार माध्यमहरूका अनुसार पेन्सलभेनिया राज्यको मतगणना सकिएसँगै बाइडेनका लागि ह्वाइट हाउस प्रवेशको बाटो खुलेको हो ।

जितका लागि महत्त्वपूर्ण मानिएको पेन्सलभेनियाको मतपरिणाम आएसँगै बाइडेनले जितका लागि आवश्यक २ सय ७० इलेक्टोरल भोटको आँकडा पार गरेका हुन् ।

यो जितसँगै बाइडेन पछिल्ला तीन दशकमा पदासीन राष्ट्रपतिलाई हराउने पहिलो उम्मेदवार भएका छन् ।

बाइडेनले आफूलाई अमेरिकी जनताले नेतृत्वको जिम्मेवारी दिएर सम्मानित गरेको लेखेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा आफूलाई भोट दिने र नदिने सबै अमेरिकी जनताको राष्ट्रपतिका रूपमा काम गर्ने पनि उनले उल्लेख गरेका छन् ।

अमेरिकामा नोभेम्बर ३ मा राष्ट्रपति पदका लागि मतदान भएको थियो । यो निर्वाचनमा सन् १९०० पछिका राष्ट्रपति चुनवमा सबैभन्दा बढी मतदान भएको बताइएको छ ।

राष्ट्रपतिमा विजयी बाइडेनले यो निर्वाचनमा ७ करोडभन्दा बढी भोट प्राप्त गरिसकेको र यसअघि कुनै पनि अमेरिकी राष्ट्रपतिले यति धेरै भोट नपाएको बीबीसीले लेखेको छ ।

रिपब्लिकन उम्मेदवार तथा वर्तमान राष्ट्रपति ट्रम्पले भने आफूले जितेको भनेर ट्विट गरेका छन् । उनले आफू पराजित भएमा कानुनी लडाइका लागि अदालत जाने चेतावनी दिँदै आएका छन् ।

भर्खरै प्रकाशित

एएनपि अवार्डद्वारा दाङका युवा व्यवसायी शर्मा सम्मानित हुँदै

दाङ, २६ असोज । नेपालकै चर्चित एएनपि राष्ट्रिय अवार्ड २०२१बाट दाङका सफल युवा व्यवसायी रुद्र शर्मा सम्मानित हुनुहुने भएको छ । आउँदो कार्तिक १५ गते…

घाेराहीकाे बाहुनडाँडामा खुल्याे सुविधासम्पन्न सम्राट रिसाेर्ट

राप्ती प्रेस घाेराही, २६ असाेज । दाङकाे घाेराही उपमहानगरपालिका वडा नं १६ स्थित बाहुनडाँडामा सुविधासम्पन्न सम्राट फ्याम्ली रिसाेर्ट खुलेकाे छ । ल्याण्डफिल साइडबाट हेलाे टावर…

गीतकार प्रियासनलाई उत्सर्ग सिर्जना पुरस्कार

राप्ती प्रेस घाेराही, २५ असोज । उत्सर्ग फिल्मस् नेपालले संचारकर्मी एवं गीतकार सबिन प्रियासनलाई उत्सर्ग सिर्जना पुरस्कार प्रदान गर्ने भएको छ । कला, संचार एवं…

पाँच स्वर्गीय स्रष्टालाई मरणोपरान्त सम्मान गरिने

राप्ती प्रेस घाेराही, २४ असोज । नेपाली गीतसंगीतको उन्नयन तथा राप्ती क्षेत्रका स्रष्टाहरु सम्मान गर्ने उद्देश्यले २०७८ मंसीर ११ गते दाङमा आयोजना गरिएको उत्सर्ग संगीत…

उत्सर्ग संगीत अवार्डको मूल समिति र उपसमितिहरु गठन

राप्ती प्रेस १० असोज, दाङ । राप्ती क्षेत्रको सांगीतिक उन्नयन तथा स्रष्टाहरुको सम्मान गर्ने उद्देश्यले दाङमा पहिलोपटक आयोजना गरिएको उत्सर्ग म्यूजिक अवार्ड-२०७८ को मूल समिति…