चन्द्रराज पन्त
नेपाली कांग्रेसः दशौ महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवारी पदमा शेरबहादु देउवा नराम्रोसंग पराजीत भए पछि उनले नयाँ पार्टी खोले । पार्टीको सभापति पदमा बिराजमान भए पनि जानि–नजानि केही लोभी पापी र भ्रष्टाचारीको समुह देउवाको पार्टीमा लागे । पार्टी सञ्चालन गर्न देउवा असफल भए, असफल भएको हुदाँ छोटो समयमा नै उनी नेपाली कांग्रेसका तत्कालिन सभापती गिरिजाप्रसाद कोइरालाको शरणमा गए । कोईरालाले
उदारता देखाउदै देउवाको समुहलाई पार्टीमा हुले तब देखी नै कांग्रेस पार्टी निरन्तर ओरालो लागि रहेको छ । देउवाले भागबन्डाको नीति अपनाए, फलस्वरुप पार्टी गुट–उपगुटमा बिभाजित हुदैं गयो पार्टीलाई नै कम्जोर पार्ने रणनीति जस्तै देखियो । देउवा समुहलाई कांग्रेसमा हुल्नु नै पार्टी सभापति गिरिजा प्रसाद कोइरालाको महाभुल थियो । किन भने देउवा कुनै शक्ति केन्द्रबाट सञ्चालित छन् भन्ने
कुरा उनको कृयाकलापले देखाएको थियो । उनी त्यसपछि पनि कसैको गोटी जस्तै देखिए, जुन शक्ति केन्द्रले नेपालमा लोकतन्त्रलाई कम्जोर पार्ने भुमिका खेलि रहिरहेको थियो । कांग्रेस पार्टी कम्जोर भएमा नै लोकतन्त्र कम्जोर हुने हुँदा कांग्रेस पार्टी भित्र भाडभैलो मचाई रहनका लागि केही भरोटेहरुलाई पार्टी भित्र स्थापित गर्न शतिm केन्द्र सफल
रह्यो, जुन अहिले पनि जारी छ ।
पहिलो पटक मुलुकमा २०१५ सालमा आमनिर्वाचन भएको थियो निर्वाचनमा नेपाली कांग्रेसले दुईतिहाइ मत प्राप्त गरी विशेश्वर प्रसाद कोइरालाको नेतृत्वमा सरकार गठन भयो । त्यो लोकतन्त्रको जीत थियो । तर ढेड वर्षको छोटो समयमा नै तत्कालिन राजा महेन्द्रले अवैधानिक बल पुर्वक सेनाको बलमा जननिर्वाचित
कोइराला सरकारलाई ०१७ पौष ०१ गते अपदस्त गरे पश्चात वर्तमानसम्म आउँदा भारत लगायत केही पश्चिमा मुलुकहरुले नेपालमा (म्झयअचबअथ) लोकतन्त्रलाई कमजोड पार्न उद्दत रहेका छन् तर बिगतमा वि.पि
कोइराला, कृष्णप्रसाद भट्टराई,
गिरिजा प्रसाद कोइराला, सुशील कोइराला कसैले पनि भारत र
निरङकुश राजतन्त्रसंग सत्ताका लागि झुकेनन् सौदा गरेनन् सत्तामा हुँदा वा सत्ता बाहिर हुँदा लोकतन्त्रको संस्थागत विकास प्रति नै प्रतिबद्ध रहि रहे । तर बर्तमान सभापति देउवा सत्ता प्राप्तिका लागि नैतिकतालाई तिलाञ्जली दिदै पार्टीको सैद्धान्तिक धरातललाई कुलचिरहेका छन् । किन भने हाल सभापति पदमा निर्वाचित भएको अठार महिनासम्म पनि भातृसंगठनहरुको अधिवेशन जानीजानी गराएका छैनन् । भातृ संगठनहरु व्यवस्थित भए नै पार्टी पनि बलियो हुदैं जाने हो तर उनले गुटउपगुट खडा गरी भातृ संगठनहरुलाई नै कम्जोर पारि रहेका छन् । जसबाट पार्टी नै कम्जोर होस् भन्ने उनको मनसाय हुनुपर्छ । एक बर्ष देखी केन्द्रिय कार्य समितिको बैठक नै नबसालि गाईजात्रा देखाई रहेका छन् । गगन थापा र विश्वप्रकाश जस्ता जुझारु, कुशल महामन्त्री द्वोयसंग पानी
बाराबारको अवस्थाले गर्दा सभापति देउवाले नेपाली कांग्रेस पार्टीलाई नै दलदलमा उठनै नसक्ने गरी घचेटी रहेका छन् । मुलुककै जेठो पार्टी जनाधार रहेको लोकतान्त्रिक दल जो सात दशक देखि निरन्तर लोकतन्त्रको पक्ष पोषणमा नै सिमित रहेको अवस्थामा, केही वर्ष देखि देउवाकै कारण यसको
गरीमामा अाँच आउँनुका साथै पार्टीको अवस्था कम्जोर मात्र नभई मुलुकमा लोकतान्त्रिक प्रणाली नै कम्जोर हुनु पुगेको छ ।
नेकपा एमालेः २०१७ सालमा तत्कालिन राजा महेन्द्रले मुलुकमा राजनैतिक दलहरुप्रति प्रतिबन्ध लगाए, निरङकुश एक दलिय शासन लादे कम्युनिष्ट पार्टीहरु साथै नेपाली कांगे्रसले तेस्को विरोध गरे छिटपुट क्रान्ति पनि
गरे तर त्यो बिरबलको खिचडी जस्तै भयो । किन भने कांग्रेस कम्युनिष्ट हरु मिल्नै सकेनन् । एक भएर आन्दोलन गरेनन् । फलस्वरुप मुलुक तीन दशकसम्म
निरङकुशताको जातोमा पिसियो । ०४६ सालको जन आन्दोलमा कांग्रेस कम्युनिष्ट एक भएर आन्दोलन गरे, सफल भए । तेस्तै ०६२÷०६३ को आन्दोलनमा पनि कांग्रेस कम्युनिष्टको एकताले गणतन्त्र स्थापना भयो उतm ऐतिहासिकताको उपलबधिलाई संस्थागत विकासमा अग्रसरता बढाउँदै मुलुकमा कानुनी राज सुशासन साथै मानव अधिकारको पालनालाई आम नागरिकमा विश्वसनियताको प्रत्याभुति कायम राख्नमा नेकपा ऐमाले जस्तो जिम्मेवार पार्टी वर्तमानमा त्यति गंम्भिर देखिएको छैन । स्थापना काल देखि नै अग्रमनको मार्गमा ऐतिहासिक पृष्ठभुमी रहेको पार्टी वर्तमानमा ढुलमुले नीति उपनाउनु दुर्भाग्य हो । (०४६ देखी ) साढे तीन दशक यता प्रत्यक्ष अप्रत्यक्ष नेकपा ऐमाले पार्टी सरकारमा अथावा प्रतिपक्षमा रहदैं आएको छ । तर जनअपेक्षा अनुसार उनको भुमिका के सन्तोष जनक रहको छ त ? “सुखी नेपाली समृद्ध नेपाल” को नारामा मात्रै सिमित राखिने हो त ? सता प्राप्तीको ध्याउन्नमै सिमित रहनुमा उसको अभिष्ट
कुरा हुनु हो त ? नेपाली कांग्रेस, नेकपा ऐमाले लगायतका ठूला जनाधार भएका पार्टीहरुको जनअपेक्षा अनुसारको भुमिका सन्तोष जनक रहेको छैन । कम्तिमा पनि शिक्षा स्वास्थ्य रोजगारी साथै सामान्यतया दैनिकी जनजीविका निर्वाहमुखी वातावरणमा सहजतातर्फ नेकपा ऐमाले नेतृत्व वर्गको ध्यान केन्द्रित हुनै सकेन । फलस्वरुप जनसाधारणहरु उकुसमुकुसको अवस्थाले गर्दा नै विकल्प खोजी रहेका छन् । यसमा नेतृत्व वर्ग जिम्मेवार छैन । बुढी मरी भन्ने पीर भन्दा काल पल्कने चिन्ता होे देशी विदेशी, त्यस्तै दक्षिण पंन्थी, निरङकुशता बादीहरुले अहिले लोकतान्त्रिक गणतन्त्रलाई असफल पार्न न्वारन देखी कै बल लगाउदैं छन् । अग्रगमनको मार्ग हैन प्रतिगमनतर्फ ढकेली रहेका छन् । यदि उनीहरु सफल भएमा प्रमुख दलहरुको नेतृत्वतहको हविगत के होला ?
मुलुकको राजनैतिक, आर्थिक, सामाजिक अवस्था गन्जागोल अवस्थामा छ । भुटानी शरणार्थी काण्ड, बालुवाटारको ललिता निवासको सयौं रोपनी जग्गा काण्डहरुका भ्रष्टाचार प्रकरणले गर्दा नेपालको छवी विश्वमा कलंकित भएको छ । मुलुकको छबि बिग्रनुमा शेरबहादुर देउवा, के.पी ओली, प्रचण्ड लगायतका नेताहरु जिम्मेवार छन् । त्यस्तै देउवा र ओलीको अहमतावादी चरित्र र उनीहरुबीच जुगाको लडाईका
कारण मुलुकमा अराजकता हाबी हुदैं छ । पार्टीहरु कम्जोर
भैइरहेकाका छन् । पार्टीहरु कम्जोर भएकै कारण गणतन्त्रको संस्थागत विकासमा नै अवरोध हुन्छ कि ? मुलुकको प्रगति पथमै ब्रेक लाग्छ कि ? प्राप्त राजनीतिक उपलव्धी गुम्छ कि भन्ने खतरा बढि रहेको छ । यदि यो विषयमा नेताहरु जिम्मेवार र गम्भीर बनेनन् भने मुलुकले फेरि पनि अनिष्ट व्यहोर्न सक्छ ।
नेपाली कांग्रेस, नेकपा एमालेमा दशकौं देखि समर्पित लाखौं कार्यकर्ताहरु अहिले निराश छन् । जनसाधारणसंग मुख देखाउन पनि उनीहरु चाँहदैनन् । ठिक त्यसको बिपरित लोकतन्त्रका
विरोधीहरु छाती फुलाएर शेर जस्तै गर्जिरहेका छन् । यि सबको कारण देउवा र ओलीमा निरङकुश चरित्र हावी हुनु हो । देउवाले दसौ लाख कृयाशिल कार्यकर्ता र भातृ संगठनहरु बाट चयन गरिएका केन्द्रिय कार्य समिति, सचिवालय सदस्य पददाधिकारीहरुको बैठकमा एजेन्डा प्रस्तुत गरी सामुहिक छलफल, मन्थन, निचोड निकाल्न कञ्जुस्याई गरिरहने । यता स्थापना काल देखि नै मुलुकमा अग्रगमनको मार्गमा बाम आन्दोलनको ऐतिहासिक पृष्ठभुमी रहेको नेकपा एमालेले ढुलमुले नीति अपनाउन नछाड्ने । यी र यस्तै कारणहरुले गर्दा मुलुक गम्भीर खतरामा जाँदैछ । मुलुक बनाउने र विगार्ने सबै मुलुककै ठूला पार्टीहरुले हो । तसर्थ मुलुकलाई सही बाटोबाट अगाडी बढाउन अब ठूला दलहरुले सबै खाले दम्भ र इगो त्यागेर मुलुकलाई सही निकास दिन भूमिका खेल्नुपर्छ । मुलुकमा व्याप्त निराशा ठूला दलका नेताहरुले प्रभावकारी योजना बनाएर अगाडी बढ्ने जमर्को गरेमा हट्न सक्छ । अझै केही बिग्रि हालेको छैन । पद र प्रतिष्ठा भन्दा माथि उठेर देउवा र ओलीले आफूलाई निष्पक्ष ढंगबाट राजनीतिक बृत्तमा उभ्याउन सकेको खण्डमा मुलुकले फेरि गति लिन सक्नेछ । मुलुकको लोकतन्त्र बलियो हुनेछ । मुलुकमा मौलाउन लागि रहेको खतरा टर्नेछ ।
