दाङकाे हनरियामा २० फिट अग्लाे त्रिशुल र शिव पार्वतीको मुर्ती स्थापना

ओमप्रकाश गुप्ता
दाङ २९ माघ । दाङकाे घाेराही उप-महानगरपालिका-७, हनरियामा २० फिट अग्लाे त्रिशूल र शिव पार्वतीको मुर्ती स्थापना गरिएकाे छ । राप्ती गाउँपालिका-५, पहरूवामा रहेकाे शिवसवरी धामका भक्तहरूले व्यक्तिगत रूपमा रकम संकलन उक्त त्रिशूल र मुर्ती स्थापना गरेका हुन् ।
साेही ठाउँ निवासी भक्त सीता चाैधरी र कालीमाया चाैधरीकाे विशेष अगुवाईमा दाङकाे घाेराही उपमहानगरपालिका-७, हनरिया स्थित बबई नदीकाे किनारमा २० फिट अग्लाे, ३ इन्च माेटाई रहेकाे करिब १० हजार लागत बराबरकाे त्रिशूल स्थापना तथा १० हजारकै लागतमा शिबपार्वती भगवानकाे मुर्ति स्थापना गरिएकाे छ ।
केही बर्ष पहिले शिवसवरी धामकी गुरु शिवलक्ष्मी चाैधरीले उक्त ठाउँकाे नदी किनारमा पाइला टेकेपछि दैवीय शक्ति प्राप्त भएकाे भन्दै धामकाे सहायक शक्ति केन्द्रका रूपमा त्यस ठाउँमा हनरिया चारधाम नामाकरण गरिएकाे धामकी भक्त सीता चाैधरीले जानकारी दिएकी  छिन् । उनका अनुसार शिवसवरी धाम धार्मिक केन्द्र पहरूवा पुग्न नसक्नेहरूका लागि याे हनरिया धाम पनि शक्ति केन्द्रका रूपमा रहेकाे बताइन् । त्यस्तै उनले बबई नदीकाे कुण्डलाई दाेस्राे गंगासागरकाे रूपमा स्थापित गरिएकाे समेत बताइन् । उक्त गंगासागरमा स्नान गरेमा सबै समस्या र राेगब्याधीबाट समेत मुक्त हुने शक्तिका रूपमा रहेकाे भक्त चाैधरीले बताइन् ।
यता शिवसवरी धामकी गुरू शिबलक्ष्मी चाैधरीले भने उक्त त्रिशूल स्थापना गरिएकाे ठाउँलाई हनरिया चार धामका रूपमा विकास गर्नुपर्ने बताइन् । उनले उक्त ठाउँमा शिवपार्वती र गणेशकाे मन्दिर बनाउनुपर्ने र गंगासागरमा व्यवस्थित स्नान गृहका लागि वडा र नगरपालिकाले विशेष बजेटकाे व्यवस्था गर्न माग गरिन् ।
उक्त त्रिशूल, मुर्ति स्थापना, भण्डारा र पुजाआजाका लागि भक्तहरू सीता चाैधरी र कालीमाया चाैधरी सहित साेही ठाउँ निवासी बलि चाैधरी, बबिता चाैधरी, तुलसा चाैधरी, रन्जु चाैधरी, सम्झना चाैधरी, कृष्णी चाैधरी, गिता चाैधरी, कमला चाैधरी, लहनी चाैधरी र भुम्का निवासी यमराज चाैधरीले जनही ७/७ हजार रकम उठाएर उक्त कार्य सम्पन्न भएकाे भक्त सीता चाैधरीले जानकारी दिएकी छिन् ।
धामकी गुरु शिवलक्ष्मी चाैधरीले धार्मिक अनुष्ठान गरि उक्त त्रिशूल र मुर्ति स्थापना गरेकी हुन् । उक्त कार्यक्रम धामका सल्लाहकार तथा पत्रकारदाेय सन्ताेषकुमार गुप्ता, ओमप्रकाश गुप्ता, पुजारी सन्तोष बुढाथोकी र भक्तजनहरू गरी सयाैँकाे उपस्थिति रहेकाे थियाे ।