२८,भदौ, दंगीशरण ।
पछिल्लो समयमा हाम्रो देशमा युवा विद्यार्थीहरुलाई नेपालकाे राजनीति र वेराेजगारी यी दुई विषयले अत्यन्तै चुनाैती दिएकाे छ । आज +२ पास भएका नेपाली युवा विद्यार्थीहरु केवल जापान, अस्ट्रेलिया , बेलायत , अमेरिका, क्यानडा जाने सुन्दर सपना बुनिरहेका छन । याे देशमा भएको वेराेजगारीकाे समस्या मात्रैले तेस्तो भएको हाेईन । अहिले नेपाली गाउँ समाजमा छिमेकी कुनै साथी वा दाजु ती देशहरुमा जाँदै छन वा पुगिसकेका छन् भने म पनि जानुपर्छ अथवा छिमेकीले छाेराछाेरी ती देशमा पठाईसके, हामीले पनि पठाउनुपर्छ भने मानसिकताको विकास भएको छ । याे एउटा सस्कार जस्तै बनिसकेको छ । जुन याे सस्कार ताेडिन धेरै वर्ष, समय लाग्ने अनुमान गर्न सकिन्छ।
अहिलेको याे अवस्था , याे समय ल्याउने नेपालकाे अस्थिर राजनीति र देशका नेताहरु केवल पद, कुर्सीका लागि मात्र राजनीति गरेको झैँ गर्नाले समस्त हाम्रा युवा विद्यार्थीहरुले भनेकाे र साेचेकाे जस्ताे हुन सकिरहेको छैन । देशमा राजनीतिक अवस्थाले धेरै समस्या ल्याएकाे छ । तर अबका दिनमा ती समस्या सँग सामना गर्न सक्ने सामर्थ्य युवा विद्यार्थीहरुमा हुनुपर्दछ । हामीले भन्ने गर्छाै – कुनै पनि विद्यार्थी संगठनले विद्यालय , क्याम्पसहरुमा कमिटी विस्तार गर्नु त्यति सान्दर्भिक नभएको सामाजिक संजालमा प्रस्तुत गर्छाै। आज देशमा भएका धेरै नेताहरु, कयौं जनप्रतिनिधिलाई काचाे उमेरमै स्कुल- स्कुलमा पनि राजनीतिकाे चेतना , संस्कार दिएको भए याे अवस्था पनि आउने थिएन हाेला कि ? देशकाे राजनीतिक अवस्था ,राष्ट्रियता र विकृति विसंगति तिर लागिरहेको याे समाजकाे बारेमा विद्यालय- विद्यालयमा याे चेतना र जागरुकता बढाउनु पर्दछ । त्यति मात्रै हाेईन बवृद्ध अवस्थाका नेतालाई बिदाई गर्न त पक्कै पनि नयाँ युवा विद्यार्थीहरुले राजनीतिलाई सकारात्मक ढंगबाट जान आग्रह गर्नुपर्दछ । विद्यार्थी संगठनले पनि राजनीतिक शैलीलाई बदल्दै लैजानुपर्ने अवस्था देखिन्छ ।
अबकाे युवा विद्यार्थीहरुले सडकमा ढुङ्गा ,मुढा ,र टायर बाल्ने आन्दोलनको स्वरुप बदल्नुपर्छ । याे भनेको विद्यार्थी राजनीति सँगसँगै रचनात्मक कार्यक्रम र उधमशीलतामै जाेड्नुपर्ने आजको आवश्यकता हाे । आफ्नै गाउँ घर,समाजमा प्रयाप्त मात्रामा कच्चा पदार्थहरु हुदाहुदै पनि , अनेकौं सम्भावना हुदाहुदै पनि हामीले कतै बाहिरी मुलुकमा हाम्रा युवा विद्यार्थीहरु पठाउनका निम्ति कतै त्यस्तो राजनीति गर्दै छाै कि? वास्तवमा यस्तो हाे भने राजनीति स्वरुप बद्लनु पर्दछ । हरेक निर्वाचनमा युवा विद्यार्थीहरुकाे सहभागीता , विकासका खाका काेर्न सक्ने त्याे क्षमता भएका युवा विद्यार्थीहरुलाई जनताका काम गर्न सक्नेमा पठाउनुपर्छ । नेपालका सबै पार्टी र विद्यार्थी संगठनले नेपालकाे राजनीति चेतना र उधमशीलतामा जाेड्नुपर्दछ । जसले नेपाली राजनीतिमा कुशल नेता र कुशल व्यवसायी र उधमीकाे जन्म भएको हुनेछ ।
लेखक
सिएम विश्वकर्मा
विद्यार्थी संगठन अन्तर्गत अनेरास्ववियुका दाङ जिल्ला कमिटी सदस्य तथा दंगीशरण गाउँपालिकाका ईन्चार्ज समेत हुनुहुन्छ ।