प्रियासनको एयर होस्टेस आकाशमै विमोचन

चेतना अनलाइन
दाङ, १३ असाेज । यस क्षेत्रमा सबै भन्दा बढि उपन्यास प्रकाशन गरेर किर्तिमानि कायम गर्नु भएका साहित्यकार एवं पत्रकार सविन प्रियासनको चर्चित उपन्यास एयर होस्टेस आकाशमा विमोचन भएको छ । यति एयरलाइन्सको ७२ सिटे विमानमा सोही एयरलाईन्समा कार्यरत एयरहोस्टेसहरु सुदिक्षा प्याकुरेल र सुस्मिता मिजारले संयुक्तरुपमा विमोचन गर्नु भएको हो । कोरोना संक्रमणलाई मध्यनजर गरी पिपीइसहित स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरी १५ हजार ५ सय फिट उचाईमा उपन्यासको विमोचन गरिएको हो । काठमाडौं देखि नेपालगञ्ज आउनेक्रममा स्वास्थ्य सामग्रीसहित प्लेन चढेका यात्रुहरुले समेत उपन्यासको अध्ययन गरेका थिएँ ।
एयर होस्टेस उपन्यास प्रियासनको नवौं उपन्यास हो । प्रियासनले यस अगाडी ८ वटा उपन्यास, दुईवटा कथा र अन्य पुस्तक प्रकाशन गरिसक्नु भएको छ ।
एयर होस्टेस कसरी बन्ने, बनि सकेपछि एयर होस्टेसको भूमिका के हुने, उसले आफ्नो काम, कर्तव्य र जिम्मेवारी कसरी निर्वाह गर्ने, हवाई यातायातलाई प्रभावकारी बनाउन एयर होस्टेसको भूमिका हे हुनुपर्छ, हुन सक्छ ? भन्ने कुरा उपन्यासको मुख्य विषय वस्तु बनेको उपन्यासकार प्रियासनको भनाइँ छ । यस बाहेक एयर होस्टेस पेशामा आबद्ध व्यक्तिको घरायसी र व्यक्तिगत जीवनसँग जोडिएको कथा पनि यसमा समावेश रहेको प्रियासनले जानकारी दिनुभयो । उहाँका अनुसार एयर होस्टेसको प्रेम कथा पनि यसमा समावेश छ ।
‘एयर होस्टेस पनि मान्छे हो, उसको पनि म हुन्छ, उसको पनि जिन्दगी हुन्छ, उ पनि माया प्रेममा पर्न सक्छ’, प्रियासनले थप्नुभयो, ‘यसमा मैले आदर्श प्रेमको परिकल्पना गरेको छु ।’
उपन्यास लेख्नेक्रममा एयरलाईन्समा काम गर्ने कर्मचारीहरु, एयर होस्टेसहरु र विज्ञहरुसँग समेतत यस विषयमा छलफल गरेको बताउने प्रियासनले उपन्यासलाई विषय बस्तुका हिसाबले पनि पठनिय बनाउने प्रयास गरेको जानकारी दिनुभयो । ‘उपन्यास कसरी विषय बस्तु केन्द्रीत हुन सक्छ भन्ने विषयमा मैले धेरै नै सजगता अपनाएको छु’, प्रियासनको भनाइँ छ । एयर होस्टेसहरुको मनोबल माथि उठाउँने कोसिस स्वरुप उपन्यास तयार पारिएको र पुस महिनामा उपन्यास बजारमा ल्याउने तयारी उपन्यासकार प्रियासनको छ । यसैगरी लकडाउन लभमा कोरोना संक्रमणले अर्थतन्त्र देखि समाजमा पारेको असर, यसबाट कसरी माथि उठ्न सकिन्छ भन्ने विषय बस्तुका साथै दरिलो प्रेम कथा पनि समावेश छ । उपन्यास दुईसय २४ पृष्ठको छ । उपन्यासलाई ब्रदर बुक्स प्रालि काठमाडौंले बजारमा ल्याएको हो । केही दिनभित्रै प्रियासनको लकडाउन लभ उपन्यास पनि सार्वजनिक गर्ने तयारी व्रदर बुक्सले गरेको छ ।
उपन्यासकार प्रियासनले गएको वर्ष ब्रेकअप डायरी, लक्कीचार्म, सेल्फी उपन्यास एकै वर्षमा निकाल्नु भएको थियो । त्यस अगाडी पल्लवी, सहनशीला, पुनरागमन, भुमरी, रोदनपछिको उपन्यासहरु प्रियासनले प्रकाशित गरि सक्नुभएको छ । कथा र लेखको संग्रह पनि प्रियासनको प्रकाशित छन् । नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष भएर पत्रकारिताको नेतृत्व गरिरहनुभएका प्रियासनले लेखेका गीतहरुको भिडियो पनि युटूबमा हेर्न सकिन्छ । प्रियासनले पत्रकारितामा उत्कृष्ट योगदान पु¥याए वापत सरकारको सिफारिसमा सम्माननीय राष्ट्रपतिबाट संविधान दिवसको अबसरमा यस वर्ष जनसेवा श्री पदक समेत पाउनु भएको छ । प्रियासनको सेल्फी उपन्यास वर्मामा सोधपत्र समेत गरिएको छ

प्रियासनको एयर होस्टेस आकाशमै विमोचन
चेतना अनलाइन
दाङ, १३ असाेज । यस क्षेत्रमा सबै भन्दा बढि उपन्यास प्रकाशन गरेर किर्तिमानि कायम गर्नु भएका साहित्यकार एवं पत्रकार सविन प्रियासनको चर्चित उपन्यास एयर होस्टेस आकाशमा विमोचन भएको छ ।

यति एयरलाइन्सको ७२ सिटे विमानमा सोही एयरलाईन्समा कार्यरत एयरहोस्टेसहरु सुदिक्षा प्याकुरेल र सुस्मिता मिजारले संयुक्तरुपमा विमोचन गर्नु भएको हो । कोरोना संक्रमणलाई मध्यनजर गरी पिपीइसहित स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरी १५ हजार ५ सय फिट उचाईमा उपन्यासको विमोचन गरिएको हो । काठमाडौं देखि नेपालगञ्ज आउनेक्रममा स्वास्थ्य सामग्रीसहित प्लेन चढेका यात्रुहरुले समेत उपन्यासको अध्ययन गरेका थिएँ ।

एयर होस्टेस उपन्यास प्रियासनको नवौं उपन्यास हो । प्रियासनले यस अगाडी ८ वटा उपन्यास, दुईवटा कथा र अन्य पुस्तक प्रकाशन गरिसक्नु भएको छ ।
एयर होस्टेस कसरी बन्ने, बनि सकेपछि एयर होस्टेसको भूमिका के हुने, उसले आफ्नो काम, कर्तव्य र जिम्मेवारी कसरी निर्वाह गर्ने, हवाई यातायातलाई प्रभावकारी बनाउन एयर होस्टेसको भूमिका हे हुनुपर्छ, हुन सक्छ ? भन्ने कुरा उपन्यासको मुख्य विषय वस्तु बनेको उपन्यासकार प्रियासनको भनाइँ छ ।

यस बाहेक एयर होस्टेस पेशामा आबद्ध व्यक्तिको घरायसी र व्यक्तिगत जीवनसँग जोडिएको कथा पनि यसमा समावेश रहेको प्रियासनले जानकारी दिनुभयो । उहाँका अनुसार एयर होस्टेसको प्रेम कथा पनि यसमा समावेश छ ।
‘एयर होस्टेस पनि मान्छे हो, उसको पनि म हुन्छ, उसको पनि जिन्दगी हुन्छ, उ पनि माया प्रेममा पर्न सक्छ’, प्रियासनले थप्नुभयो, ‘यसमा मैले आदर्श प्रेमको परिकल्पना गरेको छु ।’

उपन्यास लेख्नेक्रममा एयरलाईन्समा काम गर्ने कर्मचारीहरु, एयर होस्टेसहरु र विज्ञहरुसँग समेतत यस विषयमा छलफल गरेको बताउने प्रियासनले उपन्यासलाई विषय बस्तुका हिसाबले पनि पठनिय बनाउने प्रयास गरेको जानकारी दिनुभयो । ‘उपन्यास कसरी विषय बस्तु केन्द्रीत हुन सक्छ भन्ने विषयमा मैले धेरै नै सजगता अपनाएको छु’, प्रियासनको भनाइँ छ ।

एयर होस्टेसहरुको मनोबल माथि उठाउँने कोसिस स्वरुप उपन्यास तयार पारिएको र पुस महिनामा उपन्यास बजारमा ल्याउने तयारी उपन्यासकार प्रियासनको छ । यसैगरी लकडाउन लभमा कोरोना संक्रमणले अर्थतन्त्र देखि समाजमा पारेको असर, यसबाट कसरी माथि उठ्न सकिन्छ भन्ने विषय बस्तुका साथै दरिलो प्रेम कथा पनि समावेश छ । उपन्यास दुईसय २४ पृष्ठको छ । उपन्यासलाई ब्रदर बुक्स प्रालि काठमाडौंले बजारमा ल्याएको हो । केही दिनभित्रै प्रियासनको लकडाउन लभ उपन्यास पनि सार्वजनिक गर्ने तयारी व्रदर बुक्सले गरेको छ ।

उपन्यासकार प्रियासनले गएको वर्ष ब्रेकअप डायरी, लक्कीचार्म, सेल्फी उपन्यास एकै वर्षमा निकाल्नु भएको थियो । त्यस अगाडी पल्लवी, सहनशीला, पुनरागमन, भुमरी, रोदनपछिको उपन्यासहरु प्रियासनले प्रकाशित गरि सक्नुभएको छ । कथा र लेखको संग्रह पनि प्रियासनको प्रकाशित छन् ।

नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष भएर पत्रकारिताको नेतृत्व गरिरहनुभएका प्रियासनले लेखेका गीतहरुको भिडियो पनि युटूबमा हेर्न सकिन्छ । प्रियासनले पत्रकारितामा उत्कृष्ट योगदान पु¥याए वापत सरकारको सिफारिसमा सम्माननीय राष्ट्रपतिबाट संविधान दिवसको अबसरमा यस वर्ष जनसेवा श्री पदक समेत पाउनु भएको छ । प्रियासनको सेल्फी उपन्यास वर्मामा सोधपत्र समेत गरिएको छ ।

भर्खरै प्रकाशित

ओलीले माधव नेपाललाई दाेस्राे अध्यक्ष बनाउछु भन्नू भएकाे हाेइन :…

राप्ती प्रेस घाेराही, ७ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा एकताका लागि वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन पनि तयार रहेको…

जनमतसंग्रहबारे भ्रम र वास्तविकता

विश्वराज आचार्य ब्यबस्था परिबर्तन चुनाब बाट हुन्छ ? अझ श्रमजिबी किशान मजदुरको पक्षमा काम गर्ने ब्यबस्था चुनाब बाट संभब छ ? कम्युनिस्ट हरुको लागि चुनाब…

एमालेमै कमजाेर बन्दै ओली, केन्द्रीय कमिटी बैठकमा ओलीले भने –…

राप्ती प्रेस काठमाडौं, ६ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको एकता बचाइराख्न असन्तुष्ट वरिष्ठ नेता माधवकुमार नेपाललाई वरिष्ठ नेता बनाउन आफू तयार…

दाङ कांग्रेसमा सभापतिका ९ आकांक्षी, यसकारण सबैभन्दा बलियो छन् कमलकिशोर

पाण्डव शर्मा घोराही, ६ साउन । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसमा महाधिवेशनको चहलपहल शुरु भएको छ । कानूनी बाध्यताका कारणले पनि आगामी भदौ महिना भित्र…

केपी ओली र माधव नेपालकाे तानातानमा भीम रावल, रावललाई भेट्न…

राप्ती प्रेस काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल भीम रावल भेट्न उनकै निवास टोखा पुगेका छन् । आज बसेको आफूपक्षीय स्थायी कमिटी नेताहरूको…