शिवु खनाल
देउखुरी, २० कात्तिक
भूकम्प पीडितका लागि नेपाल औषधी व्यवसायी संघ दाङ शाखाले एकलाख बराबरको राहत सामाग्री जिल्ला प्रशासन कार्यालय दाङ (जिल्ला विपद् व्यवस्थापन समिति) लाई हस्तान्त्रण गरेको छ । नेपाल औषधी व्यवसायी संघ दाङ शाखाले भूकम्पका पीडितलाई एकलाख बराबरको सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो ।
राहतका कामहरू एकद्वार प्रणालीबाट गर्ने उद्देश्यले सोमबार भुकम्प प्रभावित जिल्ला जाजरकोटमा राहत सामाग्री पठाउन जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदीलाई हस्तान्त्रण गरेको नेपाल औषधी व्यवसायी संघ दाङ शाखाका अध्यक्ष विपी पौडेलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,–। ‘अन्त्यन्तै पीडादायी घटना भएको छ, यति बेला सबैले मानवीय संवेदना देखाउनु पर्छ । सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न म आग्रह गर्दछु ।’
‘आजको आवश्यकता हेरेर हामीले केही राहत जे–जे आवश्यक हुन्छ ती सामाग्रीको व्यवस्था मिलाइ जिल्ला प्रशासन कार्यालय दाङ मार्फत जाजरकोट पठाउने तयारी गर्दैछौ ।’
नेपाल औषधी व्यवसायी संघका केन्द्रीय सदस्य भुवनेश्व्र बुढामगर, प्रदेश सदस्य निमकुमार रावत लगायत संघका पदाधिकारीहरुको संयुक्त सहभागितामा एकलाख बराबरको राहत सामाग्री हस्तान्त्रण गरिएको संघका सचिव सुनिल रेग्मीले जानकारी दिनुभयो । भुकम्प प्रभावितका लागि चामल, दाल, स्वाइविन, नुन, तेल, म्याट, तन्ना, ब्यालेङकेट, त्रिपालसहित लत्ताकपडा र विभिन्न औषधीका सामाग्री हस्तान्त्रण गरिएको हो ।।