घोराही १८ नौलो टोलमा भव्य माघी महोत्सव

दाङ, माघ ६ । घोराही–१८ नौलो टोल विकास संस्थाले भव्यरुपमा माघी महोत्सवको आयोजना गरेको छ । टोल विकास संस्थाकी अध्यक्ष सुन्तली चौधरीको अध्यक्षत्तामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि घोराही उपमहागरपालिकाका उपमेयर हुमा डिसीले माघी पर्वको महत्वको बारेमा बोल्नु भएको थियो ।

कार्यक्रममा घोराही–१८ का वडा अध्यक्ष भरत अर्याल, नेपाल पत्रकार महासंघ दाङ शाखा निवर्तमान अध्यक्ष एवं घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासन, वडा सदस्यहरु, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, सञ्चारकर्मी, विभिन्न टोल विकास संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा गाउँगाउँबाट थारु पोशाक र बाजागाजासहित आएका टोलीहरुले विभिन्न थारु गीतमा नृत्य गरेका थिए । कार्यक्रममा स्थानीय कलाकारहरु कमल गाउँले लगायतकाले प्रस्तुती देखाएका थिए ।