लामिछानेद्वारा जन्मदिनको अवसरमा बिरुवा बितरण

कपिल लामिछाने                                          तुलसीपुर, १ भदौ । देवा स : मिलका सञ्चालक राजन लामिछानेले आफ्नो ३० ओैँ जन्मदिनको अवसरमा तीन सय बिरुवा वितरण गरेका छन् । तुलसीपुरउपमहानगरपालिका वडा नं १८ निवासी लामिछानेले तुलसीपुर १७ मा रहेको आफ्नो काठ मिलबाट उक्त बिरुवा वितरण गरेका हुन् ।

प्रत्येक बर्ष आफ्नो जन्मदिनको अवसरमा सामाजिक काम गर्दै आएका लामिछानेले यस बर्ष पनि बिभिन्न टोलहरुका किसानहरुलाई सिसौ,टिक,काईयो,जामुन र ३ घरधुरीलाई २५ केजिको चामल समेत वितरण गरेका हुन् । एकीकृत नमूना टोल बिकास संस्था,शुभकोटी टोल बिकास संस्था, पिपल चौतारा टोल बिकास संस्था र देबिपुर टोल बिकाससंस्थाका करिव एकसय घरधुरीलाई १/१ प्रति सबै बिरुवाहरु प्रदान गरिएको थियो ।

लामिछानेले बिगतका दिनहरुमा गर्दै आईरहेका कामहरुलाइ निरन्तरता दिदैँ समाज प्रति समर्पित हुदैँ यस्ता किसिमका कामहरु गर्दै अगाडी बढ्ने बताए । नेकपाका जिल्ला सदस्य तुलाराम भणडारी (बारुद),छरछरे खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष टोप बहादुर वली, देबिपुर टोलका अध्यक्ष पूर्ण वली, मिलका सञ्चालक माधव कडेललगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण एकीकृत नमूना टोलका सचिव कपिल लामिछानेले गरेका थिए ।

 

भर्खरै प्रकाशित

ओलीले माधव नेपाललाई दाेस्राे अध्यक्ष बनाउछु भन्नू भएकाे हाेइन :…

राप्ती प्रेस घाेराही, ७ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा एकताका लागि वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन पनि तयार रहेको…

जनमतसंग्रहबारे भ्रम र वास्तविकता

विश्वराज आचार्य ब्यबस्था परिबर्तन चुनाब बाट हुन्छ ? अझ श्रमजिबी किशान मजदुरको पक्षमा काम गर्ने ब्यबस्था चुनाब बाट संभब छ ? कम्युनिस्ट हरुको लागि चुनाब…

एमालेमै कमजाेर बन्दै ओली, केन्द्रीय कमिटी बैठकमा ओलीले भने –…

राप्ती प्रेस काठमाडौं, ६ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको एकता बचाइराख्न असन्तुष्ट वरिष्ठ नेता माधवकुमार नेपाललाई वरिष्ठ नेता बनाउन आफू तयार…

दाङ कांग्रेसमा सभापतिका ९ आकांक्षी, यसकारण सबैभन्दा बलियो छन् कमलकिशोर

पाण्डव शर्मा घोराही, ६ साउन । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसमा महाधिवेशनको चहलपहल शुरु भएको छ । कानूनी बाध्यताका कारणले पनि आगामी भदौ महिना भित्र…

केपी ओली र माधव नेपालकाे तानातानमा भीम रावल, रावललाई भेट्न…

राप्ती प्रेस काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल भीम रावल भेट्न उनकै निवास टोखा पुगेका छन् । आज बसेको आफूपक्षीय स्थायी कमिटी नेताहरूको…