माता दिदीद्वारा बालमन्दिरमा सहयोग

घोराही । घोराही–मिलनचोक निवासी माता दिदी भनेर प्रख्यात शिबा खड्काले घोराही–१४ स्थित बालमन्दिरमा आबासियरुपमा अध्ययनरत सुस्त श्रवणका बालबालिकालाई खाद्यान्नलगायतका सहयोग गर्नु भएको छ । मानबीय सेवा अन्तगर्त माता दिदीले बालमिन्दरमा २ बोरा चामल, विष्कुट, भुजा, तेल, नून, दाल र २२० रुपैयाँ नगद सहयोग गर्नु भएको हो । विद्यालयकी श्रोत शिक्षक पुष्पा दाहाल, विद्यालयमा अध्ययनरत बालबालिका, शिक्षक र प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष सविन प्रियासनको उपस्थितिमा माता दिदीले विद्यालयमा सहयोग गर्नु भएको हो । आउँदा दिनहरुमा पनि यस प्रकारको सहयोग गर्ने माता दिदीले सो अबसरमा प्रतिबद्धता जाहेर गर्नु भएको थियो । विद्यालयमा सहयोग गर्ने माता दिदीलाई विद्यालयले धन्यवाद ज्ञापन गरेको छ ।