निधार रङ्गियो, मन रंगिन सकेन

असोज १९,दाङ।
ठुलीआमा विनाको यो पहिलो टीका रह्यो । पोहोरसाल निधार खाली हुँदा बरु यति पिर थिएन यो मनमा
तर यो बर्ष यो निधारमा रातो टीका र जमरा हुँदा पनि मनमा उमंग खासै आउन सकेन ।
भौतिक सन्सारबाट टाढा रहेकी ठुलीआमाको खुव याद आयो । घर देखी टाढा रहनुभयका ठुलोवुवालाई धेरै सम्झियो यो मनले ।
जेठावुवाको घरमा सबैजम्मा भयर लगाइने दशैको टीका यो बर्ष साइलाबुवा र आमाबाट टीका उहाँकै घरमा लगाइयो । उहाँहरु संगै बुवा आमा र दादाभाउजुको हातवाट पनि टीका जमरा लगाउने अवसर मिल्यो । साथै साइलीआमाले तयार गरेका मिठामिठा परिकार समेत खायर दशै मनाइयो ।
सानोमा मामाघर टिकालाउन जानेबेलाको त्यो खुसी र रहर यो बर्ष बहिनि समयमा माइत आउन नपाउदा त्यो रहर पूरा भयन । बहिनिको त झन माइत छोडे पछिको पहिलो टीका परदेश पुगेका श्रीमान र माइत समयमै आउन नपाउदा कस्तो लागिरहेछ होला उनिलाई ?
हुन त हाम्रा रहरहरु उमेर, जिम्मेवारी र परिस्थिति अनुसार हुँदा रहेछन । सानोमा दसैंमा नयाँ लुगा लगाउने मिठोमिठो खाने भन्दा मन नै हुरुक्क हुन्थ्यो लाग्थ्यो दशै सधैंभरी आइरहोस तर उमेर बढ्दै जादा खुशीका सिमाहरु घट्दै जाने रहेछन् र चाडपर्वको महत्व घट्दै जादो रहेछ ।
समय र दिनहरू बढ्दै जादा धेरै मानिसहरूसङ सामीप्यता कायम भयो कतिपयले दुरि बढाउदै लगे । उमेर बढदै गयो खुशीहरु घट्दै गय । सानातिना कुरामा खुशी हुने रमाउने मन प्रत्येक पलहरुमा धेरै कुरा सोच्ने परिस्थितिमा आइपुगेको छ ।
सानोमा अझ भनौं दशैको बेला घरमा किनिदिने नयाँ लुगाहरु आज आफैँ कमाउन सक्ने हुँदा आफैं किन्दा त्यो खुशी किन प्राप्त हुँदैन ? परदेशमा रहने नेपालीहरुको अवस्था यी चाडपर्वमा झन कस्तो होला?