मेचिकाली बोर्डिङ स्कुलको २६ औं वार्षिेकोत्सव

घोराही माघ २४ । घोराही–१५ विकास नगर टोल विकास संस्थामा रहेको मेचिकाली सेकेण्डरी बोर्डिङ स्कुलको २६ औं वार्षिकोत्सव कार्यक्रम बुधवार भव्य समारोहकाबीच सम्पन्न भएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले मुलुकको समृद्धि र विकासको नेतृत्व विषयगत शिक्षाले गर्न सक्ने बताउँदै अबको शिक्षा विषयगत, व्यवहारिक, सिपयुक्त, समयसापेक्ष हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि घोराही उपमहानगरपालिका वडा नम्वर १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेयले शिक्षा क्षेत्र समाज विकासको आधार भएको बताउँदै स्थानीय सरकार शिक्षा क्षेत्रको चौतर्फी विकासका लागि योजनाबद्ध तरिकाले लागेको बताउनुभयो । उहाँले समय अनुसार अहिलेका बालबालिका सबै क्षेत्रमा अगाडी देखिएको र उनीहरुको क्षमतालाई शिक्षासँग जोड्न सकेमा यसबाट धेरै लाभ लिन सकिने बताउनुभयो ।

कार्यक्रमका विशिष्ठ अतिथि नेपाल पत्रकार महासंघ दाङ शाखा निवर्तमान अध्यक्ष एवं घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनले शिक्षा क्षेत्रको विकास बिना घोराहीको विकास हुन नसक्ने भएकाले आफूहरुको अभियानको पहिलो लक्षय शिक्षा क्षेत्रको विकास भएको बताउनुभयो । विद्यालयले अतिरिक्त क्रियाक्लापलाई व्यवस्थित बनाउन सकेमा दक्ष जनशक्ति उत्पादन गर्न सफल हुने सुझाब दिँदै प्रियासनले घोराहीको समृद्धिका लागि यहाँको शिक्षा क्षेत्रको चातर्फी विकासमा आफूहरु निरन्तर लाग्ने बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्म केसीको अध्यक्षत्तामा सम्पन्न कार्यक्रममा विद्यालयको बारेमा प्रिन्सीपल चक्र रावतले जानकारी दिनुभएको थियो । कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष मौसम आचार्य, प्याव्सन दाङका वरिष्ठ उपाध्यक्ष बिजय जिएम, घोराही नगर प्याव्सनका अध्यक्ष विरेन्द्र चन्द, शिक्षक महासंघ घोराहीका अध्यक्ष निशान्त आचार्यलगायतकाले उत्कृट विद्यार्थीहरुलाई पुरस्का वितरण गर्नुका साथै मन्तव्य राख्नु भएको थियो । विद्यालयको वार्षिकोत्सवको अबसरमा विद्यार्थीहरुले विभिन्न गीत, नृत्य, ¥याम्प प्रस्तुत गरेका थिए ।
यसैगरी खेलकुदलगायत शैक्षिक गतिविधिमा उत्कृष्ट विद्यार्थीहरुलाई कार्यक्रममा पुरस्कार समेत प्रदान गरिएको थियो । सो अबसरमा विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले बनाएका कलाहरुको प्रदर्शनी समेत गरिएको थियो । कार्यक्रमको सहजीकरण शिक्षक नवराज केसीले गर्नुभएको थियो ।